काठमाडौं । नेपाल सरकार, संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तरगतको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले रोजगारमुल विभिन्न विधामा तालिमका लागि दर्खास्त आवहन गरेको छ ।
पर्यटकका लागि पथ प्रदर्शक, कुक, वेटर, वेकरी लगायतका विधामा तोकिएको शुल्क बुझाएर तालिम लिन सकिने कार्यालयले प्रकाशन गरेको सूचनामा जनाएको छ ।
२०८० साल बैशाखमा सञ्चालन हुने तालिमका लागि २०७९ चैत २१ गतेभित्र तोकिएको शुल्क सहित इच्छुक उम्मेद्वारले आवेदन दिन भनिएको छ ।