काठमाडाैं । लगातारको वर्षाका कारण एसिसी प्रिमियर कपको फाइनलमा खेल आजका लागि स्थगित भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाहुना टोली युएईले २७.३ ओभरमा ९ विकेट गुमाउँदै १ सय ६ रन बनाएको अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो ।
लगातार वर्षा भएपछि आज खेल हुन सक्ने सम्भावना छैन् । आज खेल नहुने आधिकारीक रुपमा पुष्टि भएको छ ।
मंगलबार युएईले बिहान ९ बजे १०६-९ को अवस्थाबाट खेल सुरु गर्नेछ । मंगलबार पनि वर्षाको सम्भावना छ । मंगलबार नतिजा आउन नसकेमा सुपर ओभरबाट नतिजा निकाल्नु पर्ने हुन्छ ।
यदि वर्षाको कारण सुपर ओभर पनि हुन नसकेन भने नेपाल एसिया कपमा पुग्नेछ ।
सुपर ओभर पनि वर्षाको कारण हुन नसके ओडिआई वरियताको कारण नेपाल एसिया कपमा पुग्नेछ ।