Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, October 13, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

दलित समुदायको मानव अधिकार जोखिममा

Sambridinews by Sambridinews
बुधबार, भदौ २९, २०७९
in FEATURED, TOP STORIES
0
दलित समुदायको मानव अधिकार जोखिममा
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

भदौं २९, काठमाडौं । नेपालमा दलित समुदायका मानिसहरूमाथि जातकै आधारमा हुने हिंसा र भेदभाव बढ्दो रहेको भन्दै चिन्ता व्यक्त भएको छ । नेपाल पत्रकार महासंघको केन्द्रीय दलित विभागले समता फाउण्डेसनसँगको सहकार्यमा गरेको ‘दलित मानव अधिकार पुस्तक २०७८’ सार्वजनिक र मानव अधिकार सुनिश्चितताका लागि सञ्चार क्षेत्रको भूमिका विषयक अन्तरक्रियामा सहभागीले दलित समुदायको मानव अधिकार जोखिममा रहेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

कार्यक्रममा समता फाउण्डेसनद्धारा दलित समुदायको ०७८ सालको मानव अधिकारको अवस्थाबारेको अध्ययन प्रतिवेदन ‘दलित मानव अधिकार पुस्तक–२०७८’ सार्वजनिक गरिएको छ । सो प्रतिवेदनले ०७८ सालमा जातकै आधारमा विभिन्न प्रकृतिका ८८ वटा मानव अधिकार उल्लंघनका घटना भएको देखाएको छ । सो वर्ष जातीय भेदभावकै आधारमा ५ जनाको हत्या भएको छ भने २५ जना दलित महिला, किशोरीहरूमाथि जबरजस्ती करणी भएको छ । 

You might also like

अरूण भ्याली हाइड्रोपावरको २९ औँ वार्षिक साधारण सभा सम्पन्न: जलविद्युत् क्षेत्रमा साढे १२ मेगावाटभन्दा बढी उत्पादन

थ्रीस्टार हाइड्रोपावरको तीनवटै साधारण सभा सम्पन्न: १:१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित

श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको १० औं वार्षिक साधारण सभा सम्पन्न, मुनाफा १७ करोड ६३ लाख नाघ्यो

त्यस्तै, हत्या प्रयास १, हिरासतमा मृत्यु १, आत्महत्या दुरुत्साहन ७, जबरजस्ती करणी प्रयास ७, यौन दुर्व्यवहार ३, सामाजिक सञ्जालबाट गालीगलौज १, कोठा दिन इन्कार १, बनभोजमा विभेद १, मन्दिरमा विभेद १, खानेपानीमा विभेद १, दुध घिउ खरिदमा निषेध १, क्यान्टिनबाट निकाला १, ऋण तिर्न नसक्दा कुटपिट १, अन्तरजातीय प्रेम र विवाह सम्बन्धी ११ लगायत छन् । 
दलित समुदायमाथि जातकै आधारमा हुने अत्याचारका घटना दिन प्रतिदिन बढ्दो अवस्थामा रहेको, तर त्यस्ता घटना बाहिर नआई राजनीतिक दबाब, आर्थिक प्रलोभन र लेनदेनमा मिलापत्र, पीडितको असुरक्षा, कानुनी ज्ञानको अभाव र भौगोलिक जटिलता जस्ता कारणले बाहिर नआउने गरेको प्रतिवेदनको निष्कर्ष छ । 

प्रतिवेदनअनुसार ८८ मध्ये १० वटा घटनामा मात्रै जिल्ला अदालतहरूबाट कानुनी उपचार भएको छ । त्यसमध्ये पनि तीन वटा मुद्धामा मात्रै दोषीउपर सजाय भएको छ, बाँकीले सफाई पाएका छन् । हाल ३४ वटा मुद्धा अदालतमा विचाराधीन छन् भने प्रतिवादी फरार हुँदा १९ वटा मुद्धा प्रहरी कार्यालयनमै थन्किएका छन् । १३ वटा मुद्धामा भने कानुनी प्रक्रिया नै अघि बढेको छैन । १२ वटा मुद्धा भने मिलापत्रमा टुंग्याइएको छ । वर्तमान कानुनअनुसार जातीय विभेद र छुवाछुतका मुद्धा सामाजिक अपराध र सरकारबादी मुद्धा हुन् । तर, अनुसन्धान अधिकारीको लापरबाहीका कारण पीडितले न्याय पाउन सकेका छैनन् । 

प्रतिवेदनअनुसार जातकै आधारमा हुने अपराधमा दोषीलाई उन्मुक्ति दिन र घटनाहरूलाई लुकाउन राजनीतिक दबाब, आर्थिक लेनदेनका आधारमा मिलापत्र, पीडितको असुरक्षा, कानुनी ज्ञानको अभाव, भौगोलिक जटिलता, माफी तथा कानुन कार्यान्वन गर्ने निकायहरूको न्यून तदारुकता लगायत प्रमुख कारण छन् । 
कार्यक्रममा राष्ट्रिय दलित आयोगका सदस्य एव्म प्रवक्ता सुन्दर पुर्कुटीले दलित समुदायमाथि विभिन्न बाहानामा हिंसा भइरहेको भन्दै त्यसप्रति राज्यका निकाय संवेदनशील हुनुपर्ने बताउनुभयो । आयोगले विशेषगरी उजुरी परेका र सञ्चारमाध्यममा आएका समाचारलाई सत्यतथ्य छानविन गरी घटनाको अध्ययन गरी दोषीमाथि कारबाही गर्न सिफारिस गर्दै आएको बताउनुभयो । ‘पीडितलाई न्याय दिलाउन सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका हुन्छ, । सञ्चारमाध्यमले दलितको हक अधिकार र न्यायका लागि विध्यमान कानुन कार्यान्वयन गर्न सरकारलाई दवाव दिन सक्छन्,’ उहाँले भन्नुभयो । 

प्रवक्ता पुर्कुटीले अझैपनि दलित समुदायका व्यक्तिमाथि घर मन्दिर, पँधेरो र सामाजिक गतिविधिका ढोका बन्द नै रहनु दुःखद भएको बताउनुभयो । उहाँले मानवता विरोधी यस्तो सामाजिक अवस्थालाई मुक्त गर्न सरकारले पहल लिनुपर्नेमा त्यसकालागि आयोगबाट सिफारिसहरूको कार्यान्वयन समेत हुन नसकिरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । 
उहाँका अनुसार आयोगमा आर्थिक वर्ष ०७७÷०७८ मा ३६ वटा घटना दर्ता भएका थिए भने आर्थिक वर्ष ०७८÷०७९ मा ५३ वटा घटना दर्ता भएका छन् । 
राष्ट्रिय महिला आयोगकी प्रवक्ता चमिला भट्टराइले दलितमाथि हुने धेरैजसो हिंसाका घटनामा उनीहरुको आर्थिक अवस्था जोडिने हुँदा दलित समुदायलाई आर्थिक रुपमा समुन्नत बनाउनुपर्ने धारणा राख्नुभयो । 

नेपाल पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष रमेश विष्टले सञ्चारमाध्यममा प्रकाशित विषयवस्तुले समाजमा धेरै प्रभाव पार्ने भन्दै दलित समुदायका विषयवस्तुलाई सञ्चारमाध्यमले पर्याप्त स्थान दिनुपर्ने बताउनुभयो । उहाँले पत्रकारिता क्षेत्रमा विगतको तुलनामा दलित समुदायका पत्रकारको संख्या बढिरहेको भन्दै दलित समुदायका विषयवस्तुलाई पत्रकारले नै प्राथमिकतामा रखेर समाचार लेख्नुपर्ने बताउनुभयो । 
उहाँले दलित समुदायका पत्रकारहरु समेत सञ्चार माध्यमको नेतृत्व तहमा जान आवश्यक रहेको भन्दै त्यसका लागि क्षमता अभिवृद्धि तालिम लगायतमा महासंघ निरन्तर लागिरहेको बताउनुभयो । 

कार्यक्रममा बोल्दै महासंघका महासचिव रोसन पुरीले नेपाल पत्रकार महासंघले महासंघका सबै तहमा समानुपातिक सहभागिताका लागि विधानमै सुनिश्चित गरेको बताउनुभयो । ‘दलित समुदायका नाममा हुने अत्याचार मानवता विरोधी हुन्, त्यस्तो सामाजिक समस्यालाई निराकरण गर्न सबै एकजुट हुनुपर्ने हुन्छ,’ उहाँले भन्नुभयो, ‘त्यसकालागि मिडियाले यस्ता विषयलाई थप प्राथमिकता दिएर लेख्न आवश्यक छ ।’ उहाँले नागरिक अगुवा संस्था पत्रकार महासंघमा समेत दलित, महिला लगायत उत्पीडित वर्गको प्रतिनिधित्व बढेको तर पर्याप्त नभएको भन्दै त्यसलाई बढाउन महासंघले विभिन्न प्रयासहरू गरिरहेको बताउनुभयो ।  

समता फाउण्डेशनका अध्यक्ष प्रदिप परियारले राज्यलाई थप जिम्मेवार बनाउन र दलित समुदायको न्यायका लागि उनिहरुमाथि भएका हिंसाका घटना अभिलेख गरी प्रकाशन गरिएको बताउनुभयो । 
महासंघका सचिव एवम् केन्द्रीय दलित विभागका संयोजक हेमकर्ण विकले महासंघले सबै प्रकारका हिंसा र विभेदहरूका विरुद्ध प्रयास गरिरहेको भन्दै दलित समुदायको अधिकार सुनिश्चिताका लागि समेत सञ्चार क्षेत्रबाट पहल हुनुपर्ने बताउनुभयाे ।

अधिवक्ता एवं अनुसन्धानकर्ता प्रकाश नेपालीले दलित समुदायको मानवअधिकार लगायत विभिन्न हिंसाका घटनाको अध्ययन गरी उनिहरुको न्यायका लागि दवाव सृजना गर्न पुस्तक महत्वपूर्ण हुने बताउनुभयो । 
कार्यक्रममा महासंघका केन्द्रीय सदस्य एवम् दलित विभागका सहसंयोजक प्रकाश धौलाकोटी, केन्द्रीय सदस्य सुभाषप्रसाद शाह लगायत सरोकारवाला र पत्रकारहरू सहभागी थिए । 

Related

Previous Post

दशैंका लागि नयाँ नोट साट्न शुरु

Next Post

चिनियाँ जनकंग्रेस अध्यक्ष ली चान्सु स्वेदश फर्किए

Sambridinews

Sambridinews

Related Posts

अरूण भ्याली हाइड्रोपावरको २९ औँ वार्षिक साधारण सभा सम्पन्न: जलविद्युत् क्षेत्रमा साढे १२ मेगावाटभन्दा बढी उत्पादन
FEATURED

अरूण भ्याली हाइड्रोपावरको २९ औँ वार्षिक साधारण सभा सम्पन्न: जलविद्युत् क्षेत्रमा साढे १२ मेगावाटभन्दा बढी उत्पादन

by Sambridinews
मङ्लबार, अशोज २७, २०८३
थ्रीस्टार हाइड्रोपावरको तीनवटै साधारण सभा सम्पन्न: १:१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित
FEATURED

थ्रीस्टार हाइड्रोपावरको तीनवटै साधारण सभा सम्पन्न: १:१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित

by Sambridinews
मङ्लबार, अशोज २७, २०८३
श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको १० औं वार्षिक साधारण सभा सम्पन्न, मुनाफा १७ करोड ६३ लाख नाघ्यो
FEATURED

श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको १० औं वार्षिक साधारण सभा सम्पन्न, मुनाफा १७ करोड ६३ लाख नाघ्यो

by Sambridinews
मङ्लबार, अशोज २७, २०८३
सवारी दुर्घटना रोक्न ‘टाइम कार्ड’
FEATURED

चाडपर्वमा सुरक्षित यात्रा र यातायात क्षेत्रको बेथिति

by Sambridinews
मङ्लबार, अशोज २७, २०८३
गरिमा विकास बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १०% बोनस सेयर र १०% नगद लाभांश पारित
TOP STORIES

गरिमा विकास बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १०% बोनस सेयर र १०% नगद लाभांश पारित

by Sambridinews
सोमवार, अशोज २६, २०८३
Next Post
चिनियाँ जनकंग्रेस अध्यक्ष ली चान्सु स्वेदश फर्किए

चिनियाँ जनकंग्रेस अध्यक्ष ली चान्सु स्वेदश फर्किए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित

प्रजातन्त्र प्राप्तिको लडाइमा संगै जेल परेका व्यक्तिहरुलाई राष्ट्रपति पाैडेलको निमन्त्रणा

सोमवार, फाल्गुन २९, २०७९
सक्कल लाइसेन्स नबोकेको अवस्थामा नागरिक एपमा आफ्नो लाइसेन्स देखाउँदा पनि मिल्ने

सक्कल लाइसेन्स नबोकेको अवस्थामा नागरिक एपमा आफ्नो लाइसेन्स देखाउँदा पनि मिल्ने

सोमवार, कार्तिक १३, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

अरूण भ्याली हाइड्रोपावरको २९ औँ वार्षिक साधारण सभा सम्पन्न: जलविद्युत् क्षेत्रमा साढे १२ मेगावाटभन्दा बढी उत्पादन
FEATURED

अरूण भ्याली हाइड्रोपावरको २९ औँ वार्षिक साधारण सभा सम्पन्न: जलविद्युत् क्षेत्रमा साढे १२ मेगावाटभन्दा बढी उत्पादन

मङ्लबार, अशोज २७, २०८३
थ्रीस्टार हाइड्रोपावरको तीनवटै साधारण सभा सम्पन्न: १:१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित
FEATURED

थ्रीस्टार हाइड्रोपावरको तीनवटै साधारण सभा सम्पन्न: १:१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित

मङ्लबार, अशोज २७, २०८३
श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको १० औं वार्षिक साधारण सभा सम्पन्न, मुनाफा १७ करोड ६३ लाख नाघ्यो
FEATURED

श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको १० औं वार्षिक साधारण सभा सम्पन्न, मुनाफा १७ करोड ६३ लाख नाघ्यो

मङ्लबार, अशोज २७, २०८३
सवारी दुर्घटना रोक्न ‘टाइम कार्ड’
FEATURED

चाडपर्वमा सुरक्षित यात्रा र यातायात क्षेत्रको बेथिति

मङ्लबार, अशोज २७, २०८३
गरिमा विकास बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १०% बोनस सेयर र १०% नगद लाभांश पारित
TOP STORIES

गरिमा विकास बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १०% बोनस सेयर र १०% नगद लाभांश पारित

सोमवार, अशोज २६, २०८३
नेपाल–इटाली चेम्बर अफ कमर्स (एनआईसीसीआई) अध्यक्ष सञ्जय अग्रवालद्वारा ललितपुरमा ‘नट्स एन्ड स्कूप’ जेलाटो ब्राण्डको उद्घाटन
TOP STORIES

नेपाल–इटाली चेम्बर अफ कमर्स (एनआईसीसीआई) अध्यक्ष सञ्जय अग्रवालद्वारा ललितपुरमा ‘नट्स एन्ड स्कूप’ जेलाटो ब्राण्डको उद्घाटन

सोमवार, अशोज २६, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In