Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, October 1, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

पेरिस ओलम्पिकको भब्य उद्घाटन

Sambridinews by Sambridinews
शनिबार, साउन १२, २०८१
in TOP STORIES, खेलकुद, समाचार
0
पेरिस ओलम्पिकको भब्य उद्घाटन
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग कर्पोरेट संस्करण’ आयोजना हुँदै

बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार 

पेरिस, साउन १२ गते । पेरिस ओलम्पिक– २०२४ को एक भब्य समारोहबीच शुक्रबार उद्घाटन गरिएको छ । शुक्रबार औपचारिक उद्घाटन भएपनि केहि खेलहरु भने जुलाई २४ तारिखदेखि नै सुरु भइसकेको छ । फुटबल, आर्चरी, रग्बी सेभेन्स र ह्यान्डबल उद्घाटनअघि नै सुरु भइसकेको छ ।
ओलम्पिकको इतिहासमा उद्घाटन समारोह रंगशाला बाहिर पहिलो पटक भएको हो । सहभागी टोलीलाई डुंगा र ‘क्रुज’ मा राखेर सेन नदीमा मार्च पास्ट गराइएको थियो । पेरिसस्थित पोन्ट दि अस्टरलिजबाट सुरु भएको मार्च पास्ट विश्वचर्चित आइफल टावरमा पुगेर टुंगिएको थियो । कडा सुरक्षाबीच भएको उद्घाटन समारोहको मार्च पास्टका लागि ८५ डुंगा प्रयोग गरिएको थियो ।
मार्च पास्टमा नेपालको झण्डा श्यान्टु श्रेष्ठ र मनीता श्रेष्ठ प्रधानले बोकेका थिए । लैंगिक समानतालाई मध्यनजर गरी अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले टोकियो ओलम्पिक– २०२० को संस्करणदेखि पुरुष र महिला खेलाडीलाई मार्च पास्टमा राष्ट्रिय झण्डा बोक्न दिन सुरु गरेको हो । मार्च पास्टमा श्यान्टु र मनीतासहित नेपालबाट ८ जना सहभागी थिए । नेपाली टोलीका ‘सेफ दि मिसन’ राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटी (एनओसी) का उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्द राज वैद्य, एनओसीकी उपाध्यक्ष ज्योति राणा, एनओसीका सचिव रामजीबहादुर श्रेष्ठ, पौडी खेलाडी एलेक्जेन्डर शाह र ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल सहभागी थिए । मार्च पास्टका लागि नेपालसहित नामिबिया र नाउरुको टोलीलाई एउटै डुंगामा राखिएको थियो । मार्च पास्ट सहभागी २ सय ६ राष्ट्रका खेलाडी र अफिसियल गरी करिब ७ हजार मात्र सहभागी थिए । फ्रान्सले १ सय वर्षपछि ओलम्पिक आयोजना गरेको हो । पछिल्लोपटक १९२४ को आठौं संस्करण पेरिस सहरमै भएको थियो । फ्रान्सले ओलम्पिक आयोजना गरेको यो तेश्रो पटक हो । सन् १९०० को ओलम्पिक पनि फ्रान्समै भएको थियो ।
पेरिस ओलम्पिकको ३३ औं संस्करणमा नेपालबाट ६ खेलमा ७ खेलाडी सहभागी छन् । ३ पुरुष र ४ महिला खेलाडी सहभागी छन् । टेबलटेनिसमा श्यान्टु श्रेष्ठ र ब्याडमिन्टनमा प्रिन्स दाहालले पुरुष सिंगल्समा प्रतिस्पर्धा गर्ने  छन् । पुरुष १ सय मिटर फ्रिस्टायलमा एलेक्जेन्डर शाहले भाग लिने छन् ।
महिलामा सुटिङकी सुस्मिताले १० मिटर एयर राइफल, पौडीकी डुवाना लामाले २ सय मिटर फ्रिस्टायल, जुडोकी मनीता श्रेष्ठ प्रधानले ५७ केजीमुनि र एथलेटिक्सकी सन्तोषी श्रेष्ठले म्याराथन (४२.१९५ किलोमिटर) मा नेपालको चुनौती प्रस्तुत गर्ने छन् । सन्तोषी बाहेक सबै खेलाडी पेरिसमै छन् । सन्तोषी जुलाइ ३० तारिखमा पेरिस आइ पुग्ने छिन् । सन्तोषीको खेल पेरिस ओलम्पिकको अन्तिम दिन अगष्ट ११ तारिखमा छ ।
सातै नेपाली खेलाडीको यो ‘डुब्यु’ ओलम्पिक हो । सन् १९६४ को टोकियो ओलम्पिकदेखि नेपालले गृष्मकालीन ओलम्पिकमा सहभागिता जनाउन थालेएता टेबलटेनिस र ब्याडमिन्टनमा नेपालले पहिलोपटक सहभागिता जनाउन लागेको हो । त्यसमा श्यान्टु छनोट चरण पार गरेरै ओलम्पिकमा सहभागी हुन लागेका हुन् । नेपालमै भएको दक्षिण एसियाली ओलम्पिक छनोट प्रतियोगितामा पहिलो हुँदै श्यान्टुले पेरिस ओलम्पिक– २०२४ मा स्थान पक्का गरेका थिए । गृष्मकालीन ओलम्पिकमा यस्तो उपलब्धी हात पार्ने श्यान्टु तेश्रो नेपाली खेलाडी हुन् । यसअघि संगीना वैद्यले २००४ को एथेन्स ओलम्पिक तथा दीपक विष्टले २००८ को बेइजिङ ओलम्पिक छनोट चरण पार गर्दै नेपालको प्रतिनिधित्व गरेका थिए ।
पेरिस ओलम्पिकमा २ सय ६ राष्ट्रका करिब १० हजार ५ सय खेलाडीले ३ सय २९ स्पर्धामा प्रतिस्पर्धा गर्ने  छन् । प्रत्येक ४ वर्षको अन्तरालमा हुने ओलम्पिक यो पटक तीन वर्षमा भएको हो । ३२ औं संस्करणको टोकियो ओलम्पिक २०२० लाई तय भएपनि कोभिड– १९ का कारण २०२१ मा भएको थियो ।
यसैबीच उद्घाटन समारोहको अघिल्लो दिन फ्रान्सस्थित नेपाली दूतावासले पेरिस ओलम्पिकमा सहभागी हुने नेपाली टोलीलाई स्वागत गर्दै सफलताका लागि शुभकामना दिएको थियो ।

Related

Previous Post

दिगो भविष्यको प्रतिबद्धता र जनचेतनाका लागि देशव्यापी ‘नबिल दिगो पाइला’ वाकाथन

Next Post

नेपाल निर्माण उद्योग परिषदद्धारा मौद्रिकनीतिको प्रसंशा

Sambridinews

Sambridinews

Related Posts

विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग कर्पोरेट संस्करण’ आयोजना हुँदै
TOP STORIES

विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग कर्पोरेट संस्करण’ आयोजना हुँदै

by Sambridinews
बुधबार, अशोज १४, २०८३
बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
TOP STORIES

बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

by Sambridinews
बुधबार, अशोज १४, २०८३
क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार 
TOP STORIES

क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार 

by Sambridinews
बुधबार, अशोज १४, २०८३
एभरेष्ट बैंकको ३२औँ वार्षिक साधारणसभा सम्पन्न: सेयरधनीलाई १५ प्रतिशत लाभांश पारित
FEATURED

एभरेष्ट बैंकको ३२औँ वार्षिक साधारणसभा सम्पन्न: सेयरधनीलाई १५ प्रतिशत लाभांश पारित

by Sambridinews
बुधबार, अशोज १४, २०८३
ग्लोबल आइएमई क्यापिटल लिमिटेडको १९ औं वार्षिक साधारण सभा सम्पन्न,  १५ प्रतिशत बोनस घोषणा
TOP STORIES

ग्लोबल आइएमई क्यापिटल लिमिटेडको १९ औं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत बोनस घोषणा

by Sambridinews
बुधबार, अशोज १४, २०८३
Next Post
नेपाल निर्माण उद्योग परिषदद्धारा मौद्रिकनीतिको प्रसंशा

नेपाल निर्माण उद्योग परिषदद्धारा मौद्रिकनीतिको प्रसंशा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

रवि लामिछानेले लिए अग्रता

काठमाडौं महानगरपालिका वडानम्बर १६ को वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ विजयी

सोमवार, मंसिर १७, २०८१
“Experience Life with CG” : सिजी ब्रान्ड द्वारा दशैंतिहार लक्षित महायोजना “भरोसा नेपालीको, 

“Experience Life with CG” : सिजी ब्रान्ड द्वारा दशैंतिहार लक्षित महायोजना “भरोसा नेपालीको, 

मङ्लबार, अशोज ६, २०८३

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग कर्पोरेट संस्करण’ आयोजना हुँदै
TOP STORIES

विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग कर्पोरेट संस्करण’ आयोजना हुँदै

बुधबार, अशोज १४, २०८३
बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
TOP STORIES

बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

बुधबार, अशोज १४, २०८३
क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार 
TOP STORIES

क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार 

बुधबार, अशोज १४, २०८३
एभरेष्ट बैंकको ३२औँ वार्षिक साधारणसभा सम्पन्न: सेयरधनीलाई १५ प्रतिशत लाभांश पारित
FEATURED

एभरेष्ट बैंकको ३२औँ वार्षिक साधारणसभा सम्पन्न: सेयरधनीलाई १५ प्रतिशत लाभांश पारित

बुधबार, अशोज १४, २०८३
ग्लोबल आइएमई क्यापिटल लिमिटेडको १९ औं वार्षिक साधारण सभा सम्पन्न,  १५ प्रतिशत बोनस घोषणा
TOP STORIES

ग्लोबल आइएमई क्यापिटल लिमिटेडको १९ औं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत बोनस घोषणा

बुधबार, अशोज १४, २०८३
अकामा होटल लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न , रामडा ब्रान्डसँगको साझेदारी र आगामी आईपीओ निष्कासनले आर्थिक पुनरुत्थानको बलियो संकेत
FEATURED

अकामा होटल लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न , रामडा ब्रान्डसँगको साझेदारी र आगामी आईपीओ निष्कासनले आर्थिक पुनरुत्थानको बलियो संकेत

बुधबार, अशोज १४, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In