Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, October 14, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

प्रतिनिधि सभा विघटन नगरेको भए वामपन्थी आन्दोलन ध्वस्त हुन्थ्योः अध्यक्ष ओली

Sambridinews by Sambridinews
मङ्लबार, साउन ३०, २०८०
in FEATURED, TOP STORIES, TOP VIDEOS, राजनीति, समाचार
0
प्रतिनिधि सभा विघटन नगरेको भए वामपन्थी आन्दोलन ध्वस्त हुन्थ्योः अध्यक्ष ओली
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको वामपन्थी आन्दोलनलाई समाप्त पार्ने योजनालाई रोक्न आफूले प्रतिनिधि सभा विघटन गरेको बताउनुभएको छ । 

काठमाडौं । साउन ३०,मंगलवार नेकपा(एमाले) वागमती प्रदेश कमिटीको प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वामपन्थी आन्दोलनलाई समाप्त पार्ने योजनालाई रोक्नका लागि आफूले प्रतिनिधि सभा विघटन गरेको बताउनुभएको हो । उहाँले प्रतिनिधि सभा विघटन नगरेको भए देशको वामपन्थी आन्दोलन ध्वस्त हुने बताउनु भयो । उहाँले तत्कालिन समयमा आफूहरुलाई झुण्ड्याएर मार्ने डोरी बनाइएको भन्दै आफूले संसद विघटन गरिदिएर सो डोरी छिनाल्दिएको बताउनु भयो । उहाँले प्रतिनिधि सभा विघटनपछि पार्टीको सदस्यबाटै निकालिएका आफूहरुले संगठन बिस्तार र सुदृढ गरेर मजबुत र प्रमुख पार्टीको रुपमा पुनःस्थापित गरी प्रतिनिधि सभामा प्रवेश गरेको बताउनु भयो । उहाँले प्रतिनिधि सभा विघटन त्यस बेलाको अपरिहार्यता भएको उल्लेख गर्दै सो कदम राजनीतिक, संवैधानिक र संसदीय भएको जिकिर गर्नुभयो । 
उहाँले भन्नुभयो – ‘हामीले पुष ५ गते प्रतिनिधि सभा विघटनको सिफारिस ग¥यौँ । विघटन ग¥यौँ । हामीले ठिक ठानेर ग¥यौँ । ठिक भनेर ग¥यौँ । ठिक थियो र ग¥यौँ । नगरी नहुने थियो र ग¥यौँ । बिल्कुलै समसामयिक कदम चाल्यौँ । होइन भने हाम्रो आन्दोलन ध्वस्त हुन्थ्यो । ध्वस्त पार्ने षड्यन्त्र थियो । त्यस षड्यन्त्रलाई, हामीलाई झुण्ड्याउन जुन डोरी उनीहरुले तयार गरेका थिए, त्यो डोरी हामीले छिनाल्दियौँ । पुस ५ गतेको कदम भनेको त्यही हो । हामीलाई झुण्ड्याएर मार्ने जुन डोरी उनीहरुले बनाएका थिए त्यो डोरी हामीले काटिदियौँ । षड्यन्त्र छिन्यो । षड्यन्त्र छिनेपछि उनीहरु असाध्यै आत्तिए । उनीहरुले जे योजना गरेका थिए वर्षौंदेखि, उनीहरुलाई त्यही डर थियो प्रतिनिधि सभा भंग गरेर अर्को बाटो लिने हुन् कि भन्ने थियो । प्रतिनिधि सभा पुनःस्थापना भयो तर प्रतिनिधि सभा पुनःस्थापना भएर पनि केही पनि बिग्रिएन किनभने हामी माथि त्यतिबेलाको सबभन्दा ठूलो प्रहार के थियो भने संगठनात्मक प्रहार थियो । हाम्रो संगठन ध्वस्त पार्ने, चकनाचुर पार्ने र नेपालमा वामपन्थी आन्दोलन, परिवर्तनकारी आन्दोलन समाप्त पार्ने जुन योजना थियो त्यस योजनालाई हामीले, त्यसको फेरि प्रत्यक्ष सम्बन्ध छैन । त्यो संसद आफू केही होइन । संसदको आफैँमा त्यसको अस्तित्व त्यस्तो थियो ? होइन । त्यसका क्रियाशिल पात्रहरु जो थिए उनीहरुको षड्यन्त्र र त्यसको पृष्ठभागमा बसेका पुतली नचाउने कुसुलेहरु थिए । उनीहरुको हिसावले प्रतिनिधि सभा भंग गर्नै नहुने कुरा थियो । गर्नै नहुने काम थियो । किनभने त्यो गरिसकेपछि हामी जे गथ्र्यौं त्यसबाट हामीलाई समाप्त पार्ने उनीहरुको योजना खत्तम हुन्थ्यो । हाम्रो लागि त्यो नगरी नहुने अपरिहार्य थियो । त्यो राजनीतिक, संवैधानिक, संसदीय कदम थियो । मुख्य रुपमा त्यो प्रतिक्रियावादी षड्यन्त्रको विरोधमा जाने एउटा सचेत कदम थियो । त्यो चाल्नैपथ्र्यो । त्यसपछि हामी फागुन ११ मा फेरि प्रतिनिधि सभा पुनःस्थापना हुँदासम्म हामी प्रतिनिधि सभामा मजबुत रुपमा, फेरिपनि प्रमुख पार्टीको रुपमा प्रतिनिधि सभा पुनःस्थापना हुँदासम्म पुग्यौँ ।’

You might also like

अरूण भ्याली हाइड्रोपावरको २९ औँ वार्षिक साधारण सभा सम्पन्न: जलविद्युत् क्षेत्रमा साढे १२ मेगावाटभन्दा बढी उत्पादन

थ्रीस्टार हाइड्रोपावरको तीनवटै साधारण सभा सम्पन्न: १:१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित

श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको १० औं वार्षिक साधारण सभा सम्पन्न, मुनाफा १७ करोड ६३ लाख नाघ्यो

अध्यक्ष ओलीले माधवकुमार नेपाल वामपन्थी आन्दोलन समाप्त पार्नका लागि हदैसम्म गिरेको बताउनु भयो । नेपालले दुई तिहाइको कम्युनिस्ट सरकार ढालेर प्रतिक्रियावादी र दक्षिणपन्थी सरकार बनाउन भोट दिएका बताउनु भयो । 
उहाँले भन्नुभयो – ‘विचरा माधव नेपाल । नाम त नलिए हुने हो । तर यो आन्दोलन समाप्त पार्नका निम्ति उनी यति तल गिरे । अदालत गए । कहाँ गएनन् ? के गरेनन् उनले ? र प्रतिक्रियावादी, दक्षिणपन्थी सरकार बनाए । दुई तिहाइ कम्युनिस्ट पार्टीको सरकार ढालेर यो पार्टीमा बस्दाबस्दै, यसको वरिष्ठ नेता हुँदाहुँदै पछाडीको सिटमा बसेर, पछाडीको ढोकाबाट घोसे मुन्टो लगाएर लुसुक्क गएर हाम्रो सरकार गिराउन भोट दिए । दक्षिणपन्थी सरकार बनाउन भोट दिए । कहाँसम्म गिरेका होलान् ।’

उहाँले पार्टीका नेता, कार्यकर्ताहरु कहिलेकाहीँ राजनीतिक अलमलमा पर्ने गरेको भन्दै त्यसरी अलमलमा नपर्न आग्रह पनि गर्नुभयो । 

Download Video

केपी ओली .zip :To download file click here

Related

Previous Post

व्यवसायीको मनोबल घट्दा राजश्व संकलन प्रभावितः निजी क्षेत्र

Next Post

१ क्विन्टल भनिएको सुन ६० किलो ७१६ ग्राम मात्रै

Sambridinews

Sambridinews

Related Posts

अरूण भ्याली हाइड्रोपावरको २९ औँ वार्षिक साधारण सभा सम्पन्न: जलविद्युत् क्षेत्रमा साढे १२ मेगावाटभन्दा बढी उत्पादन
FEATURED

अरूण भ्याली हाइड्रोपावरको २९ औँ वार्षिक साधारण सभा सम्पन्न: जलविद्युत् क्षेत्रमा साढे १२ मेगावाटभन्दा बढी उत्पादन

by Sambridinews
मङ्लबार, अशोज २७, २०८३
थ्रीस्टार हाइड्रोपावरको तीनवटै साधारण सभा सम्पन्न: १:१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित
FEATURED

थ्रीस्टार हाइड्रोपावरको तीनवटै साधारण सभा सम्पन्न: १:१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित

by Sambridinews
मङ्लबार, अशोज २७, २०८३
श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको १० औं वार्षिक साधारण सभा सम्पन्न, मुनाफा १७ करोड ६३ लाख नाघ्यो
FEATURED

श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको १० औं वार्षिक साधारण सभा सम्पन्न, मुनाफा १७ करोड ६३ लाख नाघ्यो

by Sambridinews
मङ्लबार, अशोज २७, २०८३
सवारी दुर्घटना रोक्न ‘टाइम कार्ड’
FEATURED

चाडपर्वमा सुरक्षित यात्रा र यातायात क्षेत्रको बेथिति

by Sambridinews
मङ्लबार, अशोज २७, २०८३
गरिमा विकास बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १०% बोनस सेयर र १०% नगद लाभांश पारित
TOP STORIES

गरिमा विकास बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १०% बोनस सेयर र १०% नगद लाभांश पारित

by Sambridinews
सोमवार, अशोज २६, २०८३
Next Post
१ क्विन्टल भनिएको सुन ६० किलो ७१६ ग्राम मात्रै

१ क्विन्टल भनिएको सुन ६० किलो ७१६ ग्राम मात्रै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

आज नैकापमा चन्द्रागिरि क्षेत्रका पुराना तस्विरको प्रदर्शनी हुदै

आज नैकापमा चन्द्रागिरि क्षेत्रका पुराना तस्विरको प्रदर्शनी हुदै

शुक्रबार, पुस २७, २०८०
न्यायिक स्वतन्त्रताप्रति प्रतिवद्ध छाै : अख्तियार

पूर्व नायव सुब्बा रघुनाथ घिमिरेविरुद्ध अख्तियारले भ्रष्टाचारमा मुद्दा

आइतवार, चैत्र १९, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

अरूण भ्याली हाइड्रोपावरको २९ औँ वार्षिक साधारण सभा सम्पन्न: जलविद्युत् क्षेत्रमा साढे १२ मेगावाटभन्दा बढी उत्पादन
FEATURED

अरूण भ्याली हाइड्रोपावरको २९ औँ वार्षिक साधारण सभा सम्पन्न: जलविद्युत् क्षेत्रमा साढे १२ मेगावाटभन्दा बढी उत्पादन

मङ्लबार, अशोज २७, २०८३
थ्रीस्टार हाइड्रोपावरको तीनवटै साधारण सभा सम्पन्न: १:१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित
FEATURED

थ्रीस्टार हाइड्रोपावरको तीनवटै साधारण सभा सम्पन्न: १:१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित

मङ्लबार, अशोज २७, २०८३
श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको १० औं वार्षिक साधारण सभा सम्पन्न, मुनाफा १७ करोड ६३ लाख नाघ्यो
FEATURED

श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको १० औं वार्षिक साधारण सभा सम्पन्न, मुनाफा १७ करोड ६३ लाख नाघ्यो

मङ्लबार, अशोज २७, २०८३
सवारी दुर्घटना रोक्न ‘टाइम कार्ड’
FEATURED

चाडपर्वमा सुरक्षित यात्रा र यातायात क्षेत्रको बेथिति

मङ्लबार, अशोज २७, २०८३
गरिमा विकास बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १०% बोनस सेयर र १०% नगद लाभांश पारित
TOP STORIES

गरिमा विकास बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १०% बोनस सेयर र १०% नगद लाभांश पारित

सोमवार, अशोज २६, २०८३
नेपाल–इटाली चेम्बर अफ कमर्स (एनआईसीसीआई) अध्यक्ष सञ्जय अग्रवालद्वारा ललितपुरमा ‘नट्स एन्ड स्कूप’ जेलाटो ब्राण्डको उद्घाटन
TOP STORIES

नेपाल–इटाली चेम्बर अफ कमर्स (एनआईसीसीआई) अध्यक्ष सञ्जय अग्रवालद्वारा ललितपुरमा ‘नट्स एन्ड स्कूप’ जेलाटो ब्राण्डको उद्घाटन

सोमवार, अशोज २६, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In