डीजीआर स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि. को आयोजनामा हुन लागेको टी–१० टेनिस क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल) मा सहभागी हुन इच्छुक खेलाडीका लागि दर्ता प्रक्रिया खुला गरिएको छ ।
प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक खेलाडीहरूले आफ्नो नाम एनएसपीएलको आधिकारिक वेबसाइट वा खल्ती एपमार्फत दर्ता गराउन सक्ने छन् ।
दर्ता शुल्क ब्याटर र बलरका लागि रु. १ हजार तोकिएको छ भने अलराउन्डरका लागि रु.१ हजार २०० निर्धारण गरिएको छ । खेलाडी दर्ता गर्ने अन्तिम मिति आगामी भदौ ८ गतेसम्म रहेको छ ।
एनसपीएलको ब्रान्ड एम्बासडर नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता, निर्माता तथा निर्देशक निखिल उप्रेती रहेका छन् ।
Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल: