काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा देवकुमार ढकाल नियुक्त भएका छन् ।
आज शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले ढकाललाई बिहीबारदेखि लागू हुने गरी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । उनको कार्यकाल चार वर्षको हुनेछ ।
ढकाल नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाशप्राप्त व्यक्ति हुन् । राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक ढकालले बैंक तथा वित्तीय संस्था नियमन विभाग, बैंक सुपरीवेक्षण विभाग र प्रवक्तामा रहेर तीन दशक काम गरेका थिए ।