Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, October 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

फोहोर व्यवस्थापन गर्न कानुन तयार गरिँदै

Sambridinews by Sambridinews
मङ्लबार, साउन १६, २०८०
in FEATURED, TOP STORIES, जीवन शैली, समाचार
0
फोहोर व्यवस्थापन गर्न कानुन तयार गरिँदै
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, साउन १६ ,सहरी क्षेत्रमा फोहोर व्यवस्थापन प्रमुख चुनौती बन्दै गएपछि सहरी क्षेत्रका फोहोरको दीर्घकालीन व्यवस्थापनका लागि कानुन निर्माण गरिने भएको छ।

उत्पादन हुने क्षेत्रमा वर्गीकरण नगरे फोहोर गर्नेले नै शुल्क तिर्नुपर्ने गरी फोहोरमैला व्यवस्थापन राष्ट्रिय नीति तयार गरिएको छ। उक्त राष्ट्रिय नीतिका आधारमा कानुन निर्माण गरी सबै स्थानीय तहले कार्यान्वयन गर्नुपर्ने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। फोहोरमैला व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहको अधिकार क्षेत्रमा राखेकाले स्थानीय तहलाई फोहोरमैला व्यवस्थापनको दीर्घकालीन उपायका लागि सरकारले कानुन निर्माण गर्न लागेको हो।

You might also like

बडादसैँको आठौं दिनआज महाअष्टमी पर्व मनाइँदै

कर्णाली याक्सको पावर्ड बाइमा महिन्द्रा

दसैं तिहारका बेलामा सार्वजनिक यातायात

मन्त्रालयका उपसचिव ऋषिराज आचार्यले मन्त्रालयले फोहोरमैला व्यवस्थापन राष्ट्रिय नीति निर्माण गरेको र सो नीतिका आधारमा सबै स्थानीय तहले कार्यान्वयन गर्नुपर्ने गरी कानुन निर्माणको प्रव्रिmयामा रहेको बताउनुभयो। उहाँका अनुसार उक्त नीतिका आधारमा मन्त्रालयले कानुनको मस्यौदा तयार गरी सरोकार राख्ने मन्त्रालयको रायका लागि पठाइएको छ। राय आएपछि चालु संसद्को अधिवेशनमा कानुनको मस्यौदा दर्ता गरिने तयारी गरिएको छ।

आचार्यले भन्नुभयो, “अहिले अधिकांश ठुला र सहरउन्मुख नगरपालिकामा फोहोरमैला व्यवस्थापन प्रमुख समस्या बन्दै आएकाले उक्त समस्याको दीर्घकालीन समाधानका लागि मन्त्रालयले नीति बनाएको र सो नीतिका आधारमा सरकारले कानुन निर्माणको अन्तिम तयारी गरेको हो।”

महालेखा परीक्षकको ६१ औँ प्रतिवेदनमा स्थानीय तहले स्रोतमै फोहोर वर्गीकरण गर्ने कार्यको सुरुवात गर्न नसक्दा फोहोरमैला व्यवस्थापन जटिल बन्दै आएको औँल्याएको छ। फोहोर उत्सर्जन हुने स्रोतमा वर्गीकरण गरी कुहिने र नकुहिने, सिसाजन्य फोहोर, अस्पतालबाट उत्पादित फोहोरलगायतका फोहोर वर्गीकरण गरी उपयुक्त रूपमा व्यवस्थापन गरिएको नदेखिएको प्रतिवेदनमा उल्लेख छ। फोहोरमैला व्यवस्थापन राष्ट्रिय नीतिका आधारमा बन्ने कानुनमा फोहोरमैला वर्गीकरण न्यूनीकरण, पुनः प्रयोग र प्रशोधनलाई प्रोत्साहन गर्ने, फोहोरलाई कम्पोस्टीकरण गर्ने कार्यलाई प्रोत्साहन गर्ने व्यवस्था गरिने छ।

फोहोरमैला व्यवस्थापनमा नागरिक दायित्व अभिवृद्धि गर्ने, फोहोरमैला व्यवस्थापनका लागि असल अभ्यासको अदानप्रदान गरी समुदाय तहसम्म प्रचारप्रसार गर्ने नीति अवलम्बन गर्ने, फोहोरमैला व्यवस्थापनसम्बन्धी कानुन निर्माण गरी सङ्घीय सरकारद्वारा प्रदेश र स्थानीय तहलाई आवश्यक सहयोग र सहजीकरण गर्ने, हानिकारक रासायनिक औद्योगिक स्वास्थ्यसंस्थाजन्य र घरेलु फोहोरमैला व्यवस्थापनका लागि अलग अलग मापदण्ड तयार गरी नियामक निकायको व्यवस्थापन गर्ने, फोहोरमैला विसर्जनको मापदण्ड निर्धारण गरी नदी, ताल, सिमसार, वन्यजन्तुको बासस्थान, धार्मिक र सम्पदा क्षेत्र, सडक, अन्य सार्वजनिक स्थानमा फोहोरमैला विसर्जन गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाउने फोहोरमैला व्यवस्थापन राष्ट्रिय नीतिमा उल्लेख गरिएको छ।

मन्त्रालयका उपसचिव आचार्यले सङ्घ, प्रदेश र स्थानीय तहमा फोहोरमैला व्यवस्थापनसम्बन्धी उपयुक्त संस्थागत संरचना निर्माण गरी मापदण्ड परिपालन र समन्वयलाई प्रभावकारी बनाइने बताउनुभयो। फोहोरमैलाको पुनः प्रयोग तथा प्रशोधनका माध्यमबाट ऊर्जा र प्राङ्गारिक मल उत्पादनका लागि स्रोतका रूपमा उपभोग गर्न स्थानीय तहमा नै आवश्यक प्रविधिको विकास गर्ने, फोहोरमैला वर्गीकरण, न्यूनीकरण, निष्कासनसम्बन्धी नागरिक दायित्वका बारेमा सचेतना अभियान सञ्चालन गरिने मन्त्रालयले जनाएको छ।

Related

Previous Post

लम्पी स्किन रोग नियन्त्रण गर्न कुनै कसर बाकी नराख प्रधानमन्त्री प्रचण्डकाे निर्देशन

Next Post

आठ वर्षपछि सर्वसाधारणका लागि तातोपानी नाका खुला

Sambridinews

Sambridinews

Related Posts

बडादसैँको आठौं दिनआज महाअष्टमी पर्व मनाइँदै
FEATURED

बडादसैँको आठौं दिनआज महाअष्टमी पर्व मनाइँदै

by Sambridinews
आइतवार, कार्तिक २, २०८३
कर्णाली याक्सको पावर्ड बाइमा महिन्द्रा
TOP STORIES

कर्णाली याक्सको पावर्ड बाइमा महिन्द्रा

by Sambridinews
शनिबार, कार्तिक १, २०८३
दसैं तिहारका बेलामा सार्वजनिक यातायात
FEATURED

दसैं तिहारका बेलामा सार्वजनिक यातायात

by Sambridinews
शनिबार, कार्तिक १, २०८३
नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा
FEATURED

३० एमबीपीएस इन्टरनेट प्याकेजबारे फैलिएको भ्रमप्रति नेपाल टेलिकमको आपत्ति

by Sambridinews
शनिबार, कार्तिक १, २०८३
सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको ११ औं वार्षिक साधारणसभा सम्पन्न: खुद मुनाफामा ५१.७८ प्रतिशतले वृद्धि
FEATURED

सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको ११ औं वार्षिक साधारणसभा सम्पन्न: खुद मुनाफामा ५१.७८ प्रतिशतले वृद्धि

by Sambridinews
शनिबार, कार्तिक १, २०८३
Next Post
आठ वर्षपछि सर्वसाधारणका लागि तातोपानी नाका खुला

आठ वर्षपछि सर्वसाधारणका लागि तातोपानी नाका खुला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

अब हरेक शुक्रबार साँझ चन्द्रागिरी केबलकार चढ्न २ सयमात्र

चन्द्रागिरी केबलकार भोली शुक्रबार बिहान ७ बजेदेखि नै सञ्चालन हुने

बिहिबार, फाल्गुन १०, २०८०
आज राष्ट्रपति चयनका लागि निर्वाचन हुदै

आज राष्ट्रपति चयनका लागि निर्वाचन हुदै

बिहिबार, फाल्गुन २५, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बडादसैँको आठौं दिनआज महाअष्टमी पर्व मनाइँदै
FEATURED

बडादसैँको आठौं दिनआज महाअष्टमी पर्व मनाइँदै

आइतवार, कार्तिक २, २०८३
कर्णाली याक्सको पावर्ड बाइमा महिन्द्रा
TOP STORIES

कर्णाली याक्सको पावर्ड बाइमा महिन्द्रा

शनिबार, कार्तिक १, २०८३
दसैं तिहारका बेलामा सार्वजनिक यातायात
FEATURED

दसैं तिहारका बेलामा सार्वजनिक यातायात

शनिबार, कार्तिक १, २०८३
नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा
FEATURED

३० एमबीपीएस इन्टरनेट प्याकेजबारे फैलिएको भ्रमप्रति नेपाल टेलिकमको आपत्ति

शनिबार, कार्तिक १, २०८३
सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको ११ औं वार्षिक साधारणसभा सम्पन्न: खुद मुनाफामा ५१.७८ प्रतिशतले वृद्धि
FEATURED

सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको ११ औं वार्षिक साधारणसभा सम्पन्न: खुद मुनाफामा ५१.७८ प्रतिशतले वृद्धि

शनिबार, कार्तिक १, २०८३
टक्सार पिखुवा खोला हाइड्रोपावरको साधारणसभा सम्पन्न, ४ जना संचालक चयन
FEATURED

टक्सार पिखुवा खोला हाइड्रोपावरको साधारणसभा सम्पन्न, ४ जना संचालक चयन

शुक्रबार, अशोज ३०, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In