Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, September 20, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

पत्रकार महासंघकाे छैठाैं पूर्ण बैठक नगरकाेटमा सम्पन्न

Sambridinews by Sambridinews
बिहिबार, अशोज ६, २०७९
in TOP STORIES, समाचार
0
पत्रकार गुरुङको निधन : महासंघ स्तब्ध
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल पत्रकार महासंघको छैठौं पूर्ण बैठक भक्तपुरको नगरकोटमा सम्पन्न भएको छ ।
बैठकले श्रमजीवि पत्रकारको हितमा विभिन्न निर्णणहरु गरेको महासंघका महासचिव रोसन पुरीले जानकारी दिनुभएको । बैठकले १४ बुँदे घोषणापत्र जारी गरेको छ ।

१. सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदबाट दोस्रोपटक पारित भई प्रमाणीकरणका लागि प्रस्तुत नागरिकता विधेयक प्रमाणीकरण नगरेको घटनाप्रति बैठकको ध्यानाकर्षण भएको छ । प्रतिनिधिसभा र राष्टियसभाले पारित गरेर पठाएको विधेयक प्रमाणीकरण गर्नुपर्ने संविधानको धारा ११३ (५) को व्यवस्था उल्लंघन भएको महासंघको ठहर छ । उक्त घटनापछि राजनीतिक वृत्तमा उच्च तहबाटसमेत प्रतिक्रियात्मक टिप्पणीहरू आइरहेकोप्रतिसमेत महासंघको ध्यानाकर्षण भएको छ । पदीय मर्यादा बाहिर गएर भएका घटनाक्रमले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत गर्ने कार्यलाई क्षति पु¥याउनेतर्फ सचेत रहँदै संविधान भित्रै रहेर समस्यालाई सम्बोधन गर्न सरोकारवालाको ध्यानाकर्षण गराउदछ ।

You might also like

संविधान दिवस : कोशी प्रदेशमा प्रभातफेरी र विभिन्न झाँकीसहित विशेष कार्यक्रम, खेलकुदका विजेता सम्मानित

रिलायन्स नेपाल भेन्चर क्यापिटलको प्रथम वार्षिक साधारण सभा सम्पन्न

राष्ट्रिय बीमा कम्पनीको चौथो वार्षिक साधारण सभा सम्पन्न,कम्पनीको कुल बीमा शुल्क संकलनमा आकर्षक वृद्धि

२. प्रतिनिधिसभाको पाँच वर्षे कार्यकाल पूरा हुँदासमेत नेपाल मिडिया काउन्सिल विधेयक जारी नहुनु दुःखद छ । सरोकारवालाको सहमतिसमेतमा महासंघका सुझावलाई समावेश गरेर विधेयक अगाडि बढाउने सहमति कार्यान्वयन नगरेकोप्रति हाम्रो ध्यानाकर्षण भएको छ । तर, संशोधनसहित विधेयक पारित हुन लागेकोमा विधेयकलाई टार्ने गरी भएको प्रयासप्रति यो बैठक खेद व्यक्त गर्दछ ।

३.प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको पूर्वसन्ध्यामा राजनीतिक दलले जारी गर्ने घोषणापत्र÷प्रतिवद्धतापत्र निर्माणमा लागेका सबै राजनीतिक दललाई प्रेस स्वतन्त्रताप्रति प्रतिवद्धता व्यक्त गर्न र निर्वाचित भएपछि पनि सोहीअनुसारको व्यवहार गर्न तथा नीति निर्माणका लागि माग गर्दछ ।

४. श्रमजीवी पत्रकार ऐन र ऐनले व्यवस्था गरेका सेवासुविधा प्राप्तिका लागि नेपाल पत्रकार महासंघले दशकौँदेखि संघर्ष गर्दै आइरहेको छ । तर, श्रम समस्या थपिनेक्रम रोकिएको छैन । पत्रकारले दसैँको मुखमा तलब नपाउने, सेवासुविधा र दसैँ भत्तासमेत नपाउनेलगायतका गुनासो आइरहेका छन् । महासंघको यो बैठक सम्बन्धित सञ्चार प्रतिष्ठानहरूलाई तत्काल नियमित पारिश्रमिक, बक्यौता रकम र दसैँ भत्तालगायत अन्य सेवा सुविधा उपलब्ध गराउन माग गर्दछ ।

५.आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिता दुवैको पालना गर्नु सबैको कर्तव्य हो । तर, पत्रकारहरूको हकमा पत्रकार आचारसंहिता आधारभूत हो । गत निर्वाचनमा निर्वाचन आयोगले समाचारका विषयमा टिप्पणी गर्ने र कारवाहीको धम्कीसमेत दिएको स्मरण गर्दै महासंघको यो बैठक समाचारका विषयमा आयोगको प्रवेशप्रति आपत्ति प्रकट गर्दछ । साथै, आगामी निर्वाचनमा त्यस्तो हुन नदिन निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराउँदछ ।

६. निर्वाचनको समयमा पत्रकारहरूले विभिन्न उल्झनहरू झेल्नुपरेको गुनासो छ । पत्रकारहरूलाई सहज रूपमा समाचार सम्प्रेषण गर्ने वातावरणका लागि महासंघ आग्रह गर्दछ । साथै, निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न महासंघ निर्वाचन आयोग, सरकार र सबै राजनीतिक दललाई अपिल गर्दछ ।

७.प्रविधिको विकास र न्यू मिडियाको बढ्दो प्रभावमा पत्रकार आचारसंहिताको विषय थप संवेदनशील बन्दै गइरहेको छ । त्यसकारण हामी स्वयम्ले बनाएको आचारसंहितालाई हामी स्वयम्ले प्रवद्र्धन र संशोधन गर्ने नीति लिएर महासंघ ‘हाम्रो लागि, हाम्रो आचारसंंहिता अभियान’ थाल्न हरेक प्रदेश र जिल्ला शाखालाई आव्हान गर्दछ ।

८.महासंघको विधानअनुसार नयाँ सदस्यताको आवेदन र नवीकरणको लागि प्रदेश समितिमार्फत प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको छ । साथै, बैठकले केन्द्रीय साधारणसभा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आगामी पुस ८ र ९ गर्ने गरी, प्रदेशको साधारणसभा मंसिर १५ देखि पुस १ सम्म र शाखाको साधारणसभा असोज ६ देखि कात्तिक मसान्तसम्म सम्पन्न गर्ने निर्णय गरेको छ ।

९.साना तथा स्वरोजगार सञ्चार माध्यमलाई आन्तरिक राजश्व कार्यालयका अतिरिक्त स्थानीय तहमा व्यवसाय दर्ता गरी दोहोरो कर तिर्न बाध्य पारिएको नीतिप्रति महासंघको ध्यानाकर्षण भएको छ । यो बैठक सञ्चारमाध्यमलाई लगाइएको दोहोरो करको व्यवस्था हटाउन माग गर्दछ ।

१०. विज्ञापन बोर्डले विभिन्न कानूनी उल्झनको बहाना बनाएर भुक्तानी रोक्नेसहितका विषयमा बोर्डका पदाधिकारीहरूलाई महासंघमार्फत पटकपटक ध्यानाकर्षण गराए पनि त्यसको सुनुवाइ भएको छैन । यो बैठक साना तथा स्वरोजगारमूलक मिडियालाईसमेत सहज रूपमा विज्ञापन उपलब्ध गराउने वातावरण मिलाउन बोर्डसँग आग्रह गर्दछ ।

११.महासंघ सञ्चार माध्यममा मातृभाषामा पत्रकारिता गर्नेलाई सरकारले प्रोत्साहनको व्यवस्था आग्रह गर्दछ ।

१२. राससलगायतका सरकारी संचारमाध्यममा लामो समयदेखि कार्यरत श्रमजीवी पत्रकारलाई निष्कासन गर्नथालेकोप्रति यो बैठकको गम्भीर ध्यानाकर्षण भएको छ । पत्रकारलाई निष्कासन गर्ने कार्य नगर्न महासंघ सबै सञ्चारमाध्यमलाई आग्रह गर्दछ ।

१३.रुस र युक्रेनबीचको युद्धमा परी ३५ जना पत्रकारको मृत्यु भएको छ । कार्यक्षेत्रमा मारिएका पत्रकारहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै युद्धरत पक्षसँग सञ्चार क्षेत्रमा सत्यतथ्य कुरा बाहिर ल्याउने वातावरण तयार गर्न र युद्धको अन्तर्राष्ट्रिय नियमको पालना गर्नका लागि आग्रह गर्दछ ।

१४.काठमाडौं उपत्यकाको प्रमुख पर्यटकीय स्थलको रूपमा भक्तपुर जिल्लाको चाँगुनारायण र नगरकोटलाई पर्यटकीय गन्तव्यस्थलको रूपमा घोषणा गर्न सरकारसँग माग गर्दछ । यहाँसम्म पुग्ने पर्यटकीय मार्ग कमलविनायक–नगरकोट सडक यथाशीघ्र निर्माण सम्पन्न गर्न यो बैठक सरकारसँग माग गर्दछ ।

Related

Previous Post

नक्सा पास विपरित बनेका वीर अस्पतालकाे संरचनामा महानगरकाे डाेजर

Next Post

अन्तर्राष्ट्रिय रेस्लिङ शनिबार

Sambridinews

Sambridinews

Related Posts

संविधान दिवस : कोशी प्रदेशमा प्रभातफेरी र विभिन्न झाँकीसहित विशेष कार्यक्रम, खेलकुदका विजेता सम्मानित
TOP STORIES

संविधान दिवस : कोशी प्रदेशमा प्रभातफेरी र विभिन्न झाँकीसहित विशेष कार्यक्रम, खेलकुदका विजेता सम्मानित

by Sambridinews
शनिबार, अशोज ३, २०८३
रिलायन्स नेपाल भेन्चर क्यापिटलको प्रथम वार्षिक साधारण सभा सम्पन्न
TOP STORIES

रिलायन्स नेपाल भेन्चर क्यापिटलको प्रथम वार्षिक साधारण सभा सम्पन्न

by Sambridinews
शनिबार, अशोज ३, २०८३
राष्ट्रिय बीमा कम्पनीको चौथो वार्षिक साधारण सभा सम्पन्न,कम्पनीको कुल बीमा शुल्क संकलनमा आकर्षक वृद्धि
FEATURED

राष्ट्रिय बीमा कम्पनीको चौथो वार्षिक साधारण सभा सम्पन्न,कम्पनीको कुल बीमा शुल्क संकलनमा आकर्षक वृद्धि

by Sambridinews
शनिबार, अशोज ३, २०८३
आज संविधान दिवस
FEATURED

आज संविधान दिवस

by Sambridinews
शनिबार, अशोज ३, २०८३
‘अन्तै भए पनि आफन्तको नजिक’ अभियान मार्फत रेमिट्‌यान्सलाई दैनिक डिजिटल भुक्तानी सँग 
TOP STORIES

‘अन्तै भए पनि आफन्तको नजिक’ अभियान मार्फत रेमिट्‌यान्सलाई दैनिक डिजिटल भुक्तानी सँग 

by Sambridinews
शनिबार, अशोज ३, २०८३
Next Post
अन्तर्राष्ट्रिय रेस्लिङ शनिबार

अन्तर्राष्ट्रिय रेस्लिङ शनिबार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौँ वार्षिक साधारण सभा सम्पन्न​

एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौँ वार्षिक साधारण सभा सम्पन्न​

शनिबार, पुस ७, २०८०
फ्रिस्टाइल किक बक्सिङको चार दिने सेमिनार हुने

फ्रिस्टाइल किक बक्सिङको चार दिने सेमिनार हुने

सोमवार, साउन १२, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

संविधान दिवस : कोशी प्रदेशमा प्रभातफेरी र विभिन्न झाँकीसहित विशेष कार्यक्रम, खेलकुदका विजेता सम्मानित
TOP STORIES

संविधान दिवस : कोशी प्रदेशमा प्रभातफेरी र विभिन्न झाँकीसहित विशेष कार्यक्रम, खेलकुदका विजेता सम्मानित

शनिबार, अशोज ३, २०८३
रिलायन्स नेपाल भेन्चर क्यापिटलको प्रथम वार्षिक साधारण सभा सम्पन्न
TOP STORIES

रिलायन्स नेपाल भेन्चर क्यापिटलको प्रथम वार्षिक साधारण सभा सम्पन्न

शनिबार, अशोज ३, २०८३
राष्ट्रिय बीमा कम्पनीको चौथो वार्षिक साधारण सभा सम्पन्न,कम्पनीको कुल बीमा शुल्क संकलनमा आकर्षक वृद्धि
FEATURED

राष्ट्रिय बीमा कम्पनीको चौथो वार्षिक साधारण सभा सम्पन्न,कम्पनीको कुल बीमा शुल्क संकलनमा आकर्षक वृद्धि

शनिबार, अशोज ३, २०८३
आज संविधान दिवस
FEATURED

आज संविधान दिवस

शनिबार, अशोज ३, २०८३
‘अन्तै भए पनि आफन्तको नजिक’ अभियान मार्फत रेमिट्‌यान्सलाई दैनिक डिजिटल भुक्तानी सँग 
TOP STORIES

‘अन्तै भए पनि आफन्तको नजिक’ अभियान मार्फत रेमिट्‌यान्सलाई दैनिक डिजिटल भुक्तानी सँग 

शनिबार, अशोज ३, २०८३
पूँजीबजार सुधारका कार्ययोजनाले लगानी बढ्ने : नेपाल उद्योग वाणिज्य महासंघको अपेक्षा
FEATURED

पूँजीबजार सुधारका कार्ययोजनाले लगानी बढ्ने : नेपाल उद्योग वाणिज्य महासंघको अपेक्षा

शुक्रबार, अशोज २, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In