सिन्धुली । असोज दोस्रोसाता परेको अविरल वर्षापछि आएको बाढीले पुरेको सितलपाटी सरसफाइमा वेवास्ता भएकाे छ ।
शुनकोशी नदिमा आएको बाढीले मुलकोटमा रहेको सितलपाटी सरसफाइमा नहुँदा ईतिहास बोकेको पाटी नै विलन हुने अवस्थामा पुगेको छ ।
स्थानीय पत्रकार तथा समाजसेवी विनोद दाहाल आफ्नो फेसबुकमा लेख्नुहुन्छ काठमाडौं दहचोकबाट रघुनाथ उपाध्याय परेवाडाँडा आएका थिए । उनका ४ भाइ चन्द्रशेखर, ईन्द्रमणी, अनिरुद्र र राधाकृष्ण थिए । चन्द्रशेखरका बुबाले कलकत्तामा त्यो वेलाका राजदुतको काम गर्दथे ।
उनले त्यसबापत बिर्ता पाए ७२० झाँगाझोली ! यो अन्तर्गत हाईटारसेरोफेरो पनि पर्दथ्यो । पछि चन्द्रशेखरले बुवाले गर्ने उक्त काम गरेका थिए ।
उनले त्यो बिर्तामध्ये भीमटारमा २० मुरि माटो (पछि नापि हुँदा ८ रोपनीजती) गुठिका लागि दिए । अहिले उक्त जग्गा आधारभुत विद्यालय परेवाडाँडाको नाममा छ । सुगौली सन्धिमा हस्ताक्षर गर्ने उनले आफ्नो जेठो अंश भागको जेठो अंश बापत पाउने खर्चबाट साईटारमा सितलपाटी बनाए ।
विसं १९९० सालको भुईंचालोले उक्त पार्टी भत्कियो । ९३ सालमा मुलबाटो पनि पल्धुरिबाट सञ्चालन भएपछि पल्धुरिमा उनका खलकले बनाए ।
अहिले यो पाटी ५ फीट बालुवा र माटोले भरिएको छ । पुराना काठका थामहरू मम्किने र सड्न थाले । चन्द्रशेखरका ईन्द्रनाथ र जिम्मल खलक अहिलेपनि हुनुहुन्छ । उहाँहरूले यो काममा ध्यानदिनुपर्ने थियो । ढिला भैसक्यो भनेर ध्यानाकर्षण गर्न अनुरोध छ ।
वर्षाैसम्म जिर्ण अवस्थामा रहेको पाटी केही वर्ष अघि मात्र पुननिर्माण गरिएको थियो ।
स्थानीयको असहमतिकाबिच पुननिर्माण पछि उक्त पाटीमा जस्ताको छानो लगाउनका साथै गारोमा सिमेन्टी प्लस्टर गरिएको थियो । स्थानीयले विगतमा जस्तो झिंगटीको छानो राख्न आग्रह गरेको थिए ।