काठमाडौं । सोलुखुम्बुको लोबुचे केन्द्रविन्दु भएर ५.१ रेक्टर स्केलको भूकम्प गएको छ ।
सोमबार साँझ ६ बजेर १३ मिनेटमा उक्त भूकम्प गएको अमेरिकी भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौं सहित देशको पूर्वी भागमा महसुस गरिएको थियो ।
भूकम्पबाट भएको क्षति बारेमा हालसम्म कुनै जानकारी प्राप्त भइसकेको छैन ।