काठमाडौं । विशाल बजार कम्पनीले लाभांश घोषणा गरेको छ । माघ २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले नगद लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।
कम्पनीले १४ प्रतिशत अन्तरिम नगद लाभांश दिने घोषणा गरेकाे छ । अर्थ मन्त्रालयको सहमति अनुसार सेयरधनीलाई १४ प्रतिशत नगद लाभांश वितरण गर्ने भएकाे छ ।
कम्पनीले १० वर्षपछि आफ्नो साधारणसभा समेत बोलाएको छ । कम्पनीले फागुन २८ गते बिहान ११ बजे त्रिभुवन आर्मी अफिसर क्लव काठमाण्डौंमा वार्षिक साधारण सभा बोलाएको हो ।
कम्पनीको सभाले सर्वोच्च अदालतको र उच्च अदालत पाटनबाट आदेश तथा फैसाला बमोजिम कम्पनी रजिष्ट्रार कार्यलयमा अभिलेखिकरण गरिएको कम्पनीको सेयर पुँजी ४ अरव १ करोड रुपैयाँ अनुमोदन गर्ने, कम्पनी ऐन, २०६३ अनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको ढाँचा परिवर्तन र पसलकवलसँग सेयर गाभी स्वतः नविकरण हुने गरेको सम्झौता खारेज गर्नेछ ।
यस्तै, सभाले वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७०/०७१ देखि २०७५/०७६ सम्मको आर्थिक विवरण तथा लेखा परीक्षकको प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले फागुन ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले फागुन ८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कायम सेयरधनीहरूले मात्रै साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् ।