Thursday, July 24, 2025
Date
बिहि, साउन ९, २०८२
Thu, July 24, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

सरकारी कर्मचारीलाइ भ्रष्टचार पुष्टि भएपनि पेन्सन दिने प्रस्ताव

Sambridinews by Sambridinews
आइतवार, बैशाख ७, २०८२
in TOP STORIES
0
प्रतिनिधिसभाको अन्तिममा बैठकमा समेत नेताहरुले एकअर्कालाई घोचपेच गर्न बाँकी राखेनन् ।
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । अवकाश प्राप्त निजामती कर्मचारी भ्रष्टाचारलगायत नैतिक पतन हुने कसुरमा दोषी ठहर भए पनि पेन्सन सुविधा पाउने व्यवस्था गर्न लागिएको छ ।

भ्रष्टाचार, राज्यविरुद्धको अपराध, लागूऔषध कारोबार, अपहरण र जबर्जस्ती करणीजस्ता कसुरमा समेत कुनै कर्मचारीको अवकाशपछि मुद्दा चलेर दोषी ठहर भएमा पनि पेन्सन दिने गरी कानुन बनाउन संसदीय उपसमितिले प्रतिवेदन तयार पारेको छ ।  

You might also like

दरमखोला हाइड्रो इनर्जीको आईपीओ निष्कासन श्रावण १५ बाट

फ्रन्टलाईन हस्पीटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

एमआरपीमा देखिएको अन्यौलताबारे चेम्बरद्धारा सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिअन्तर्गतको उपसमितिले भ्रष्टाचारसहित नैतिक पतन देखिने कसुरमा दोषी ठहर भए राज्यबाट पेन्सन नपाउने भन्ने मूल विधेयकको दफा नै हटाइदिएको हो ।

तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले २१ फागुन २०८० मा प्रतिनिधिसभामा पेस गरेको संघीय निजामती सेवासम्बन्धी विधेयकको दफा ६८ मा ‘निवृत्तिभरण नपाउने’ सम्बन्धी व्यवस्था थियो ।

उपदफा १ मा भनिएको थियो, ‘यो ऐन प्रारम्भ भएपछि अवकाश भई निवृत्तिभरण वा पारिवारिक निवृत्तिभरण पाइरहेको व्यक्ति भ्रष्टाचार, सरकारी वा सार्वजनिक लिखत किर्ते, राज्यविरुद्धको अपराध, लागूऔषध कारोबार, सम्पत्ति शुद्धीकरण, पुरातात्त्विक वस्तुको बेचबिखन, मानव बेचबिखन, अपहरण तथा शरीर बन्धक, जबर्जस्ती करणी, बहुविवाह वा नैतिक पतन देखिने अन्य फौजदारी अपराध अभियोगमा अदालतबाट कसुरदार ठहरेमा निजले त्यस्तो निवृत्तिभरण पाउने छैन ।’ उपसमितिले मूल विधेयकको दफा ६८ नै हटाएर त्यसमा ‘दोहोरो सुविधा लिन नहुने’ भन्ने प्रावधान राखेको छ ।

प्रचलित निजामती सेवासम्बन्धी ऐनमा बहाल छँदै निलम्बनमा परेर अदालतबाट दोषी ठहर भएमा पेन्सन नपाउने भन्ने व्यवस्था छ । तर अवकाशपछि मुद्दा चलेर नैतिक पतन देखिने अपराधमा दोषी ठहर भएका राष्ट्रसेवकलाई त्यसपछि पनि पेन्सन दिने/नदिने भन्नेबारे केही उल्लेख छैन ।

त्यस्तो अवस्थामा के गर्ने भन्नेमा कानुनमा उल्लेख नभएका कारण अवकाशपछि विभिन्न कसुरमा दोषी ठहर भए पनि थुप्रै कर्मचारी र सुरक्षाकर्मीले पेन्सन सुविधा लिइरहेका छन् । सुडान घोटाला प्रकरणमा दोषी ठहर नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक ओमविक्रम राणा र हेमबहादुर गुरुङले पेन्सन सुविधा भोग गरिरहेका छन् ।

उही कसुरमा दोषी ठहर भए पनि बहाल छँदै मुद्दा परेका कारण अर्का तत्कालीन महानिरीक्षक रमेशचन्द ठकुरीले पेन्सन सुविधा पाएका छैनन् ।

कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूको नेतृत्वको उपसमितिले तयार पारेको प्रतिवेदनमा समितिले शुक्रबार छलफल थालेको छ ।

समिति सभापति रामहरि खतिवडाले उपसमितिको प्रतिवेदनमाथि समितिमा छलफल गरिने बताए । ‘

पूर्वकामु सचिव देवेन्द्र सिटौला फौजदारी अपराध वा नैतिक पतन देखिने कसुरमा न्यायिक परीक्षणबाट दोषी ठहर भएका सेवा निवृत्तलाई पेन्सन सुविधा दिनु उचित नहुने बताउँछन् ।

Related

Previous Post

रूसले युक्रेनमा केही घण्टाका लागि युद्ध राेक्दै

Next Post

पाथीभरा जाँदै गरेको जिपमा विद्युत प्रवाह हुदा ४ जनाको मृत्यु (अपडेट )

Sambridinews

Sambridinews

Related Posts

दरमखोला हाइड्रो इनर्जीको आईपीओ निष्कासन श्रावण १५ बाट
TOP STORIES

दरमखोला हाइड्रो इनर्जीको आईपीओ निष्कासन श्रावण १५ बाट

by Sambridinews
बिहिबार, साउन ९, २०८२
फ्रन्टलाईन हस्पीटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
TOP STORIES

फ्रन्टलाईन हस्पीटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

by Sambridinews
बिहिबार, साउन ९, २०८२
एमआरपीमा देखिएको अन्यौलताबारे चेम्बरद्धारा सरकारको ध्यानाकर्षण
FEATURED

एमआरपीमा देखिएको अन्यौलताबारे चेम्बरद्धारा सरकारको ध्यानाकर्षण

by Sambridinews
बिहिबार, साउन ९, २०८२
बुदोकैदो टोली अजबैजान जाने
TOP STORIES

बुदोकैदो टोली अजबैजान जाने

by Sambridinews
बुधबार, साउन ८, २०८२
एनसेल सधैं अन रिन्युअलः विद्यार्थीहरुलाई अनलिमिटेड फेसबुक, टिकटक र युट्युव
FEATURED

एनसेल सधैं अन रिन्युअलः विद्यार्थीहरुलाई अनलिमिटेड फेसबुक, टिकटक र युट्युव

by Sambridinews
बुधबार, साउन ८, २०८२
Next Post
पाथीभरा जाँदै गरेको जिपमा विद्युत प्रवाह हुदा ४ जनाको मृत्यु (अपडेट )

पाथीभरा जाँदै गरेको जिपमा विद्युत प्रवाह हुदा ४ जनाको मृत्यु (अपडेट )

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

सहकारी पीडित बचतकर्ताहरुको माग सम्बोधन गर्न आग्रह

सहकारी पीडित बचतकर्ताहरुको माग सम्बोधन गर्न आग्रह

मङ्लबार, चैत्र ६, २०८०
यस्तो रहने छ आज रातीको मौसम

देशका पहाडी भू-भागमा हल्कादेखि मध्यम पानी पर्ने सम्भावना

आइतवार, बैशाख १७, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

दरमखोला हाइड्रो इनर्जीको आईपीओ निष्कासन श्रावण १५ बाट
TOP STORIES

दरमखोला हाइड्रो इनर्जीको आईपीओ निष्कासन श्रावण १५ बाट

बिहिबार, साउन ९, २०८२
फ्रन्टलाईन हस्पीटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
TOP STORIES

फ्रन्टलाईन हस्पीटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

बिहिबार, साउन ९, २०८२
एमआरपीमा देखिएको अन्यौलताबारे चेम्बरद्धारा सरकारको ध्यानाकर्षण
FEATURED

एमआरपीमा देखिएको अन्यौलताबारे चेम्बरद्धारा सरकारको ध्यानाकर्षण

बिहिबार, साउन ९, २०८२
बुदोकैदो टोली अजबैजान जाने
TOP STORIES

बुदोकैदो टोली अजबैजान जाने

बुधबार, साउन ८, २०८२
एनसेल सधैं अन रिन्युअलः विद्यार्थीहरुलाई अनलिमिटेड फेसबुक, टिकटक र युट्युव
FEATURED

एनसेल सधैं अन रिन्युअलः विद्यार्थीहरुलाई अनलिमिटेड फेसबुक, टिकटक र युट्युव

बुधबार, साउन ८, २०८२
एमाले केन्द्रीय कमिटीको निष्कर्ष : पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा सक्रिय हुन नमिल्ने
FEATURED

एमाले केन्द्रीय कमिटीको निष्कर्ष : पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा सक्रिय हुन नमिल्ने

बुधबार, साउन ८, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.