काठमाडौँ । नेपाली बजारमा मंसिर २३ गते आइतबार सुनचाँदी दुबैको मूल्य घटेको छ । आज सुनको भाउ प्रतितोला ४०० रुपैयाँ र चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आइतबारका लागि छापावाल सुनको भाउ प्रतितोला एक लाख ४९ हजार ७०० रुपैयाँ निर्धारण भएको छ । यस्तै चाँदी प्रतितोला एक हजार ८६५ रुपैयाँमा कारोबार भईरहेको छ ।
अघिल्लो दिन शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ५० हजार १०० रुपैयाँ र चाँदी प्रतितोला एक हजार ८९० रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ६३३ दशमलव ०५ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३० दशमलव ९७ डलरमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजार भाउको आधारमा नेपालमा शनिबार बाहेक सातामा ६ दिन सुनचाँदीको मूल्य निर्धारण हुँदै आएको छ ।