६ फागुन,काठमाडाैं । सिरहाको गोलबजारमा एक जना महिलाको हत्या भएको छ ।
गोलबजार नगरपालिका-६ का महेन्द्रकुमार साहकी श्रीमती करिब ३५ वर्षीय अनिताकुमारी साहको शुक्रबार राति हत्या भएको हो ।
सिलौटो(लोढी) ढुंगा प्रहार गरी हत्या भएको जस्तो देखिएको सिरहाका प्रहरीले जनाएकाे छ ।
उनका अनुसार अनुहारमा ढुंगाले हिर्काएको चोट देखिएको छ । सुत्ने खाट नजिकै अनिताको शव फेला परेको थियाे ।