Monday, July 7, 2025
Date
आइत, असार २२, २०८२
Sun, July 6, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home स्वास्थ्य

स्वास्थ्य प्रदीप पौडेलले मृत्युपश्चात मानव अंग दान गर्न चाहने दाताका परिवारलाई २ लाख सहयोग गर्ने निर्णय

Sambridinews by Sambridinews
आइतवार, मंसिर ९, २०८१
in स्वास्थ्य
0
स्वास्थ्य प्रदीप पौडेलले मृत्युपश्चात मानव अंग दान गर्न चाहने दाताका परिवारलाई २ लाख सहयोग गर्ने निर्णय
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मृत्युपश्चात मानव अंग दान गर्न चाहने दाताका परिवारलाई २ लाख सहयोग गर्ने निर्णय गरेका छन् । यसअघि मानवअंग दान गर्न चाहने त्यस्ता परिवारलाई १ लाख रुपैयाँ दिने गरिएको थियो ।

भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमार्फत एक लाख रुपैयाँ दिने गरिएकोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दाताका परिवारलाई १ लाख थप गर्ने निर्णय मन्त्री पौडेलले गरेका हुन् ।

You might also like

स्वास्थ्य बीमाबाट उपचार गर्न रेफर नचाहिने

स्वस्थ्य शरीर र शान्ति प्रवर्द्धनका लागि ओलम्पिक डे

नेपाल मेडिसिटीमा कलेजो प्रत्यारोपण शुरु

मन्त्री पौडेलको निर्णय कार्यान्वयनमा अर्थ मन्त्रालयले आन्तरिक स्रोतबाट व्यवस्थापन गर्ने गरी सहमति दिएको छ । मन्त्रालयको आन्तरिक स्रोतबाटै आवश्यक रकम व्यवस्थापन गर्नेगरी निर्णय गरिएको मन्त्री पौडेलले बताए ।

अंग दानमा सघाउने अस्पताललाई यसअघि दिने गरिएको ५० हजार रुपैयाँमा मन्त्रालयले २५ हजार रुपैयाँ थप गरेर ७५ हजार रुपैयाँ पु¥याएको छ ।

‘आफ्नो मृत्युपछि अरुको जीवन बचाउन चाहनेलाई प्रोत्साहन गर्न खोजेका हौं’, मन्त्री पौडेलले भने, ‘एउटाको जीवनपछि अरुको जीवन बचाउने कार्यमा यो निर्णयले व्यापकता पाउने आशा गरेका छौं ।’

मन्त्री पौडेललेसमेत यसअघि नै अंगदान गर्ने घोषणा गरिसकेका छन् । देशभर हरेक वर्ष मृगौला प्राप्तिका लागि एक हजार र कलेजो प्राप्तिका लागि ५५ जनाले मानव अंग प्रत्यारोपण केन्द्रमा नाम लेखाउने गरेका छन् ।

विद्यमान कानुनी व्यवस्थाअनुसार जीवित रगतको नाता पर्ने बाहेकले अंगदान गर्न पाउँदैनन् । तर, मृत्युपश्चात दान दिने गरी अंगदान गर्न पाउने व्यवस्था छ । मृत्यु भएको २४ घण्टाभित्र दिन सकिने अंग अरु जीवितलाई प्रत्यारोपण गर्न सकिन्छ ।

हाल भक्तपुरको शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रले देशमा वर्षेनी दुई सय मृगौला तथा २० जनाको कलेजो प्रत्यारोपण गर्दै आएको छ । यो कुल अंग प्रत्यारोपणको झण्डै ७० प्रतिशत हो । वीर अस्पताल, त्रिवि शिक्षण अस्पतालसँगै केही निजी अस्पतालले समेत अंग प्रत्यारोपण गर्दै आइरहेका छन् ।

हाल सचेतना अभावमा दान गर्न चाहनेको संख्या न्यून छ । मृत्युपश्चात हुने दान बढाउन सकिए धेरैको ज्यान जोगाउन सकिने शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रका प्रमुख डाक्टर पुकारचन्द्र श्रेष्ठ बताउँछन् ।

यस प्रोत्साहनमूलक निर्णयले दाता बढेर धेरैको ज्यान जोगाउन सकिने उनको अपेक्षा छ । ‘दाताको संख्या दोब्बर हुने आशा गरेका छौं’, श्रेष्ठले भने ।

हाल एक हजार बढी मृगौला तथा ५५ जना कलेजोका दाता प्राप्तिको प्रतिक्षामा छन् । र, उनीहरूले मृत्युपश्चात् हुने दानमा अधिक निर्भर गर्न परिरहेको छ ।

हाल नेपालमा मृगौला र कलेजो मात्र प्रत्यारोपण गर्ने गरिए पनि अब २ फोक्सो र मुटुका लागि समेत प्रत्यारोपण गर्नेगरी क्षमता विकास गर्ने तयारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Related

Previous Post

काठमाडौं महानगरपालिकाले तोकेको जरिवानाको पत्र बुझ्न सत्तारुढ दल नेकपा एमालेले अस्वीकार

Next Post

विश्व प्रसिद्ध गेमिङ एसेसरिज ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रिने अन्तिम तयारीमा

Sambridinews

Sambridinews

Related Posts

वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण नगरेको घटना नेपाल मेडिकल काउन्सिलले छानबिन गर्ने
FEATURED

स्वास्थ्य बीमाबाट उपचार गर्न रेफर नचाहिने

by Sambridinews
सोमवार, असार १६, २०८२
स्वस्थ्य शरीर र शान्ति प्रवर्द्धनका लागि ओलम्पिक डे
FEATURED

स्वस्थ्य शरीर र शान्ति प्रवर्द्धनका लागि ओलम्पिक डे

by Sambridinews
मङ्लबार, असार १०, २०८२
नेपाल मेडिसिटीमा कलेजो प्रत्यारोपण शुरु
FEATURED

नेपाल मेडिसिटीमा कलेजो प्रत्यारोपण शुरु

by Sambridinews
बिहिबार, जेष्ठ ३०, २०८२
पत्रकारहरूकाे नसर्ने राेगकाे स्वास्थ्य परिक्षण
स्वास्थ्य

पत्रकारहरूकाे नसर्ने राेगकाे स्वास्थ्य परिक्षण

by Sambridinews
बिहिबार, बैशाख १८, २०८२
पुरानो मेडिकल कलेजमा न्यूरोसर्जरी सेवा पुनः सुरु
TOP STORIES

पुरानो मेडिकल कलेजमा न्यूरोसर्जरी सेवा पुनः सुरु

by Sambridinews
बुधबार, बैशाख १७, २०८२
Next Post
विश्व प्रसिद्ध गेमिङ एसेसरिज ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रिने अन्तिम तयारीमा

विश्व प्रसिद्ध गेमिङ एसेसरिज ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रिने अन्तिम तयारीमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

टमाटरका १० फाइदाहरु, तपाइँ छक्क पर्नुहुन्छ

टमाटरका १० फाइदाहरु, तपाइँ छक्क पर्नुहुन्छ

आइतवार, असार २४, २०८०
स्ट्याग ग्लोबल टेबलटेनिस लिगका लागि सह–प्रायोजकसंग सम्झौता

स्ट्याग ग्लोबल टेबलटेनिस लिगका लागि सह–प्रायोजकसंग सम्झौता

शनिबार, अशोज ५, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

अन्तरजातीय विवाह नस्वीकार्दा भोजपुरमा भएकाे हत्या
TOP STORIES

अन्तरजातीय विवाह नस्वीकार्दा भोजपुरमा भएकाे हत्या

आइतवार, असार २२, २०८२
सुनचाँदी व्यवसायीद्धारा साताव्यापी आन्दोलनको घोषणा
Uncategorized

सुनचाँदी व्यवसायीद्धारा साताव्यापी आन्दोलनको घोषणा

आइतवार, असार २२, २०८२
नेपाल उपविजेता
TOP STORIES

नेपाल उपविजेता

आइतवार, असार २२, २०८२
असार १५: उत्सवको हिलोमा किसानको आँसु
TOP STORIES

साना उद्यममाथि मृत्युदण्डको छायाँ

आइतवार, असार २२, २०८२
नेपाल एएफसी वुमेन्स एसियन कप छनोटमा पराजित
TOP STORIES

नेपाल एएफसी वुमेन्स एसियन कप छनोटमा पराजित

आइतवार, असार २२, २०८२
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

मनसुन सक्रिय हुँदै, राती केही स्थानमा भिषण वर्षाको सम्भावना

आइतवार, असार २२, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.