Wednesday, May 21, 2025
Date
बुध, जेष्ठ ८, २०८२
Wed, May 21, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

आगामी चैत १८ देखि वीरगञ्ज एकीकृत जाँच चौकी निजी क्षेत्रबाट सञ्चालन हुदै

Sambridinews by Sambridinews
बिहिबार, चैत्र ९, २०७९
in FEATURED
0
आगामी चैत १८ देखि वीरगञ्ज एकीकृत जाँच चौकी निजी क्षेत्रबाट सञ्चालन हुदै
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

मुलुकको प्रमुख व्यापारीक नाका वीरगञ्ज एकीकृत जाँच चौकी (आइसिपी) निजी क्षेत्रबाट सञ्चालन तथा व्यवस्थापन हुने भएको छ।

२०७४ साल चैत २४ गते देखि समितिको आन्तरिक व्यवस्थापनबाट सञ्चालन तथा व्यवस्थापन भइरहेको उक्त नाका अब निजी क्षेत्रबाट सञ्चालन तथा व्यवस्थापन हुने भएको हो।

You might also like

सेटिङमा विदेश पठाउने अध्यागमनका हाकिम अख्तियारको फन्दामा

नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

सुशासनका लागि सूचनाको हक आवश्यक: गृहमन्त्री लेखक

नेपाल इन्टरमोडल यातायात विकास समिति आदेश, २०५४ बमोजिम समिति एक नियामक निकायको रूपमा रहने भएकोले समिति अन्तर्गत रहेका टर्मिनलहरूको सञ्चालन गर्न निजी क्षेत्रको योग्य सञ्चालक कम्पनी छनौट गर्न टर्मिनल पट्टा बहालमा दिने सम्बन्धी नियमावली, २०७० बमोजिम समितिको कार्यालयबाट २०७९ साउन ११ 
गते अन्तर्राष्ट्रिय स्तरको प्रस्ताव (बोलपत्र) आव्हान भएको थियो।

सूचना बमोजिम कुल पाँच वटा कम्पनीहरूले प्रतिस्पर्धामा भाग लिएका थिए। सहभागी कम्पनीहरूमध्ये कैलाशा टर्मिनल्स जेभी मूल्यांकन प्रकृयाबाट सबैभन्दा बढी अंक प्राप्त गरी सञ्चालक कम्पनीको रुपमा छनौट भएको हो।

कम्पनीका आधिकारीक प्रतिनिधि माधव प्रसाद बराल र नेपाल इन्टरमोडल यातायात विकास समितिका तर्फबाट उपनिर्देशक हरेकृष्ण मिश्रले सोमबार उक्त जाँच चौकी सञ्चालन एवम् व्यवस्थापन सम्बन्धी पाँच वर्षे करार सम्झौतामा हस्ताक्षर गरेका हुन्।

हस्ताक्षर कार्यक्रममा समितिका कार्यकारी निर्देशक आशिष गजुरेल, समितिका अन्य कर्मचारी तथा टिआरएस हिमालयन लोजिपार्क प्रालिका प्रतिनिधिहरूको उपस्थिति थियो। 

उक्त सञ्चालक कम्पनीले आगामी चैत १८ गतेबाट सो एकीकृत जाँच चौकी सञ्चालन तथा व्यवस्थापन गर्नेछ। 

एकीकृत जाँच चौकी सञ्चालन तथा व्यवस्थापन गरे बापत उक्त कम्पनीले सम्झौता बमोजिम पाँच वर्षको लागि कुल एक अर्ब ८० करोड ९० लाख एक हजार दुई सय रुपैयाँ न्यूनतम पट्टा बहाल रकम समितिलाई बुझाउने छ। 

समितिबाट प्रक्षेपित सवारी साधनको संख्याभन्दा बढी सवारी साधन आवतजावत भएको खण्डमा सम्झौतामा उल्लेख भएको दरमा उक्त कम्पनीले थप सवारीसाधन बापत हुन आउने अतिरिक्त रकम समेत बुझाउने बताइएको छ।

समिति नियमनकारी निकायको रुपमा रहने र करार सम्झौतामा उल्लेख भएका शर्त र सेवाको स्तर अनुसार निजी क्षेत्रले वीरगञ्ज एकीकृत जाँच चौकी सञ्चालन तथा व्यवस्थापन गर्नेछ।

एकीकृत जाँच चौकी निजी क्षेत्रबाट सञ्चालन तथा व्यवस्थापन भएपछि सो जाँच चौकीमार्फत हुने व्यापारमा थप चुस्तताको आभाष हुने र लागतको दृष्टिकोणबाट थप किफायति समेत हुने विश्वास समितिले लिएको छ। 

Related

Previous Post

मुलुकको बर्तमान आर्थिक अवस्था प्रति राष्ट्रपति पौडेल चिन्तित

Next Post

बागमती प्रदेश सभाको बैठक आज बस्दै, मुख्यमन्त्रीले विश्वासकाे मत लिने

Sambridinews

Sambridinews

Related Posts

सेटिङमा विदेश पठाउने अध्यागमनका हाकिम अख्तियारको फन्दामा
FEATURED

सेटिङमा विदेश पठाउने अध्यागमनका हाकिम अख्तियारको फन्दामा

by Sambridinews
बुधबार, जेष्ठ ८, २०८२
नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त
FEATURED

नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

by Sambridinews
मङ्लबार, जेष्ठ ७, २०८२
सुशासनका लागि सूचनाको हक आवश्यक: गृहमन्त्री लेखक
FEATURED

सुशासनका लागि सूचनाको हक आवश्यक: गृहमन्त्री लेखक

by Sambridinews
मङ्लबार, जेष्ठ ७, २०८२
नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि १६ जनाको आवेदन
FEATURED

टेलिकमको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक

by Sambridinews
मङ्लबार, जेष्ठ ७, २०८२
धुलिखेलमा करेन्ट लागेर २७ वर्षिय उज्जवलको मृत्यु
FEATURED

धुलिखेलमा करेन्ट लागेर २७ वर्षिय उज्जवलको मृत्यु

by Sambridinews
शनिबार, जेष्ठ ४, २०८२
Next Post
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पाए विश्वासको मत

बागमती प्रदेश सभाको बैठक आज बस्दै, मुख्यमन्त्रीले विश्वासकाे मत लिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

न्यायिक स्वतन्त्रताप्रति प्रतिवद्ध छाै : अख्तियार

अदुवाको बीउ किन्दा दुइकराेड भ्रष्टाचार गरेकाे आरोप

मङ्लबार, माघ १०, २०७९
सिस्टममा समस्या आएपछि अर्को सूचना नआउदासम्म राहदानी सेवा बन्द

सिस्टममा समस्या आएपछि अर्को सूचना नआउदासम्म राहदानी सेवा बन्द

मङ्लबार, पुस १९, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

टोस्टमास्टर इन्टरनेसनल डिस्ट्रिक्ट ४१ को वार्षिक कन्फरेन्स् ORATION २०२५सम्पन्न
TOP STORIES

टोस्टमास्टर इन्टरनेसनल डिस्ट्रिक्ट ४१ को वार्षिक कन्फरेन्स् ORATION २०२५सम्पन्न

बुधबार, जेष्ठ ८, २०८२
सेटिङमा विदेश पठाउने अध्यागमनका हाकिम अख्तियारको फन्दामा
FEATURED

सेटिङमा विदेश पठाउने अध्यागमनका हाकिम अख्तियारको फन्दामा

बुधबार, जेष्ठ ८, २०८२
एरिका अर्थात राजा त्रिभुवनकी अघोषित प्रेमीका
राजनीति

एरिका अर्थात राजा त्रिभुवनकी अघोषित प्रेमीका

बुधबार, जेष्ठ ८, २०८२
त्रिविमा प्रश्नपत्र परिक्षा अगावै बाहिरिएको भन्दै अख्तियारमा उजुरी
शिक्षा

त्रिविकाे उपकुलपति छनोट गर्न सर्च कमिटी गठन

मङ्लबार, जेष्ठ ७, २०८२
नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त
FEATURED

नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

मङ्लबार, जेष्ठ ७, २०८२
कुस्ती टोली भारत जाने
TOP STORIES

कुस्ती टोली भारत जाने

मङ्लबार, जेष्ठ ७, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.