Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, October 12, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

कुनैपनि बालबालिका सडकमा बेवारिसे अवस्थामा भेटिनुहुँदैनः मन्त्री चौधरी

Sambridinews by Sambridinews
आइतवार, जेष्ठ १३, २०८१
in FEATURED, TOP STORIES, जीवन शैली, समाचार
0
कुनैपनि बालबालिका सडकमा बेवारिसे अवस्थामा भेटिनुहुँदैनः मन्त्री चौधरी
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

१३ जेठ, काठमाण्डौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले कैलाली र कञ्चनपुरको बाल संगठनको अनुगमन गरेकी छिन्।

जिल्ला भ्रमणका क्रममा मन्त्री चौधरीले बाल संगठनको अनुगमन गरी त्यहाँको अवस्थाका बारेमा जानकारी लिनुभएको हो ।त्यस क्रममा नेपाल बाल संगठन सुदूरपश्चिम प्रदेश समितिले धनगढीमा बाल संरक्षण गृह (#बालग्राम) स्थापना गर्ने बताएको थियो ।

You might also like

दिव्यज्योति हाइड्रोपावरको १९औँ साधारणसभा सम्पन्न: ३ वर्षभित्र ५० मेगावाटको मर्स्याङ्दी बेसी आयोजना निर्माण गर्ने लक्ष्य

कोशी प्रदेशको राजधानी विराटनगरमा CG Digital को २८ औँ तथा नेपालकै सबैभन्दा ठूलो Multibrand Showroom को भव्य शुभारम्भ

सुदूरपश्चिम रोयल्सले सार्वजनिक गर्‍यो ‘अपि एडिसन’ जर्सी

मन्त्री चौधरीलाई नेपाल बाल संगठन सुदूरपश्चिम प्रदेश समितिका सभापति चुनामणि भट्टले ज्ञापन पत्र बुझाउँदै तत्काल धनगढीमा बालग्राम स्थापनको आवश्यकता महसुस भएको र त्यसका लागि बजेट अभाव देखिएको बताएका थिए ।

नेपाल बाल सङ्गठनको ज्ञापन पत्र बुझ्दै मन्त्री चौधरीले समस्या समाधानको लागि आफ्नो पक्षबाट हुने सबै कामको लागि आफू तत्पर रहेको बताउनुभयो । उहाँले बालग्राममा बसेका बालबालिकाहरूलाई विशेष ध्यान दिन पनि आग्रह गर्दै बालबालिकाको सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिए ।

मन्त्री चौधरीले भन्नुभयो, ‘मैले हिजो देखि यी विषय नियालिरहेको छु । तपाईँहरू पूर्ण बाल अधिकार सुनिश्चित गर्ने गरी लाग्नु होला सरकारको साथ तपाईँहरूलाई रहन्छ ।’

बालकहरूको शिक्षा र स्वास्थ्यमा विशेष ध्यान दिन पनि मन्त्री चौधरीले निर्देशन दिनुभयो । उहाँले अहिले पनि सडक बालबालिकाको विषयमा गम्भीर हुनु पर्ने अवस्था रहेको बताईन्।

नेपाल बाल सङ्गठनको सुदूरपश्चिममा धेरै संरचना रहेको तर ती संरचनाको संरक्षण हुन नसेको विषयमा पनि आफूहरू गम्भीर रहेको उहाँको भनाइ थियो ।

‘प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीले पनि यो विषयमा चासो राख्नु भएको छ । ती सबै संरचना र सम्पत्तिहरू सरकारले संरक्षण गर्छ’, उहाँले भन्नुभयो । ४० भन्दा धेरै जिल्लाहरूमा संरचना र सम्पत्ति रहेको भन्दै सबै संरक्षण गर्नु पर्ने अवस्था रहेको ।

स्थापना काल देखी नै अनाथ तथा असहाय बालबालिकालाई हेरचाह गर्दै आएको धनगढी बाल संरक्षण गृहमा अहिले २० जना बालकहरू रहेका छन् । उनीहरू नजिकैको त्रिनगर विद्यालयमा अध्ययन गरिरहेको बताएका थिए ।

त्यस अवसरमा अझै पनि अभिभावक विहीन धेरै बालकहरू सडकमा भौँतारिरहेको र सानैमा अभिभावक गुमाएकाहरूलाई शिक्षा स्वास्थ्य पाउन पनि सकस भएको भन्दै अझै धेरै क्षमताको बालगृह स्थापनाको लक्ष्य लिइएको भट्टले मन्त्री चौधरीलाई जानकारी गराएका थिए । ज्ञापन पत्रमा पनि प्रदेश स्तरीय बालगृह स्थापनाको लागि १० करोड रुपैयाँ माग गरिएको छ ।

‘१ बिगाह ४ कट्ठा दर्ता जमिन र ८ कट्ठा ऐलानी जग्गा सदुपयोग भइरहेको छ । प्रदेश स्तरीय बालग्रामको रूपमा अगाडि बढाउन खोजिरहेका छौँ मन्त्री चौधरीलाई बुझाएको ज्ञापन पत्रमा भनिएको छ, प्रदेश स्तरीय बालग्राम निर्माणको लागि १० करोड विनियोजन गर्न आग्रह गर्दछौँ’, ज्ञापन पत्रमा भनिएको छ ।

धनगढी उपमहानगरले सटर भत्काएको हुँदा आम्दानीको स्रोत समेत बन्द भएको गुनासो ज्ञापन पत्रमा उल्लेख गरिएको छ । नियमित आय स्रोतको लागि तत्काल व्यवसायीक भवन निर्माण गर्ने र त्यसको लागि २ करोड माग गरिएको छ ।

यसैगरी नेपाल बाल संगठन कञ्चनपुरको अनुगमन गर्दै मन्त्री चौधरीले बाल संगठनको सम्पत्तिको संरक्षण गर्न निर्देशन दिँदै विभिन्न व्यक्तिले अतिक्रमण गरेका २ बिगाहा जग्गा फिर्ता लिएर राज्यको सम्पत्तिको संरक्षण गरेकोप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

सबैले सरकारी सम्पत्तिको संरक्षण गर्न आवश्यक रहेको भन्दै उहाँले सडकमा कुनैपनि बालबालिका बेवारिसे अवस्थामा देखिन नहुने बताउनुभयो । ‘पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सडक मानव मुक्त अभियान चलाउनुभएको थियो । बालबालिकाको संरक्षण गर्न हामी सबैको दायित्व हो । बालबालिकाको संरक्षण गर्नतिर तपाईँहरू लाग्नुस्’, मन्त्री चौधरीले भन्नुभयो ।

बालबालिकाको सर्वोपरि हितलाई ध्यानमा राखेर सबैले काम गर्नुपर्ने उहाँको भनाई थियो ।

त्यस अवसरमा नेपाल बाल संगठन कञ्चनपुरका सभापति रामबहादुर बुढाले बाल संगठनको विकास तथा बालबालिकाको संरक्षणका निम्ति धेरै काम गर्न आवश्यक रहेको बताउँदै ज्ञापन पत्र बुझाउनुभएको थियो ।

Related

Previous Post

माओवादी अध्यक्ष प्रचण्डलाई खुलापत्र !

Next Post

अण्डाको समर्थन मूल्य तोकियो, प्रतिक्रेट कति पर्ला ?

Sambridinews

Sambridinews

Related Posts

दिव्यज्योति हाइड्रोपावरको १९औँ साधारणसभा सम्पन्न: ३ वर्षभित्र ५० मेगावाटको मर्स्याङ्दी बेसी आयोजना निर्माण गर्ने लक्ष्य
TOP STORIES

दिव्यज्योति हाइड्रोपावरको १९औँ साधारणसभा सम्पन्न: ३ वर्षभित्र ५० मेगावाटको मर्स्याङ्दी बेसी आयोजना निर्माण गर्ने लक्ष्य

by Sambridinews
सोमवार, अशोज २६, २०८३
कोशी प्रदेशको राजधानी विराटनगरमा CG Digital को २८ औँ तथा नेपालकै सबैभन्दा ठूलो Multibrand Showroom को भव्य शुभारम्भ
TOP STORIES

कोशी प्रदेशको राजधानी विराटनगरमा CG Digital को २८ औँ तथा नेपालकै सबैभन्दा ठूलो Multibrand Showroom को भव्य शुभारम्भ

by Sambridinews
आइतवार, अशोज २५, २०८३
सुदूरपश्चिम रोयल्सले सार्वजनिक गर्‍यो ‘अपि एडिसन’ जर्सी
TOP STORIES

सुदूरपश्चिम रोयल्सले सार्वजनिक गर्‍यो ‘अपि एडिसन’ जर्सी

by Sambridinews
आइतवार, अशोज २५, २०८३
सुपर हेवा पावर कम्पनीद्वारा १६औँ वार्षिक साधारण सभा सम्पन्न, शेयरधनीहरूलाई ३.१५७९ प्रतिशत नगद लाभांश घोषणा
FEATURED

सुपर हेवा पावर कम्पनीद्वारा १६औँ वार्षिक साधारण सभा सम्पन्न, शेयरधनीहरूलाई ३.१५७९ प्रतिशत नगद लाभांश घोषणा

by Sambridinews
आइतवार, अशोज २५, २०८३
नेपाल टेलिकमकाे चाडपर्व अफर
FEATURED

नेपाल टेलिकमकाे चाडपर्व अफर

by Sambridinews
आइतवार, अशोज २५, २०८३
Next Post
अण्डाको समर्थन मूल्य तोकियो, प्रतिक्रेट कति पर्ला ?

अण्डाको समर्थन मूल्य तोकियो, प्रतिक्रेट कति पर्ला ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा

झापामा एकजना कैदी उपचारका क्रममा फरार

आइतवार, भदौ ३०, २०८१
शिक्षा र खेलकुद उच्च प्राथमिकतामा : मेयर आचार्य

शिक्षा र खेलकुद उच्च प्राथमिकतामा : मेयर आचार्य

शनिबार, बैशाख २६, २०८३

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

दिव्यज्योति हाइड्रोपावरको १९औँ साधारणसभा सम्पन्न: ३ वर्षभित्र ५० मेगावाटको मर्स्याङ्दी बेसी आयोजना निर्माण गर्ने लक्ष्य
TOP STORIES

दिव्यज्योति हाइड्रोपावरको १९औँ साधारणसभा सम्पन्न: ३ वर्षभित्र ५० मेगावाटको मर्स्याङ्दी बेसी आयोजना निर्माण गर्ने लक्ष्य

सोमवार, अशोज २६, २०८३
कोशी प्रदेशको राजधानी विराटनगरमा CG Digital को २८ औँ तथा नेपालकै सबैभन्दा ठूलो Multibrand Showroom को भव्य शुभारम्भ
TOP STORIES

कोशी प्रदेशको राजधानी विराटनगरमा CG Digital को २८ औँ तथा नेपालकै सबैभन्दा ठूलो Multibrand Showroom को भव्य शुभारम्भ

आइतवार, अशोज २५, २०८३
सुदूरपश्चिम रोयल्सले सार्वजनिक गर्‍यो ‘अपि एडिसन’ जर्सी
TOP STORIES

सुदूरपश्चिम रोयल्सले सार्वजनिक गर्‍यो ‘अपि एडिसन’ जर्सी

आइतवार, अशोज २५, २०८३
सुपर हेवा पावर कम्पनीद्वारा १६औँ वार्षिक साधारण सभा सम्पन्न, शेयरधनीहरूलाई ३.१५७९ प्रतिशत नगद लाभांश घोषणा
FEATURED

सुपर हेवा पावर कम्पनीद्वारा १६औँ वार्षिक साधारण सभा सम्पन्न, शेयरधनीहरूलाई ३.१५७९ प्रतिशत नगद लाभांश घोषणा

आइतवार, अशोज २५, २०८३
नेपाल टेलिकमकाे चाडपर्व अफर
FEATURED

नेपाल टेलिकमकाे चाडपर्व अफर

आइतवार, अशोज २५, २०८३
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आठौँ वार्षिक साधारण सभा सम्पन्न : ५.२६३२ प्रतिशत नगद लाभांश पारित
FEATURED

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आठौँ वार्षिक साधारण सभा सम्पन्न : ५.२६३२ प्रतिशत नगद लाभांश पारित

शनिबार, अशोज २४, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In