काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभागीय प्रमुखहरुको जिम्मेवारी हेरफेर गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा प्रतापबाबु तिवारी आएका छन् ।
तत्कालीन महाप्रबन्धक प्रेमनाथ ठाकुर घुस मागेको अभियोगमा निलम्बनमा परेपछि यो पद खाली थियो ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार काठमाडौं विमानस्थलको प्रमुखको जिम्मेवारी तिवारीलाई दिइएको हो । विमानस्थलमा प्रमुखको जिम्मेवारी सम्हालिसकेका उनी हाल नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानको प्रमुख थिए । यहाँ देव चन्द्रलाल कर्णलाई पठाइएको छ ।