Monday, July 7, 2025
Date
आइत, असार २२, २०८२
Sun, July 6, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

सतर्कता केन्द्रविरुद्ध उजुरी : प्रधानमन्त्री कार्यालयले छानविन गर्दै

Sambridinews by Sambridinews
मङ्लबार, असार २५, २०८१
in FEATURED
0
सरकारी निकायका वेबसाइटमा रहेका पुराना लिंक हटाउन निर्देशन
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

भ्रष्टाचारजन्य कार्यलाई प्रभावकारी रूपले नियन्त्रण गर्न तथा त्यसविरुद्ध जनचेतना जगाउन निरोधात्मक र प्रवद्र्धनात्मक गतिविधि गर्ने अधिकार कानुनले राष्ट्रिय सतर्कता केन्द्रलाई दिएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ ले दिएको यही अधिकारको कानुनी टेकोमा केन्द्रले गतिविधि गर्दै आएको छ । तर, भ्रष्टाचारजन्य गतिविधि रोक्ने यही निकायविरुद्ध अनियमित गतिविधि गरेको भन्दै प्रधानमन्त्री कार्यालयमा उजुरी परेको छ । उजुरी परेपछि कार्यालयले केन्द्रलाई पत्राचार गरेको छ । 

You might also like

मनसुन सक्रिय हुँदै, राती केही स्थानमा भिषण वर्षाको सम्भावना

‘हटपट’ चाउचाउमा गुणस्तर त्रुटि, बजारबाट हटाउन निर्देशन

Because Good Days have Good Choices

सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा प्रयोजनका लागि काठमाडौं उपत्यकाभित्र सञ्चालनमा रहेका सरकारी ट्रायल सेन्टरहरूले नै मापदण्डको पालना नगरेको प्रतिवेदन सतर्कता केन्द्रको छानबिन समिति औँल्याएको थियो । गत चैतमा केन्द्रले गठन गरेको छानबिन समितिले काठमाडौं उपत्यकामा सञ्चालित पाँच सरकारी ट्रायल सेन्टरहरूले कानुनबमोजिम पूर्ण रूपमा मापदण्डको पालना नगरेको निष्कर्षसहितको प्रतिवेदन दिएको थयो । मापदण्ड पालना नगर्नेमा भक्तपुरको राधेराधेस्थित इजी वे ट्रायल सेन्टर प्रालि र बुढाथोकी ट्रेडर्स एन्ड ट्रेनिङ स्कुल तथा काठमाडौंको गुर्जुधारास्थित भेइकल एकेडेमी तथा रिसर्च सेन्टर प्रालि, गोकर्णेश्वरस्थित नेपाल ड्राइभिङ एन्ड रिकन्डिसन सेन्टर प्रालि, ललितपुरको एकान्तकुनास्थित सुजुकी ड्राइभिङ स्कुल प्रालि तथा अन्य दुई निजी ट्रायल सेन्टरहरू सिटी ड्राइभिङ प्रशिक्षण केन्द्र र एकान्तकुना ड्राइभिङ थिए । 

प्रतिवेदनका आधारमा केन्द्रले उपत्यकाका चार सरकारी ट्रायल सेन्टरहरूलाई मापदण्ड पालना गर्न निर्देशन दिएको थियो । ट्रायल सेन्टरहरूको सञ्चालन तथा व्यवस्थापनमा अक्षरशः कानुन कार्यान्वयन गर्नुपर्ने भन्दै केन्द्रले त्यसका लागि यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र राधेराधे भक्तपुर, ठूलोभ¥याङ, चाबहिल र एकान्तकुनालाई निर्देशन दिएको थियो । यही निर्देशनका आधारमा ट्रायल सेन्टरहरू बन्द पनि भए । तर, पछि केन्द्रले नै ट्रायल सेन्टर खुलाउने सम्बन्धमा निर्णय गरिदियो । 

यसरी ट्रायल सेन्टर बन्द गर्ने र खुलाउने सम्बन्धमा आफूलाई हुँदै नभएको अधिकार प्रयोग गरेर केन्द्रले निर्णय र निर्देशन दिएको भन्दै प्रधानमन्त्री कार्यालयमा उजुरी परेको हो । केन्द्रले ट्रायल सेन्टरहरू बन्द गर्ने र खुलाउने निर्णय गर्दा अनियमित गतिविधि गरेको उजुरीमा उल्लेख छ । यसक्रममा आर्थिक लेनादेनासमेत भएको दाबी उजुरीकर्ताले गरेका छन् । उजुरी परेपछि यस सम्बन्धमा के भएको हो, त्यसको लिखित जवाफ पठाउन प्रधानमन्त्री कार्यालयले हालै केन्द्रलाई पत्राचार गरेको छ । 

‘केन्द्रले ट्रायल सेन्टर बन्द गर्ने र खुलाउने सम्बन्धमा गरेका कामकारबाहीका प्रक्रियामा उजुरी परेको थियो,’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो, ‘त्यसबारे स्पष्ट जवाफ दिन केन्द्रलाई पत्राचार गरिएको छ ।’ कार्यालयले गत शुक्रबार केन्द्रलाई पत्राचार गरेको हो । पत्रमा प्रधानमन्त्री कार्यालयले ट्रायल सेन्टर किन बन्द गरेको र पछि किन खोलेको भन्ने सम्बन्धमा यथार्थ विवरण यथाशीघ्र उपलब्ध गराउन भनेको छ । 

सरकारी ट्रायल सेन्टरहरूले नै मापदण्ड पालना नगरेको भेटिएपछि केन्द्रले प्रतिवेदनसहित बागमती प्रदेशको यातायात मन्त्रालयलाई मापदण्ड पालना गराएर मात्र सञ्चालन गर्न दिन पत्राचार गरेको थियो । केन्द्रले बागमती प्रदेश सरकार र यातायात कार्यालयहरूसँग जवाफ पनि माग गरेको थियो । गत वैशाख २ र १८ गते बागमती प्रदेश सरकारको श्रम तथा यातायात व्यवस्था मन्त्रालय र उपत्यकाका यातायात व्यवस्था कार्यालयहरूसँग २३ गते केन्द्रले राय प्रतिक्रिया मागेको थियो । तर, प्रदेश मन्त्रालय र यातायात कार्यालय कसैले पनि जवाफ पठाएनन् । 

छानबिन समितिले ट्रायल सेन्टरहरूमा विभिन्न समस्या औँल्याउनु, तर त्यसको अनुगमन र नियमनकारी निकायले कुनै प्रतिक्रिया नदिएपछि केन्द्रले निर्देशन नै जारी गरेको छ । केन्द्रले कानुनी मापदण्ड अक्षरशः पालना गर्न निर्देशन दिएको थियो । 

केन्द्रले ट्रायल सेन्टर सञ्चालनमा कैफियत औँल्याएर प्रदेशलाई पत्राचार गरेपछि ट्रायल सेन्टरहरू बन्द हुन पुगेका थिए । ट्रायल सेन्टरहरू बन्द हुन थालेपछि सेवाग्राहीलाई नै मर्का परेको थियो । यसपछि केन्द्रले ट्रायल सेन्टरहरूले मापदण्ड पालना गरे–नगरेको हेर्न टोली नै गठन गरेर पठाएको थियो । टोलीले मापदण्ड पालना गरेको रिपोर्ट दिएपछि गत २९ जेठमा एकान्तकुना, चाबहिल र ठूलो भर्‍याङलाई सञ्चालन गर्न दिन निर्देशन दिएको थियो भने यही १२ असारमा राधेराधेको ट्रायल सेन्टर सञ्चालन गर्न अनुमति दिइएको थियो । 

यता सतर्कता केन्द्रका सचिव रामआधार साहले छानबिन प्रतिवेदनबाट ट्रायल सेन्टर सञ्चालन मापदण्डबमोजिम नभएको पाइएपछि कानुन कार्यान्वयनका लागि भनिएको बताए । बन्द गर्ने र खोल्ने काम केन्द्रको नभएको र नगरेको पनि उनको दाबी छ । ‘केन्द्रको काम उजुरी आएपछि अनुगमन र निरीक्षण गर्ने हो । विधिसम्मत तरिकाले काम गर भन्ने हो,’ उनले भने, ‘केन्द्रले ट्रायल सेन्टर बन्द गरेको र खोलेको दुवै होइन ।’ आरोपमा सत्यता नभएको उनको भनाइ छ ।

(नयाँ पत्रिका दैनिकबाट साभार )

Related

Previous Post

दुई उमेरसमूहको प्रतियोगिता खेल्न ह्यान्डबल टोली भारत जाने

Next Post

जब स्वास्थ्यकर्मीले विरामी घर पुर्याइदिए

Sambridinews

Sambridinews

Related Posts

आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

मनसुन सक्रिय हुँदै, राती केही स्थानमा भिषण वर्षाको सम्भावना

by Sambridinews
आइतवार, असार २२, २०८२
‘हटपट’ चाउचाउमा गुणस्तर त्रुटि, बजारबाट हटाउन निर्देशन
FEATURED

‘हटपट’ चाउचाउमा गुणस्तर त्रुटि, बजारबाट हटाउन निर्देशन

by Sambridinews
शनिबार, असार २१, २०८२
Because Good Days have Good Choices
FEATURED

Because Good Days have Good Choices

by Sambridinews
शनिबार, असार २१, २०८२
नयाँ कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा लागू हुने
FEATURED

नयाँ कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा लागू हुने

by Sambridinews
शुक्रबार, असार २०, २०८२
विधेयकमा अन्योल छैन, गम्भीर छलफलपछि निष्कर्षमा पुगिन्छ : पर्यटन मन्त्री पाण्डे
FEATURED

विधेयकमा अन्योल छैन, गम्भीर छलफलपछि निष्कर्षमा पुगिन्छ : पर्यटन मन्त्री पाण्डे

by Sambridinews
शुक्रबार, असार २०, २०८२
Next Post
जब स्वास्थ्यकर्मीले विरामी घर पुर्याइदिए

जब स्वास्थ्यकर्मीले विरामी घर पुर्याइदिए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभामा दर्ता ; चौतर्फी विरोध

सञ्चार सम्बन्धि विधेयक सच्याउन श्रमजीवी पत्रकार संघ नेपालले सांसदलाई मोबाइलमा सन्देश

मङ्लबार, फाल्गुन ६, २०८१
नबिल बैङ्कको सिइओमा पुनः ढुङ्गाना नियुक्त

नबिल बैङ्कको सिइओमा पुनः ढुङ्गाना नियुक्त

बिहिबार, जेष्ठ ३, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

अन्तरजातीय विवाह नस्वीकार्दा भोजपुरमा भएकाे हत्या
TOP STORIES

अन्तरजातीय विवाह नस्वीकार्दा भोजपुरमा भएकाे हत्या

आइतवार, असार २२, २०८२
सुनचाँदी व्यवसायीद्धारा साताव्यापी आन्दोलनको घोषणा
Uncategorized

सुनचाँदी व्यवसायीद्धारा साताव्यापी आन्दोलनको घोषणा

आइतवार, असार २२, २०८२
नेपाल उपविजेता
TOP STORIES

नेपाल उपविजेता

आइतवार, असार २२, २०८२
असार १५: उत्सवको हिलोमा किसानको आँसु
TOP STORIES

साना उद्यममाथि मृत्युदण्डको छायाँ

आइतवार, असार २२, २०८२
नेपाल एएफसी वुमेन्स एसियन कप छनोटमा पराजित
TOP STORIES

नेपाल एएफसी वुमेन्स एसियन कप छनोटमा पराजित

आइतवार, असार २२, २०८२
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

मनसुन सक्रिय हुँदै, राती केही स्थानमा भिषण वर्षाको सम्भावना

आइतवार, असार २२, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.