Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, October 4, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश

Sambridinews by Sambridinews
बिहिबार, अशोज १८, २०८०
in FEATURED, TOP STORIES, समाचार
0
एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । प्रधानमन्त्री श्री पुष्पकमल दाहाल तथा मिलेनियम
च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) का प्रमुख कार्यकारी अधिकृत श्री एलिस पी.
अल्ब्राइट नेपाल सरकारको लगानी तथा एमसीसीको अनुदान रहेको एमसीसी नेपाल
कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश गरेको अवसरमा एमसिए–नेपालद्वारा आयोजित
विशेष समारोहमा सहभागी हुनुभयो ।
माननीय अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीका कम्प्याक्ट
कार्यसञ्चालनसम्बन्धी उपाध्यक्ष श्री क्यामरोन अल्फोर्डले एक पत्र आदानप्रदान
गर्दै गत भदौ १३ गते उक्त पाँच वर्षे कार्यक्रम कार्यान्वयन चरणमा प्रवेश (MCC)
गरेको घोषणा गर्नुभएको थियो । कार्यान्वयन चरणमा प्रवेशसम्बन्धी घोषणाले
पाँच वर्षको समयसीमाभित्र कम्प्याक्ट अन्तर्गतका आयोजनाहरू सफलतापूर्वक सम्पन्न
हुने सुनिश्चित गर्नका लागि आवश्यक तयारी पूरा भएको जनाउने भएकोले एमसीसी
कम्प्याक्टका सन्दर्भमा यसलाई महत्वपूर्ण कोशेढुङ्गाका रूपमा लिइन्छ ।
समारोहका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले
सबैलाई बधाई तथा शुभकामना दिंदै भन्नुभयो ‘‘मिलेनियम च्यालेन्ज

कर्पोरेशन (एमसिसी) परियोजनाले नेपाल र संयुक्त राज्य अमेरिकाबीच आर्थिक
साझेदारीको नयाँ ढोका खुलेको छ । परियोजना कार्यान्वयनबाट नेपालको व्यापार
सञ्जाललाई एशियासँग जोड्ने र नेपालको आर्थिक वृद्वि तथा गरिबी न्यूनीकरणमा
महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिएको छु । नेपालको विकासमा निरन्तर सहयोग र साथ
उपलब्ध गराउँदै आएकोमा अमेरिकी सरकारप्रति धन्यवाद व्यक्त गर्दछु।’’
सो अवसरमा माननीय अर्थमन्त्री डा. प्रकाशशरण महतले उल्लेख गर्नुभयो, “नेपालको
विकासमा सघाउ पु¥याउने आयोजनाहरू सहितको एमसीसी नेपाल कम्प्याक्टले राम्रा सडक र
थप भरपर्दाे विद्युत् उपलब्ध गराएर नेपाली जनतालाई लाभान्वित गर्नेछ ।”
उक्त अवसरमा एमसीसीका प्रमुख कार्यकारी अधिकृत श्री एलिस पी. अल्ब्राइटले
भन्नुभयो, “नेपालका लागि महत्वपूर्ण आर्थिक उपलब्धि हासिल गर्नका लागि यस
कार्यक्रमसम्बन्धी लक्ष्य निर्धारण गर्नेसन्दर्भमा हामीले नेपाल सरकारसँग सहकार्य
गरेका थियौँ । निश्चित चुनौतीहरू सामना गर्दै कार्यक्रमलाई सफल बनाउनका
लागि हामी प्रतिबद्ध साझेदारका रूपमा उभिन हामी तयार छौँ र यससन्दर्भमा नेपाल
सरकारको नेतृत्व र यस कार्यक्रमको कार्यान्वयनका लागि जिम्मेवार निकाय
एमसिए–नेपालप्रति पूर्ण विश्वस्त छौँ । यस कार्यक्रमबाट नेपाली जनताको जीवनमा
पर्ने सकारात्मक प्रभाव हेर्न म निकै आतुर छु ।”
सो कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत श्री डीन आर. थम्पसनले भन्नुभयो,
“एमसीसी नेपाल कम्प्याक्ट नेपाली जनताको आर्थिक विकासका लागि सहयोग पु¥याउने
अर्को एउटा महत्वपूर्ण अमेरिकी पहल हो र नेपाल र अमेरिकाको ७६ वर्ष पुरानो
सम्बन्धमा एउटा महत्वपूर्ण कोशेढुङ्गा हो ।”
आफ्नो तीन दिने नेपाल भ्रमणका क्रममा एमसीसीका प्रमुख कार्यकारी अधिकृत श्री
अल्ब्राइटले कम्प्याक्ट कार्यान्वयनसँग सम्बद्ध नेपाल सरकारका उच्च अधिकृतहरू एवं
विभिन्न सरोकारवालासँग भेट्नुका साथै जलवायु संरक्षणको महत्वमाथि जोड दिन
वृक्षरोपण कार्यक्रममा सहभागी हुनुभयो भने मर्मतका लागि सजिलो र वातावरणका लागि
राम्रो सुरक्षित यातायात सञ्जाल निर्माण गर्नका लागि जलवायुमत्रै एवं दिगो प्रविधि
प्रयोग गर्नेसन्दर्भमा सडक विभागका प्रशिक्षार्थी इञ्जिनियरहरूबाट भइरहेको कार्यको
पनि निरीक्षण गर्नुभएको थियो । उहाँले नागरिक समाजका विभिन्न सदस्यहरू तथा युवा
उद्यमीहरूसँग अन्तरक्रिया गर्नुका साथै जलविद्युत् उत्पादनमा संलग्न महिला
उद्यमीहरूसँग अनुभव आदानप्रदान गर्नुहुँदै नेपालको आर्थिक विकासमा कम्प्याक्टले
गर्ने योगदानमाथि प्रकाश पार्नुभएको थियो ।
नेपाल सरकार तथा एमसीसीबीच नेपालमा विद्युत् आपूर्तिको विश्वसनियतामा वृद्धि गर्ने
विद्युत् प्रसारण आयोजना र यातायातको लागत घटाउने सडक मर्मत आयोजनाका लागि
आर्थिक सहयोगसम्बन्धी सम्झौता एमसीसी नेपाल कम्प्याक्टमा २०७४ साल भदौ
२९ गते हस्ताक्षर भएको थियो ।

You might also like

निजी क्षेत्र प्रवर्द्धनका लागि २८ वटा ऐन संशोधन गर्न महासंघको सरकारसमक्ष प्रस्ताव

ग्लोबल आईएमई बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ३९ अर्ब ६८ करोड नाघ्यो

पूर्वाधार विकासका लागि कानूनी सुधार र स्पष्ट नीति आवश्यक : च्याम्बर अध्यक्ष अग्रवाल

Related

Previous Post

सन् २०२५ को ईडीभी कार्यक्रमकाे आवेदन दर्ता आज राति ९:४५ बजेबाट खुल्दै

Next Post

सानिमा बैंकको मोबाइल बैंकिङ्गमा विशेष नगद फिर्ता योजना

Sambridinews

Sambridinews

Related Posts

पूँजीबजार सुधारका कार्ययोजनाले लगानी बढ्ने : नेपाल उद्योग वाणिज्य महासंघको अपेक्षा
FEATURED

निजी क्षेत्र प्रवर्द्धनका लागि २८ वटा ऐन संशोधन गर्न महासंघको सरकारसमक्ष प्रस्ताव

by Sambridinews
शनिबार, अशोज १७, २०८३
ग्लोबल आईएमई बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ३९ अर्ब ६८ करोड नाघ्यो
FEATURED

ग्लोबल आईएमई बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ३९ अर्ब ६८ करोड नाघ्यो

by Sambridinews
शनिबार, अशोज १७, २०८३
पूर्वाधार विकासका लागि कानूनी सुधार र स्पष्ट नीति आवश्यक : च्याम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

पूर्वाधार विकासका लागि कानूनी सुधार र स्पष्ट नीति आवश्यक : च्याम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
शुक्रबार, अशोज १६, २०८३
एन आई सी एशिया बैंकद्वारा नेपालमै पहिलो पटक Apple Pay र Google Pay भुक्तानी सेवा सुरु
FEATURED

एन आई सी एशिया बैंकद्वारा नेपालमै पहिलो पटक Apple Pay र Google Pay भुक्तानी सेवा सुरु

by Sambridinews
शुक्रबार, अशोज १६, २०८३
कालिञ्चोक दर्शन लिमिटेडको १२ औं वार्षिक साधारण सभा सम्पन्न, ८.५ प्रतिशत बोनस सेयर र १:१ हकप्रद सेयर घोषणा
FEATURED

कालिञ्चोक दर्शन लिमिटेडको १२ औं वार्षिक साधारण सभा सम्पन्न, ८.५ प्रतिशत बोनस सेयर र १:१ हकप्रद सेयर घोषणा

by Sambridinews
शुक्रबार, अशोज १६, २०८३
Next Post
सानिमा बैंकको मोबाइल बैंकिङ्गमा विशेष नगद फिर्ता योजना

सानिमा बैंकको मोबाइल बैंकिङ्गमा विशेष नगद फिर्ता योजना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना

रुपन्देहीको विद्यार्थी सवार बस दुर्घटना हुँदा १० जना भन्दा बढी घाइते

मङ्लबार, माघ २०, २०८२
पूर्वसभामुख ढुंगानाको निधनमा आज सार्वजनिक बिदा दिने सरकारको निर्णय

पूर्वसभामुख ढुंगानाको निधनमा आज सार्वजनिक बिदा दिने सरकारको निर्णय

सोमवार, मंसिर ३, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

पूँजीबजार सुधारका कार्ययोजनाले लगानी बढ्ने : नेपाल उद्योग वाणिज्य महासंघको अपेक्षा
FEATURED

निजी क्षेत्र प्रवर्द्धनका लागि २८ वटा ऐन संशोधन गर्न महासंघको सरकारसमक्ष प्रस्ताव

शनिबार, अशोज १७, २०८३
मार्क्सवाद, युरो कम्युनिज्म र नेपालको मौलिक प्रयोग
विचार

मार्क्सवाद, युरो कम्युनिज्म र नेपालको मौलिक प्रयोग

शनिबार, अशोज १७, २०८३
ग्लोबल आईएमई बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ३९ अर्ब ६८ करोड नाघ्यो
FEATURED

ग्लोबल आईएमई बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ३९ अर्ब ६८ करोड नाघ्यो

शनिबार, अशोज १७, २०८३
पूर्वाधार विकासका लागि कानूनी सुधार र स्पष्ट नीति आवश्यक : च्याम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

पूर्वाधार विकासका लागि कानूनी सुधार र स्पष्ट नीति आवश्यक : च्याम्बर अध्यक्ष अग्रवाल

शुक्रबार, अशोज १६, २०८३
एन आई सी एशिया बैंकद्वारा नेपालमै पहिलो पटक Apple Pay र Google Pay भुक्तानी सेवा सुरु
FEATURED

एन आई सी एशिया बैंकद्वारा नेपालमै पहिलो पटक Apple Pay र Google Pay भुक्तानी सेवा सुरु

शुक्रबार, अशोज १६, २०८३
कालिञ्चोक दर्शन लिमिटेडको १२ औं वार्षिक साधारण सभा सम्पन्न, ८.५ प्रतिशत बोनस सेयर र १:१ हकप्रद सेयर घोषणा
FEATURED

कालिञ्चोक दर्शन लिमिटेडको १२ औं वार्षिक साधारण सभा सम्पन्न, ८.५ प्रतिशत बोनस सेयर र १:१ हकप्रद सेयर घोषणा

शुक्रबार, अशोज १६, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In