४ साउन, काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा २ हजार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला १ लाख ४७ हजार ५ सय रुपैयाँ मूल्य तय भएको छ ।
यसअघि बिहीबार १ लाख ४९ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । बुधबार हालसम्मकै उच्च मूल्य प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँ पुगेको थियो ।
चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको १८६० रुपैयाँमा कारोबार भएको चाँदी आज १८३० रुपैयाँ कायम भएको छ ।