Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, September 22, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

कक्षा ११ को छात्रवृत्ति आवेदनका लागि अनलाइन फाराम भर्ने विधि

Sambridinews by Sambridinews
शुक्रबार, असार २९, २०८०
in FEATURED, TOP STORIES, शिक्षा, समाचार
0
कक्षा ११ को छात्रवृत्ति आवेदनका लागि अनलाइन फाराम भर्ने विधि
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter


असार २९, कक्षा ११ को छात्रवृत्तिका लागि काठमाडौँ महानगरपालिकाले विधि र प्रक्रिया निर्धारण गरेको छ । आवेदन दिनका लागि चाहिने योग्यता, फाराममा भर्नु पर्ने विवरण, परीक्षाको पाठ्यक्रम, परीक्षा सञ्चालन र नतिजा प्रकाशन विधि, उत्तर दिने तरिका, परीक्षा रद्द हुने अवस्थालाई विधि र प्रक्रियामा समावेश गरिएको छ । छनोट प्रक्रिया, कसका लागि कति छात्रवृत्ति प्रतिशतका आधारमा वर्गीकरण, फारम भर्ने विधि, त्रुटी भए सच्याउने तरिका, विवरण पेश गर्ने तरिका यसका आधारभूत सूचना हुन् ।

अनलाइन आवेदन फाराम पेस गर्ने विधि

You might also like

टीसीएलले ल्यायो दसैँ-तिहार विशेष योजना : क्यासब्याक र आकर्षक उपहार 

भोटेकोशी बाढी र डुबान: प्रभावित अटोमोबाइल व्यवसायीलाई क्षतिको विवरण बुझाउन नाडाको आग्रह

“Experience Life with CG” : सिजी ब्रान्ड द्वारा दशैंतिहार लक्षित महायोजना “भरोसा नेपालीको, 

काठमाडौँ महानगरपालिकाको वेभसाइट www.kathmandu.gov.np वा http://entrance.kathmandu.gov.np/ मा छात्रवृत्ति आवेदन फाराम उपलब्ध छ । यसबाट साउन १२ गते राती ११ बजेर ५९ मिनेटसम्म आवेदन दिन सकिनेछ । फाराम भर्दा चाहिने कागजपत्र स्क्यान गरेर वा फोटो सम्लग्न गर्नुपर्छ । यसरी पेश गर्नु पर्ने कागजातमा एसईईको प्रवेश पत्र, मार्कसिट र चारित्रिक प्रमाण पत्र पेश गर्नुपर्छ । हालसालै खिचेको पासपोर्ट साइजको फोटो, नागरिकता वा जन्म दर्ताको प्रमाण पत्रसँगै अनुसूचीमा राखिएका शिफारिस पेश गर्नुपर्छ ।

तोकिएको आरक्षित समूहमा फाराम भर्नेले आरक्षणको प्रमाण पत्र पेश गर्नुपर्छ । पेश भएका विवरणहरु झुठो ठहरिए त्यस्ता उम्मेदवारहरूको आवेदन फाराम रद्द हुनेछ । भर्ना भइसकेपछि जानकारी भए भर्ना रद्द गरी शैक्षिक कार्यक्रमबाट निष्काशन गरिनेछ ।

फाराम भर्न चाहिने विवरण
अनलाइन फाराम भर्दा एसईई प्रवेश पत्रको विवरण भरेपछि मात्र मुख्य फारम खुल्नेछ । विवरण गलत भए फारम खुल्दैन । मुख्य पेजमा आफूसँग सम्बन्धित विवरणहरू माग गरिएअनुसार भर्नु पर्नेछ । माग गरिएका सवै विवरणहरू भरे पश्चात स्वघोषणा स्वीकार (सेल्फ डिक्लियरेसन स्टेटमेन्ट एसेप्ट)गर्नु पर्छ । यसो नगर्दासम्म फाराम सुरक्षित (सेभ) हुँदैन।

फाराम सुरक्षित (सेभ) गर्दा त्रुटी भएमा, विवरण भर्न छुटेमा वा मागअनुसारको विवरण नभएका ठाउँहरूमा रातो अक्षरले दर्शाएको हुन्छ । यी विवरणहरू सच्याएर फेरि माथिबाटै सबै विवरण रुजु गरेर फारम भर्नु पर्छ । एकपटक फारम भरेर सुरक्षित (सेभ) गरे पछि फारम पेश (समिट) नगर्दासम्म जति पटक पनि सच्याउन सकिन्छ ।

आफ्ना सबै विवरणहरू भरि सकेर सुरक्षित (सेभ) गरेपछि अर्को पेजमा आफूले भरेको एकमुष्ट विवरण देखिनेछ । यो पेजमा माथिबाट सबै विवरण पढेर सही भए नभएको जाँच गर्नुपर्छ । सही नभएमा पेजको माथि दिइएको संशोधन गर्ने बटन (इडिट बटन) मा क्लिक गरेर सच्याउन सकिन्छ । आफूले भरेको विवरण ठिक भएमा पेश गर्ने बटन (समिट बटन)मा क्लिक गर्नुपर्छ ।

यो बटनमा थिचेपछि सुनिश्चित गर्ने बक्स (कन्फरमेसन बक्स) आउँछ । आफूले भरेको विवरण सही भएमा ठिक बटन (ओके बटन) मा थिच्नुपर्छ । फारम अनलाइन पेस (फम समिट) भएपछि कुनै पनि विवरण सच्याउन सकिँदैन ।

आवेदन फारम अनलाइन पेस (फर्म समिट) भएपछि सुनिश्चित गर्ने (कम्फरमेसन )पृष्ठ देखिनेछ । यो पेजलाई प्रिन्ट गर्न र डाउनलोड गर्न सकिन्छ । यो पेज अनलाइन फारम भरेको प्रमाण हो ।

आवेदन दिन योग्यता र छनोट प्रक्रिया
छात्रवृत्तिमा आवेदन दिन एसईईमा न्युनतम १।६ जीपीए ल्याएको हुनु पर्नेछ । सामुदायिक विद्यालयबाट एसईई पूरा गरेको भए प्रधानाध्यापकले व्यहोरा प्रमाणित गर्नु पर्छ । संस्थागत ९निजी० विद्यालयबाट उत्तीर्ण गरेको भए स्थानीय तहमा वडाध्यक्ष र विद्यालयका प्रधानाध्यापकले माध्यमिक तहमा छात्रवृत्ति प्राप्त गरेको व्यहोरा प्रमाणित गर्दै आरक्षित कोटामा छात्रवृत्ति उपलब्ध गराउन शिफारिस गर्नुपर्छ ।

छात्रवृत्ति वितरण गर्दा सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई ४०५, संस्थागत विद्यालयबाट छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीलाई ५५, काठमाडौँ महानगरपालिका भित्र स्थायी बसोबास भएका सबै विद्यार्थीका लागि ९५, ल्याण्डफिल्ड साइड प्रभावित क्षेत्रमा बसोबास भई सोही क्षेत्रको विद्यालयमा अध्ययन गरेका विद्यार्थीका लागि १ प्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ । बाँकी रहेको ४५ प्रतिशत सिटलाई शतप्रतिशत मानी सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीको हकमा लागू हुने गरी छात्रालाई ३३५, आदिबासी र जनजातिलाई १५५, मधेसीलाई १२५, खसआर्यलाई १७५ आरक्षण छात्रवृत्ति सिट उपलब्ध गराइने शिक्षा अधिकारी सीताराम कोइरालाले जानकारी दिनुभयो । उहाँकाअनुसार दलितलाई ९५, मुस्लिमलाई २५, थारुलाई ४५, अपाङ्गता भएको व्यक्तिलाई २५, पिछडिएको क्षेत्रका व्यक्तिलाई ४५, सहिद र वेपत्ता पारिएका नागरिकका परिवार र द्वन्द्व पीडित नागरिकका परिवारलाई २५ छात्रवृत्ति दिइनेछ । पिछडिएको क्षेत्रका व्यक्तिका रुपमा अछाम, कालीकोट, जाजरकोट, जुम्ला, डोल्पा, बझाङ, बाजुरा, मुगु र हुम्ला जिल्लामा स्थायी बसोबास गरिरहेका विद्यार्थीलाई मानिनेछ ।

आरक्षण क्षेत्रमा तोकिएबमोजिमको संख्यामा विद्यार्थी उपलब्ध नभएमा काठमाडौँ महानगरवासीलाई प्राथमिकता दिइनेछ । बैकल्पिक तथा धार्मिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई सामुदायिक विद्यालय सरह मानिनेछ ।

पेश गर्नुपर्ने सिफारिस
आरक्षित समूहमा उम्मेदवार हुन चाहने व्यक्तिले आफू सो समूहमा पर्ने व्यहोरा प्रमाणित हुने कागज पेश गर्नु पर्नेछ । सहिदका परिवार, बेपत्ता पारिएका व्यक्तिका परिवार, घाइते योद्धाको परिवार र द्वन्द्व पीडित समूहका व्यक्तिले सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट शिफारिस प्राप्त गर्नुपर्छ । अपाङ्गता भएका व्यक्ति, दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, थारू, मुस्लिम र पिछडिएको क्षेत्रका व्यक्तिले बसोबास भएको स्थानीय तहको वडा कार्यालयबाट शिफारिस लिनुपर्छ ।

पिछडिएको क्षेत्रका व्यक्तिले सम्बन्धित स्थानीय तहको सिफारिस पेश गर्दा दरखास्त दिंदाका बखत निज सोही स्थानमा स्थायी बसोबास गरेको भनी प्रमाणित गरेको हुनु पर्नेछ । त्यस्तो व्यक्तिले सम्बन्धित जिल्लाबाट प्राप्त गरेको नेपाली नागरिकता पेश गर्नुपर्छ । नागरिकता नभए जन्म दर्ताको प्रमाणपत्र पेश गर्नु पर्छ ।

घाइते वा अपाङ्गता भएका व्यक्तिले आवश्यक अन्य सिफारिसको अतिरिक्त दर्तावाल चिकित्सकबाट निज सो विषय अध्ययन गर्न सक्षम भएको व्यहोरा सहितको सिफारिस आवेदन साथ पेस गर्नु पर्छ ।

प्रवेश पत्र र परीक्षा
छात्रवृत्ति परीक्षा हुने मितिभन्दा २ दिन अघिदेखि प्रवेशपत्र प्रिन्ट गर्ने बटन (प्रिन्ट एडमिट कार्ड बटन) मा थिचेर त्यहाँ माग गरिएको विवरण भर्नुपर्छ । यसपछि विद्यार्थी आफैँले प्रवेश पत्र प्रिन्ट गर्न सक्नेछन् । परीक्षा केन्द्र सम्बन्धी व्यवस्था यसै कार्डमा उल्लेख हुनेछ ।

परीक्षा दिन आउँदा अनिवार्य रुपमा प्रवेश पत्र ल्याउनु पर्नेछ । प्रत्येक परीक्षार्थीको आवश्यक सुरक्षा जाँच गरिने हुँदा परीक्षा सुरु हुनुभन्दा कम्तीमा १ घण्टा अगावै परीक्षा केन्द्रमा उपस्थित हुनु पर्नेछ । परीक्षार्थीले परीक्षा केन्द्रमा क्याल्कुलेटर, पेजर, मोबाइल फोन, ब्लुटुथ, आइप्याड, ट्याबलेट लगायत अन्य कुनै पनि विद्युतीय उपकरण तथा वालेट, पर्स तथा घडी लैजान पाउने छैनन् ।

परीक्षा सुरु भएको १५ मिनेट पछि आउने परीक्षार्थीलाई परीक्षा हलमा प्रवेश दिइने छैन । परीक्षाका लागि आवश्यक पर्ने कालो कलम (ब्लाक जेल पेन) विद्यार्थी आफैँले ल्याउनु पर्नेछ । आफूलाई सही लागेको उत्तर ओएमआर सिटभित्रको थोप्लो ९बबल० मा पुरै पोत्नु पर्नेछ । लेखिसकेको उत्तर सच्याउन तथा टिपेक्स जस्ता करेक्टिङ मसीको प्रयोग गर्न पाइँदैन । सिसाकलम प्रयोग गरेको, खुर्केको, केरमेट गरेको, च्यातिएको वा टिपेक्स लगाएका उत्तरहरूको कुनै अङ्क प्राप्त हुने छैन ।

परीक्षार्थी निर्धारित समयको २ घण्टा सकिएपछि मात्र परीक्षा हलबाट बाहिर जान पाउनेछन । नक्कली परीक्षार्थी खडा गरी परीक्षा दिएमा वा दिन प्रयास गरेमा त्यस्ता परीक्षार्थीको परीक्षा रद्द गरी प्रचलित कानुनबमोजिम कारवाही गरिनेछ ।

प्रवेश परीक्षाको पाठ्यक्रम र उत्तीर्णाङ्क
कक्षा १० को पाठ्यक्रममा आधारित अनिवार्य गणित, विज्ञान, अंग्रेजी विषयबाट ३०र३० प्रश्न र सामान्य ज्ञानबाट १० वटा प्रश्न सोधिनेछन् । उत्तीर्ण हुन न्युनतम ४० प्रतिशत अङ्क प्राप्त गर्नुपर्छ । गलत उत्तरका लागि नेगेटिभ मार्किङ (नेगेटिभ मार्किङ्) हुँदैन ।

नतिजा प्रकाशन
परीक्षाको नतिजा प्रकाशनसँगै अनलाइन म्याचिङ्को मिति निश्चित गरिनेछ । योग्यता क्रमअनुसार अनलाइन म्याचिङ्मार्फत परीक्षार्थी आफैँको रोजाइ र प्राथमिकताअनुसार उम्मेदवारको योग्यता क्रममा विद्यार्थी भर्ना नतिजा सूची प्रकाशन गरिनेछ । –नयाँ पत्रिकाबाट

Related

Previous Post

दासढुंगामा बस पल्टिँदा १९ जना घाइते

Next Post

अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू आज शुक्रबार काठमाडौं आउदै

Sambridinews

Sambridinews

Related Posts

टीसीएलले ल्यायो दसैँ-तिहार विशेष योजना : क्यासब्याक र आकर्षक उपहार 
TOP STORIES

टीसीएलले ल्यायो दसैँ-तिहार विशेष योजना : क्यासब्याक र आकर्षक उपहार 

by Sambridinews
मङ्लबार, अशोज ६, २०८३
भोटेकोशी बाढी र डुबान: प्रभावित अटोमोबाइल व्यवसायीलाई क्षतिको विवरण बुझाउन नाडाको आग्रह
FEATURED

भोटेकोशी बाढी र डुबान: प्रभावित अटोमोबाइल व्यवसायीलाई क्षतिको विवरण बुझाउन नाडाको आग्रह

by Sambridinews
मङ्लबार, अशोज ६, २०८३
“Experience Life with CG” : सिजी ब्रान्ड द्वारा दशैंतिहार लक्षित महायोजना “भरोसा नेपालीको, 
TOP STORIES

“Experience Life with CG” : सिजी ब्रान्ड द्वारा दशैंतिहार लक्षित महायोजना “भरोसा नेपालीको, 

by Sambridinews
मङ्लबार, अशोज ६, २०८३
पोखरामा प्रथम किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल हुँदै
TOP STORIES

पोखरामा प्रथम किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल हुँदै

by Sambridinews
मङ्लबार, अशोज ६, २०८३
बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’ 
TOP STORIES

बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’ 

by Sambridinews
सोमवार, अशोज ५, २०८३
Next Post
अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू आज शुक्रबार काठमाडौं आउदै

अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू आज शुक्रबार काठमाडौं आउदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

पोखरामा भएको विमान दुर्घटनामा ३२ जनाको शव निकालियाे; उद्धार जारी

यती एयरलाइन्सको एटीआर विमान दुघर्टनाबारे अध्ययन गर्न फ्रान्सबाट आएको विज्ञ टाेली पाेखरामा

बुधबार, माघ ४, २०७९
क्रिकेट र स्वच्छतामा जोड: पारस खड्कासँगै ‘क्रिकेट फर वास’ कार्यक्रम सुरु

क्रिकेट र स्वच्छतामा जोड: पारस खड्कासँगै ‘क्रिकेट फर वास’ कार्यक्रम सुरु

बिहिबार, माघ १, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

टीसीएलले ल्यायो दसैँ-तिहार विशेष योजना : क्यासब्याक र आकर्षक उपहार 
TOP STORIES

टीसीएलले ल्यायो दसैँ-तिहार विशेष योजना : क्यासब्याक र आकर्षक उपहार 

मङ्लबार, अशोज ६, २०८३
भोटेकोशी बाढी र डुबान: प्रभावित अटोमोबाइल व्यवसायीलाई क्षतिको विवरण बुझाउन नाडाको आग्रह
FEATURED

भोटेकोशी बाढी र डुबान: प्रभावित अटोमोबाइल व्यवसायीलाई क्षतिको विवरण बुझाउन नाडाको आग्रह

मङ्लबार, अशोज ६, २०८३
जीवनकाे गहिराइमा …
साहित्य / ब्लग

जीवनकाे गहिराइमा …

मङ्लबार, अशोज ६, २०८३
“Experience Life with CG” : सिजी ब्रान्ड द्वारा दशैंतिहार लक्षित महायोजना “भरोसा नेपालीको, 
TOP STORIES

“Experience Life with CG” : सिजी ब्रान्ड द्वारा दशैंतिहार लक्षित महायोजना “भरोसा नेपालीको, 

मङ्लबार, अशोज ६, २०८३
पोखरामा प्रथम किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल हुँदै
TOP STORIES

पोखरामा प्रथम किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल हुँदै

मङ्लबार, अशोज ६, २०८३
बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’ 
TOP STORIES

बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’ 

सोमवार, अशोज ५, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In