Thursday, July 24, 2025
Date
बिहि, साउन ९, २०८२
Thu, July 24, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

श्रमिक र उद्योगको समस्या बुझ्न सांसद भगबती चौधरी औद्योगिक क्षेत्रमा

Sambridinews by Sambridinews
बिहिबार, माघ ११, २०८०
in FEATURED, TOP STORIES, जीवन शैली, समाचार
0
श्रमिक र उद्योगको समस्या बुझ्न सांसद भगबती चौधरी औद्योगिक क्षेत्रमा
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । माघ ११, सांसद भगबती चौधरीले सुनसरी–मोरङ औद्योगिक क्षेत्रमा रहेको अरिहन्त जुट मिलमा कार्यरत श्रमिकहरुको समस्या बुझ्न गएकी छन् । गृह जिल्लामा रहेकी चौधरीले बुधबार श्रमिकका समस्या र मिल प्रशासनले दिइरहेको सुविधा बारे श्रमिक र मिल प्रशासनसँग छलफल गरेकी हुन् ।

मिल प्रशासन र त्यहाँ कार्यरत श्रमिकसँगको छुट्टाछुट्टै छलफलमा सांसद चौधरीले श्रमिक र मिल दुवैको पक्षमा हित हुने गरी अगाडी बढ्न सुझाइन् । श्रमिक विना कुनैपनि उद्योग व्यवसाय चल्न नसक्ने तथा उद्योग व्यवसाय विना मुलुकमा रोजगारी सृजना नहुने भएकोले दुवैपक्षको जीत हुनेगरी अगाडी बढ्नु पर्नेमा चौधरीको जोड छ ।

You might also like

दरमखोला हाइड्रो इनर्जीको आईपीओ निष्कासन श्रावण १५ बाट

फ्रन्टलाईन हस्पीटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

एमआरपीमा देखिएको अन्यौलताबारे चेम्बरद्धारा सरकारको ध्यानाकर्षण

श्रमिकहरुको उचित पारिश्रमिक, सेवा सुविधाहरु समयमै प्रदान गर्न उद्योग प्रशासन जिम्मेवार हुनुपर्ने तथा उनीहरुलाई एकै परिवारको सदस्यको जस्तो व्यवहार गर्नुपर्नेमा चौधरीले मिल प्रशासन समक्ष कुरा राख्दै नेपालका उद्योग व्यवसाय फस्टाउनु पर्छ भन्ने मान्यता आफुले लिएको बताइन् । ‘उद्योग व्यवसाय फस्टाउनु पर्छ, विस्तार हुनुपर्छ भन्ने मेरो मान्यता हो । त्यसो भन्दैमा जसको मेहनतले उद्योग चलिरहेको छ त्यो पक्ष श्रमिकलाई अनदेखा गरी उद्योग मात्र अगाडी बढ्नु हुँदैन । उसका हरेक समस्याहरुलाई उद्योगले संवोधन गर्नुपर्छ ।’ पूर्वमन्त्री समेत रहेकी चौधरीले भनिन् ।

उद्योगमा कार्यरत श्रमिकहरुसँग उनीहरुले पाइरहेका सेवा सुविधा तथा समस्याहरु उनीहरु काम गरिरहेकै स्थलमा पुगेर जानकारी लिँदै चौधरीले श्रमिकहरुका जायज मागमा आफु सदैव रहने बताइन् । सोक्रममा त्यहाँ कार्यरत श्रमिकहरुले उद्योग भित्रका समस्याहरु दर्शाउँदै स्थायी नियुक्ति, बीमा, पेन्सन लगायतका समस्याहरु समाधानमा सहजीकरण गरिदिन अनुरोध गरेका थिए ।

मिलका प्रमुख कार्यकारी अधिकृत गोबिन्द बजगाईंले नेपालमा कच्चापदार्थको अभाव रहेकोले बंगलादेशबाट कच्चा पदार्थको आयात गर्दा लागत बढी रहेको बताउँदै सरकारले स्देशमै पाटा खेती गर्न किसानलाई सहुलियत र प्रोत्साहन दिनुपर्ने, कच्चा पदार्थ आयातमा देखिएका समस्याहरु हल गर्नुपर्ने, स्वदेशी उत्पादन प्रयोगमा जोड दिने कार्यक्रम ल्याउनु पर्ने बताए ।

चौधरीले संसदमा उद्योगी, व्यवसायी र श्रमिकहरुमा आवाजलाई उठाउने बताउँदै मुलुक भित्रै रोजगारी सृजना गर्दै देशको अर्थतन्त्रमा नेपाली उद्योगहरुले ठूलो योगदान दिएकोमा प्रशंसा गरिन् ।

संसद नचलिरहेको अवस्थामा आफ्नो क्षेत्रका जनताका घरदैलोमा रहेकी चौधरीले यो समय स्थानीय क्षेत्रका विकास निर्माण, रणनैतिक योजनाहरुको अनुगमन, नियमन गर्नुका साथै जनताका समस्याहरु बारे जानकारी लिइरहेकी छन् ।

Related

Previous Post

कराते टोली क्यानाडा जाने

Next Post

सिटिजन्स बैंकद्वारा लमजुङमा सामाजिक उत्तरदायित्व कार्यक्रम

Sambridinews

Sambridinews

Related Posts

दरमखोला हाइड्रो इनर्जीको आईपीओ निष्कासन श्रावण १५ बाट
TOP STORIES

दरमखोला हाइड्रो इनर्जीको आईपीओ निष्कासन श्रावण १५ बाट

by Sambridinews
बिहिबार, साउन ९, २०८२
फ्रन्टलाईन हस्पीटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
TOP STORIES

फ्रन्टलाईन हस्पीटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

by Sambridinews
बिहिबार, साउन ९, २०८२
एमआरपीमा देखिएको अन्यौलताबारे चेम्बरद्धारा सरकारको ध्यानाकर्षण
FEATURED

एमआरपीमा देखिएको अन्यौलताबारे चेम्बरद्धारा सरकारको ध्यानाकर्षण

by Sambridinews
बिहिबार, साउन ९, २०८२
बुदोकैदो टोली अजबैजान जाने
TOP STORIES

बुदोकैदो टोली अजबैजान जाने

by Sambridinews
बुधबार, साउन ८, २०८२
एनसेल सधैं अन रिन्युअलः विद्यार्थीहरुलाई अनलिमिटेड फेसबुक, टिकटक र युट्युव
FEATURED

एनसेल सधैं अन रिन्युअलः विद्यार्थीहरुलाई अनलिमिटेड फेसबुक, टिकटक र युट्युव

by Sambridinews
बुधबार, साउन ८, २०८२
Next Post
सिटिजन्स बैंकद्वारा लमजुङमा सामाजिक उत्तरदायित्व कार्यक्रम

सिटिजन्स बैंकद्वारा लमजुङमा सामाजिक उत्तरदायित्व कार्यक्रम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा

बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरी इन्सपेक्टर पक्राउ

बिहिबार, जेष्ठ २४, २०८१
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई दोस्रो स्पष्टीकरण

१४ किलो सुन तस्करी प्रकरणमा त्रिभुवन विमानस्थलका सरसफाइ सुपरभाइजर पक्राउ

बिहिबार, मंसिर २८, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

दरमखोला हाइड्रो इनर्जीको आईपीओ निष्कासन श्रावण १५ बाट
TOP STORIES

दरमखोला हाइड्रो इनर्जीको आईपीओ निष्कासन श्रावण १५ बाट

बिहिबार, साउन ९, २०८२
फ्रन्टलाईन हस्पीटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
TOP STORIES

फ्रन्टलाईन हस्पीटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

बिहिबार, साउन ९, २०८२
एमआरपीमा देखिएको अन्यौलताबारे चेम्बरद्धारा सरकारको ध्यानाकर्षण
FEATURED

एमआरपीमा देखिएको अन्यौलताबारे चेम्बरद्धारा सरकारको ध्यानाकर्षण

बिहिबार, साउन ९, २०८२
बुदोकैदो टोली अजबैजान जाने
TOP STORIES

बुदोकैदो टोली अजबैजान जाने

बुधबार, साउन ८, २०८२
एनसेल सधैं अन रिन्युअलः विद्यार्थीहरुलाई अनलिमिटेड फेसबुक, टिकटक र युट्युव
FEATURED

एनसेल सधैं अन रिन्युअलः विद्यार्थीहरुलाई अनलिमिटेड फेसबुक, टिकटक र युट्युव

बुधबार, साउन ८, २०८२
एमाले केन्द्रीय कमिटीको निष्कर्ष : पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा सक्रिय हुन नमिल्ने
FEATURED

एमाले केन्द्रीय कमिटीको निष्कर्ष : पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा सक्रिय हुन नमिल्ने

बुधबार, साउन ८, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.