काठमाडौं । सामाजिक सञ्जालबाट महिलाको चरित्र हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको लिम्चुङ्बुङ गाउँपालिका ४ का ३१ वर्षीय विश्वराज राई छन्।
नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोका अनुसार राईले गाली गलौज गरेको र ती महिलासँग प्रेम सम्बन्धमा हुँदा खिचेका व्यक्तिगत भिडियो तथा तस्वीरहरु महिलाका आफन्तहरुलाई पठाउँदै चरित्र हत्या गरेको भन्दै उजुरी दिएकी थिइन् ।
पक्राउ परेका राईलाई जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थपेर थप अनुसन्धान भइरहेको ब्युरोले जनाएकाे छ ।