Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, November 26, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई हदैसम्मको सजाय गर्न माग

Sambridinews by Sambridinews
आइतवार, बैशाख ३१, २०८०
in FEATURED, TOP STORIES, राजनीति, समाचार
0
नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई हदैसम्मको सजाय गर्न माग
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा (एमाले) ले नक्कली भुटानी शरणार्थी प्रकरणको कुनै पनि राजनीतिक पूर्वाग्रह र दबाबविना निष्पक्ष छानविन गरी दोषीमाथि हदैसम्मको सजाय गर्न माग गरेको छ । पार्टीको आज सम्पन्न केन्द्रीय कमिटीको पाँचौँ बैठकमा समसामयिक प्रस्ताव पारित गर्दै यस प्रकरणले अन्तर्राष्ट्रिय क्षेत्रमा मुलुकको प्रतिष्ठामाथि नै गम्भीर प्रश्न खडा भएको ठहर गरेको छ ।
विगत लामो समयदेखि भित्र–भित्रै चलिरहेको नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने घृणित ठगी–धन्दा हालै सतहमा आएको उल्लेख गर्दै केन्द्रीय कमिटी बैठकबाट पारित प्रस्तावमा सोच्न पनि नसकिने यस्तो काममा गृह मन्त्रालयकै उच्च नेतृत्व संलग्न रहनुले राज्यविरुद्धको अपराध कति सङ्गठित रुपमा अघि बढाइएको रहेछ भन्ने देखिन्छ भनिएको छ ।
प्रस्तावमा भनिएको छ– यस क्रममा हिरासतमा राखिएका व्यक्तिहरुलाई छानबिनको दायरामा आउनसक्ने व्यक्तिसँग अवैध रुपमा भेटघाट गराउने, पैसा दिएर मुद्दा मिलाउने प्रयास गर्ने, असम्बद्ध व्यक्तिहरुको नाम लिन र आफू अनुकूलको बयान गराउन दबाब दिइएको जस्ता सूचना सार्वजनिक भएका छन् । हामीले सुरुदेखि भन्दै आएको– दोषी कोही नछुटून् र निर्दोष कोही नफसून् भन्ने कुरातर्फ यो बैठक गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छ । राज्यका वैधानिक निकायबाट गरिने यस्ता विषयको निष्पक्ष अनुसन्धानमा हाम्रो पार्टीको तर्फबाट पूर्ण सहयोग रहने पनि स्पष्ट पार्न चाहन्छ ।

बैठकबाट पारित प्रस्ताव यस प्रकार छन्ः
१. हाम्रो पार्टीका पोलिटब्युरो सदस्य तथा संविधानसभाका सदस्य कमरेड बालकृष्ण ढुङ्गेल, गत बर्ष पार्टीद्वारा ‘कम्युनिस्ट योद्धा‘ सम्मानबाट सम्मानित पुराना नेता कमरेड वसन्त गौचन, हाम्रो पार्टीका केन्द्रीय लेखा आयोगका सदस्य कमरेड खम्ब खत्री, केन्द्रीय सल्लाहकार परिषद् सदस्य रामबहादुर दानी, प्रतिनिधिसभा निर्वाचनका क्रममा बाजुरामा हत्या गरिनुभएका अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन ऐडी, मिसन ग्रासरुट अभियानका क्रममा प्युठानमा दुर्घटनामा परी निधन हुनुभएका कमरेड रामबहादुर थापा ९गोपाल०, नेपाल खेलकुद महासंघको राष्ट्रिय अधिवेशनका क्रममा दुर्घटनामा परी निधन हुनुभएका कमरेड प्रकाश महत, राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय अधिवेशन प्रतिनिधि कमरेड जीवनबाबु पन्तलगायत यस अवधिमा दिवंगत हुनुभएका पार्टीका नेता–कार्यकर्ताहरुप्रति यो बैठक हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै, उहाँहरुले पार्टी तथा आन्दोलनमा पु¥याउनुभएको योगदानको स्मरण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ ।
२. २०६२÷६३ को जनआन्दोलनका क्रममा निरङ्कुश शाही सरकारको गोली लागी घाइते हुनुभएका काभ्रेका मुकेश कायस्थको निधनप्रति यो बैठक गहिरो दुःख व्यक्ति गर्दछ । जनआन्दोलनका ‘जिउँदा शहीद‘ मुकेश कायस्थले आन्दोलनमा सहभागी हुने क्रममा लागेको गोलीका कारण १७ बर्षसम्म हिँडडुल तथा बोलचाल गर्न नसक्ने पीडादायी अवस्थाबाट गुज्रिनु प¥यो । नेपाली जनताको परिवर्तन र रुपान्तरणका आकाङ्क्षालाई सघाउन आफ्नो ज्यानको बाजी लगाएर दिनुभएको योगदानको उच्च सम्मान गर्दै हाम्रो पार्टी शहीद मुकेश कायस्थप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, शोकाकूल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ ।
३. हाम्रो पार्टीका अध्यक्ष कमरेड केपी शर्मा ओलीमाथि हालै झापा, इलाम, पाँचथर र तेह«थुममा गरिएको साङ्घातिक आक्रमणको प्रयासलाई बैठकले निकै गम्भीर रुपमा लिएको छ । मुलुकमा मुठभेड निम्त्याउने, राजनीतिक दलहरुबीच द्वन्द्व सिर्जना गर्ने, सामाजिक सद्भाव बिथोल्ने, नेकपा ९एमाले० पङ्क्तिको मनोबल कमजोर बनाउने र अस्थिरता सिर्जना गरी धमिलो पानीमा माछा मार्ने प्रयासस्वरुप हाम्रा अध्यक्षमाथि भएको यस प्रकारको आपत्तिजनक, अराजनीतिक र आपराधिक दुष्प्रयासको यो बैठक घोर निन्दा तथा भत्र्सना गर्दछ । मुलुकको पूर्वप्रधानमन्त्री तथा संसद्मा प्रमुख विपक्षी दलको नेतामाथि यस प्रकारको आपत्तिजनक कार्य हुँदासमेत शान्ति–सुरक्षाको न्यूनतम दायित्वबाट विमुख हुँदै मुकदर्शक बनेकोमा सरकारप्रति यो बैठक खेद प्रकट गर्दछ । साथै, नेकपा ९एमाले० को नेतृत्वमाथि यस्ता हर्कतहरु नदोहोर्याउन यो बैठक सम्बन्धित सबैलाई चेतावनी दिन चाहन्छ ।
४. विगत लामो समयदेखि भित्र–भित्रै चलिरहेको नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने घृणित ठगी–धन्दा हालै सतहमा आएको छ । सोच्न पनि नसकिने यस्तो काममा एकातिर गृह मन्त्रालयकै उच्च नेतृत्व संलग्न रहनुले राज्यविरुद्धको अपराध कति सङ्गठित रुपमा अघि बढाइएको रहेछ भन्ने देखिन्छ भने अर्कातिर यसबाट अन्तर्राष्ट्रिय क्षेत्रमा मुलुकको प्रतिष्ठामाथि नै गम्भीर प्रश्न खडा भएको छ । यो बैठक उक्त प्रकरणको कुनै राजनीतिक पूर्वाग्रह र दवावबिना निष्पक्ष रुपमा छानबिन गरी दोषीमाथि हदैसम्मको सजाय होस् भन्ने माग गर्दछ । यस क्रममा हिरासतमा राखिएका व्यक्तिहरुलाई छानबिनको दायरामा आउनसक्ने व्यक्तिसँग अवैध रुपमा भेटघाट गराउने, पैसा दिएर मुद्दा मिलाउने प्रयाश गर्ने, असम्बद्ध व्यक्तिहरुको नाम लिन र आफू अनुकूलको बयान गराउन दबाब दिइएको जस्ता सूचना सार्वजनिक भएका छन् । हामीले सुरुदेखि भन्दै आएको– दोषी कोही नछुटून् र निर्दोष कोही नफसून् भन्ने कुरातर्फ यो बैठक गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छ । राज्यका वैधानिक निकायबाट गरिने यस्ता विषयको निष्पक्ष अनुसन्धानमा हाम्रो पार्टीको तर्फबाट पूर्ण सहयोग रहने पनि स्पष्ट पार्न चाहन्छ ।
५. नेपाली समाजमा भ्रष्टाचार र अनियमितता सङ्क्रामक रोगका रुपमा रहँदै आएको छ । यस्ता घटनाहरुको निष्पक्ष छानबिन र दोषीहरुलाई कानुनको दायरामा नल्याउँदा यसले लोकतान्त्रिक प्रणाली, राजनीतिक नेतृत्व र पार्टीहरुमाथि नै प्रश्न उठ्ने स्थिति सिर्जना भएको छ । यो बैठक लडाकु शिविर घोटाला काण्ड लगायत चर्चामा आएका सबै काण्डहरुको निष्पक्षतापूर्वक छानबिन अघि बढाउन सम्बद्ध निकायसमक्ष आह्वान गर्दछ । यस्ता छानबिनमा पार्टीको पूर्ण सहयोग रहने विश्वास दिलाउन चाहन्छ ।
६. पाँच दलीय गठबन्धन सत्तामा रहँदा चालिएका विगतका राष्ट्रविरोधी नीति र कदमहरुको प्रभाव यतिबेला मुलुकको अर्थतन्त्रले झेल्नुपरेको छ । व्यापारीका प्रतिनिधिहरुलाई अर्थ मन्त्रालयमा राखेर उनीहरुका स्वार्थ अनुकूल करका दर हेरफेर गरी बजेट बनाएको र अर्थतन्त्रको ठेक्का निश्चित व्यापारिक घरानालाई दिएको प्रभावस्वरुप यतिबेला मुलुक चरम आर्थिक सङ्कटतर्फ धकेलिएको छ । यही गठबन्धनकै सरकारले चालू आर्थिक बर्षमा आठ प्रतिशत आर्थिक बृद्धिदर हासिल हुन्छ भनेर बजेटमा घोषणा गरेकोमा दुई प्रतिशत पनि हुन्छ कि हुन्न भन्ने अवस्था उत्पन्न भएको छ । एकातिर अत्यावश्यक क्षेत्रको बजेट कटौती गरिएको छ भने अर्कातिर बीचको छोटो अवधि हामीले अर्थ मन्त्रालय सम्हाल्दा आर्थिक मितव्ययिता अपनाउन लिइएका निर्णयहरु खारेज गरेर फजुल खर्चलाई निरन्तरता दिइएको छ । फलस्वरुप सामाजिक सुरक्षाको भुक्तानीमा समेत समस्या उत्पन्न भएको छ, सही रुपमा सञ्चालन गर्न हुने उद्योग–व्यवसाय पूरै प्रभावित भएका छन् । नयाँ लाइलेन्स, ठेक्कापट्टा र आयोजना जस्ता विषय सत्ता साझेदारहरुबीचको भागबण्डा र मिलेमतोमा निश्चित व्यापारिक समूहको हातमा सुम्पेर मुलुकलाई स्वार्थ समूहहरुको कब्जामा राख्ने कोशिसलाई तीब्रता दिइएको छ । यसले व्यवसायीहरु अत्यन्त हतोत्साहित र निराश बन्न पुगेका छन् । व्यवसाय बन्द हुने र उनीहरु पलायन हुने क्रम बढेको छ । यस्ता क्रियाकलापहरुले राष्ट्रलाई असफल दिशामा लैजाने खतरा बढेकाले हाम्रो पार्टी गम्भीर र चिन्तित छ । अतः यो बैठक मुलुकको बिग्रिँदो अर्थतन्त्रप्रति गहिरो चिन्ता प्रकट गर्दै यस्ता हर्कतहरु बन्द गर्न चेतावनी दिँदै अर्थतन्त्र्रप्रति गम्भीर हुन सरकारसँग माग गर्दछ ।
७. विगत लामो समयदेखि मिटर ब्याजपीडित नागरिकहरु समस्या समाधानका लागि धर्ना तथा प्रदर्शनमा उत्रिएका छन् भने लघुबित्त र अन्य वित्तीय संस्थाहरुबाट पीडितहरुले आफ्नो समस्या समाधानका लागि बारम्बार आग्रह गरिरहेका छन् । आधारभूत तहका नागरिकका यस्ता समस्याप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यो बैठक ती समस्याहरु अविलम्ब समाधान गर्नका लागि आवश्यक कानुनी तथा प्रक्रियागत व्यवस्था मिलाउन र तत्काल समाधान गर्न सरकारसँग माग गर्दछ ।
८. आम नागरिकले थेग्नै नसक्ने गरी महङ्गी बढिरहेको छ । सरकारका गलत आर्थिक नीति, कालो बजारीलाई प्रश्रय, अनुगमनको अभाव, अनियन्त्रित बजार जस्ता कुराले तीब्र रुपमा मूल्य बृद्धि भइरहेको छ । एकातिर बजारमा शिथिलता आएको छ र रोजगारीका अवसरहरु घटेका छन्, आय–आर्जनका सामान्य विकल्पहरु पनि बन्द भएका छन् भने अर्कातिर बजार भाउ अचाक्ली बढेकाले नागरिकको चूल्हो बाल्नै धौ–धौ भइरहेको छ । किसानहरुले आफ्नो उत्पादनको उचित मूल्य पाइरहेका छैनन्, रासयनिक मलखादको अभाव छ र यही बीचमा मलको मूल्यबृद्धि गरिएको छ । यसबाट आम जनता ठूलो मारमा परेका छन् । यो बैठक नागरिकले दैनिन्दिन भोगिरहेको समस्याप्रति संवेदनशील हुँदै महङ्गी नियन्त्रण गर्नका लागि तत्काल आवश्यक कदम चाल्न सरकारसँग माग गर्दछ ।
९. मुद्रास्फिति हुँदा, अत्यधिक मूल्य वृद्धि हुँदा र अरु क्षेत्रमा पारिश्रमिक समायोजन हुँदासमेत श्रमिकहरुको न्यूनतम ज्याला वृद्धि भएको छैन । यसबाट आम श्रमजीवी वर्गप्रति सरकारको उदासीनता र अनुत्तरदायीपन प्रस्ट हुन्छ । यसप्रति चिन्ता प्रकट गर्दै यो बैठक सबै क्षेत्रमा कार्यरत श्रमिकहरुलाई बदलिँदो अवस्था अनुसार जीवनयापन गर्न पुग्ने गरी ज्याला बृद्धि गर्न जोडदार माग गर्दछ ।
१०. नेपाली जनताले लामो र कठिन सङ्घर्षबाट प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई पूर्णरुपमा संस्थागत गर्ने काम अझै पूरा भइसकेको छैन भने जनताका प्रतिनिधिद्वारा संविधानसभामार्फत् निर्मित संविधानको समेत पूर्ण रुपमा कार्यान्वयन हुन बाँकी नै छ । संविधान र गणतन्त्रलाई थप समृद्ध र विकसित बनाउनुपर्नेमा अदालतको समेत दुरुप्रयोग गरी संविधानको अपव्याख्या गर्ने, मुलुकमा राजनीतिक अस्थिरता सिर्जना गर्ने र गठबन्धन सरकारका गलत नीतिका कारण सिङ्गो प्रणालीलाई नै बद्नाम बनाउने जस्ता कामहरु भइरहेको मौका छोपी कतिपय तत्वहरुले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि प्रहार गर्ने कुचेष्टा गरिरहेको अवस्थाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । हाम्रो पार्टीलाई यस्ता कुनै पनि कार्य स्वीकार्य नभएको स्पष्ट पार्दै यो बैठक सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानविरोधी हर्कत बन्द गर्न सम्बन्धित सबैलाई सजग गर्न चाहन्छ ।
११. नेकपा (एमाले) सुशासन, समृद्धि, गणतन्त्र, लोकतन्त्र, संविधान र अग्रगमनका पक्षमा दृढतापूर्वक उभिँदै र त्यसका लागि जीवन समर्पित गर्दै आएको पार्टी भएकोमा कहीँ कतै दुविधा छैन । भ्रष्टाचारको अन्त्य, सुशासनको स्थापना, नागरिकलाई सहज सेवाप्रवाहको व्यवस्था, राज्यका नियामक निकायहरुको सवलीकरण जस्ता कुरामा हामीले निर्णायक काम गरेका छौँ । हामी सरकारमा हुँदा ठूल्ठूला काण्डहरुको छानबिन गर्दै भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अपनाइएको तथ्य सार्वजनिक नै छ । हालसम्म अदालतमा दायर भएका मुद्दा र तिनमाथि भएका फैसलालाई मात्र हेर्दा पनि कुन राजनीतिक दलको सुशासनप्रतिको निष्ठा कति छ भन्ने प्रस्ट हुन्छ । यस्तो अवस्थामा राजनीतिक पूर्वाग्रहका आधारमा जबर्जस्ती रुपमा हाम्रो पार्टीका नेताहरुको नाम जोडेर भ्रम फैलाउने काम केही सञ्चारमाध्यमहरुबाट भइरहेको छ । यो बैठक यस्ता भ्रमपूर्ण अफवाहहरुलाई नेकपा ९एमाले० का विरुद्धमा जारी शृङ्खलाबद्ध कुप्रचार अभियानको कडीका रुपमा लिँदै भ्रममा नपर्न पार्टीका नेता, कार्यकर्ता, समर्थक र आम नागरिकलाई आग्रह गर्दछ । साथै,पत्रकारिताको आधारभूत मान्यता पालना गर्न सम्बन्धित सञ्चारमाध्यमहरुलाई आग्रह गर्दछ ।
१२. यो बैठक लामो समयदेखि थाँती रहेको प्रदेशको नाम ‘कोशी’ का रुपमा नामाङ्कन गर्ने काम सफलतापूर्वक सम्पन्न गरेकोमा तत्कालीन १ नं प्रदेशसभालाई हार्दिक वधाइ ज्ञापन गर्दछ । समग्र मुुलुक जस्तै त्यो प्रदेश पनि बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक र भौगोलिक विविधताले युक्त प्रदेश हो । यस प्रदेशलाई बहुपहिचान झल्किने गरी कोशी प्रदेश नामाकरण गरिनु उचित र स्वाभाविक हो भन्ने पार्टीको मान्यता रहेको छ । प्रदेशसभाको ९० प्रतिशतभन्दा बढी सदस्यहरुको सहभागिता र लामो छलफलपश्चात् भएको यस नामाकरणको विरोधको कुनै औचित्य देखिँदैन । कुनै पनि विषयमा शान्तिपूर्ण रुपमा आफ्ना असहमति राख्न पाउने लोकतान्त्रिक अधिकारलाई संविधानले प्रत्याभूत गरेको छ । तर वैधानिक सभाले वैधानिक र लोकतान्त्रिक विधिबाट गरेको नामाकरणको विरोधका क्रममा जातीय सद्भाव खल्बल्याउने, साम्प्रदायिक विद्वेष फैलाउने, समाजमा अराजकता फैलाउने र यसलाई नेकपा ९एमाले० र यसबाट निर्वाचित मुख्यमन्त्रीका विरुद्ध राजनीतिक हतियारका रुपमा प्रयोग गर्ने गरी देखा परेका घटनाहरु कुनै पनि अर्थमा उचित, लोकतान्त्रिक र जनचाहना अनुरुप छैनन् । यो बैठक यस्ता कुनै पनि अतिवादी, साम्प्रदायिक र जनविरोधी क्रियाकलापमा सङ्लग्न नहुन सम्बद्ध सबैको ध्यानाकर्षण गर्दछ ।
१३. सुख्खा मौसमका कारण देशका विभिन्न भागमा भएका आगजनीका घटनाबाट नागरिकहरुले ज्यान गुमाइरहेका छन् । यसक्रममा अर्घाखाँचीमा ४ जनाको ज्यान गएको छ भने दैलेख जिल्लाको आठबीस नगरपालिका–६ मा गत वैशाख २७ गते जंगलमा लागेको आगोमा परी प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत काम गरिरहेका १ जनाको ज्यान गएको छ भने ९ जना घाइते हुनुभएको छ । बाँके, गुल्मी लगायत जिल्लामा पनि आगलागीका कारण जनधनको ठूलो क्षति भएको छ । आगलागीमा परी ज्यान गुमाउनु हुने मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै यो बैठक उपचाररत सात जनाको शीघ्र स्वास्थ्यलाभको कामनासहित उहाँहरु सबैको स्वास्थ्योपचारको सम्पूर्ण व्यवस्था निःशुल्क रुपमा गर्न सरकारसँग जोडदार माग गर्दछ ।
१४. राष्ट्रिय युवा सङ्घ नेपालको स्थापना दिवसको सन्दर्भ पारेर प्रत्येक वर्ष जेठ १ गतेलाई युवा दिवसका रुपमा मनाइँदै आएको छ । यस वर्षको युवा दिवसका सन्दर्भमा नेपालका सबै युवा विद्यार्थीहरुमा यो बैठक हार्दिक वधाइ तथा शुभकामना व्यक्त गर्दछ र युवा दिवसका सन्दर्भमा जेठ १ गते आयोजना हुने विशेष कार्यक्रमलाई भव्य रुपमा सफल पार्न सबै जनसङ््गठनहरु र आम जनसमुदायलाई समेत आह्वान गर्दछ ।
१५ आगामी जेठ ३ गते ३० औं मदन–आश्रित स्मृति दिवसलाई उहाँहरुको सम्झना र नेपाली राजनीतिमा जनताको बहुदलीय जनवादको योगदानको विशेष परिचर्चासहित भव्य रुपमा मनाउन सबै मातहत कमिटीलाई यो बैठक आह्वान गर्दछ ।
१६. २०७९ फागुन ५ गतेबाट २०८० वैशाख ९ गतेसम्म हाम्रो पार्टीद्वारा सञ्चालित ‘मिसन ग्रासरुट‘ ९पार्टी सदृढीकरण र विस्तार अभियान० भव्य रुपमा सम्पन्न भएको छ । यस अभियानका क्रममा पार्टी केन्द्रको योजना र निर्देशन बमोजिम तोकिएको कार्यक्षेत्रमा खट्ने केन्द्रीय कमिटी, प्रदेश कमिटी र जिल्ला कमिटीका नेता कमरेडहरुका साथै सबै कमरेडहरुलाई यो बैठक धन्यवाद ज्ञापन गर्दछ । हाम्रो अभियानका क्रममा नेकपा ९एमाले० प्रति दर्शाएको सद्भाव र विश्वासका लागि जनसमुदायप्रति आभार व्यक्त गर्दै यो बैठक विभिन्न कार्यक्रमका माध्यमबाट पार्टीलाई सुझाव र सल्लाह दिनु हुने सबै संस्था र महानुभावहरुप्रति धन्यवाद व्यक्त गर्दछ । साथै, देशका कुनाकाप्चासम्म भएका अभियानका गतिविधिहरु समेटेर आम नागरिकसमक्ष निरन्तर पु¥याउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने सञ्चारमाध्यमहरुप्रति यो बैठक कृतज्ञता ज्ञापन गर्दछ र आगामी दिनमा पनि सकारात्मक सहयोगको अपेक्षा गर्दछ ।

You might also like

‘परान’ अन्तर्राष्ट्रिय बजारमा पनि सफल, अष्ट्रेलियामा मात्रै ६०लाखमाथि कमाइ

इनड्राइभद्वारा प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेनका ग्रान्ड प्राइज विजेताहरूलाई पुरस्कार हस्तान्तरण

गण्डकी प्रदेशको पर्यटन प्रबर्द्धन गर्न पोखरामा पर्यटन फोटो पत्रकारिता तालिम सुरु

Related

Previous Post

आर्मीलाई राष्ट्रिय पुरुष वीच भलिबलको उपाधि

Next Post

खोप लगाउन छुटेका ५ वर्ष मुनिका बालबालिकालाई आज खाेप लगाइँदै

Sambridinews

Sambridinews

Related Posts

‘परान’ अन्तर्राष्ट्रिय बजारमा पनि सफल, अष्ट्रेलियामा मात्रै ६०लाखमाथि कमाइ
TOP STORIES

‘परान’ अन्तर्राष्ट्रिय बजारमा पनि सफल, अष्ट्रेलियामा मात्रै ६०लाखमाथि कमाइ

by Sambridinews
मङ्लबार, मंसिर १०, २०८२
इनड्राइभद्वारा प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेनका ग्रान्ड प्राइज विजेताहरूलाई पुरस्कार हस्तान्तरण
FEATURED

इनड्राइभद्वारा प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेनका ग्रान्ड प्राइज विजेताहरूलाई पुरस्कार हस्तान्तरण

by Sambridinews
मङ्लबार, मंसिर १०, २०८२
गण्डकी प्रदेशको पर्यटन प्रबर्द्धन गर्न पोखरामा पर्यटन फोटो पत्रकारिता तालिम सुरु
TOP STORIES

गण्डकी प्रदेशको पर्यटन प्रबर्द्धन गर्न पोखरामा पर्यटन फोटो पत्रकारिता तालिम सुरु

by Sambridinews
मङ्लबार, मंसिर १०, २०८२
औद्योगिक विकासका लागि एकद्वार प्रणाली आवश्यक : अध्यक्ष ढकाल
FEATURED

औद्योगिक विकासका लागि एकद्वार प्रणाली आवश्यक : अध्यक्ष ढकाल

by Sambridinews
मङ्लबार, मंसिर १०, २०८२
शिक्षकहरुलाई सरकारले तोकेको न्युनतम पारिश्रमिक दिन स्थानीय सरकारलाई शिक्षामन्त्रीको आग्रह
FEATURED

शिक्षकहरुलाई सरकारले तोकेको न्युनतम पारिश्रमिक दिन स्थानीय सरकारलाई शिक्षामन्त्रीको आग्रह

by Sambridinews
मङ्लबार, मंसिर १०, २०८२
Next Post
आज र भाेली भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइदै

खोप लगाउन छुटेका ५ वर्ष मुनिका बालबालिकालाई आज खाेप लगाइँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि १६ जनाको आवेदन

नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि १६ जनाको आवेदन

बुधबार, असार ५, २०८१
देशका केही स्थानमा हावाहुरी सहित वर्षा

आजको मौसम : हल्का बर्षा सहित तराइमा हावा हुरीको सम्भावना

सोमवार, बैशाख ११, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

‘परान’ अन्तर्राष्ट्रिय बजारमा पनि सफल, अष्ट्रेलियामा मात्रै ६०लाखमाथि कमाइ
TOP STORIES

‘परान’ अन्तर्राष्ट्रिय बजारमा पनि सफल, अष्ट्रेलियामा मात्रै ६०लाखमाथि कमाइ

मङ्लबार, मंसिर १०, २०८२
इनड्राइभद्वारा प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेनका ग्रान्ड प्राइज विजेताहरूलाई पुरस्कार हस्तान्तरण
FEATURED

इनड्राइभद्वारा प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेनका ग्रान्ड प्राइज विजेताहरूलाई पुरस्कार हस्तान्तरण

मङ्लबार, मंसिर १०, २०८२
गण्डकी प्रदेशको पर्यटन प्रबर्द्धन गर्न पोखरामा पर्यटन फोटो पत्रकारिता तालिम सुरु
TOP STORIES

गण्डकी प्रदेशको पर्यटन प्रबर्द्धन गर्न पोखरामा पर्यटन फोटो पत्रकारिता तालिम सुरु

मङ्लबार, मंसिर १०, २०८२
औद्योगिक विकासका लागि एकद्वार प्रणाली आवश्यक : अध्यक्ष ढकाल
FEATURED

औद्योगिक विकासका लागि एकद्वार प्रणाली आवश्यक : अध्यक्ष ढकाल

मङ्लबार, मंसिर १०, २०८२
जंगबहादुरले जोडेको मुलुक
विचार

जंगबहादुरले जोडेको मुलुक

मङ्लबार, मंसिर १०, २०८२
शिक्षकहरुलाई सरकारले तोकेको न्युनतम पारिश्रमिक दिन स्थानीय सरकारलाई शिक्षामन्त्रीको आग्रह
FEATURED

शिक्षकहरुलाई सरकारले तोकेको न्युनतम पारिश्रमिक दिन स्थानीय सरकारलाई शिक्षामन्त्रीको आग्रह

मङ्लबार, मंसिर १०, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In