काठमाडौं । शिक्षकहरुले आज पनि प्रदर्शन जारी राखेका छन् ।
संसद सचिवालयमा दर्ता भएको शिक्षा विधेयकमा असहमति जनाउदै शिक्षकहरु प्रदर्शनमा उत्रिएका हुन ।
नेपाल शिक्षक महासंघको आवहनमा असोज ३ गते संविधान दिवसका दिन देखि जारी प्रदर्शन आज पनि जारी राखेका छन् ।
बिहान १० बजे शान्तबाटिकामा भेला भएका शिक्षकहरु प्लेकार्ड सहितको जुलुस नयाँ बानेश्वर तर्फ अघि बढेको छ ।

