Saturday, July 26, 2025
Date
शनि, साउन ११, २०८२
Sat, July 26, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

पशुपतिनाथ मन्दिरमा सुनको जलहरी प्रकरणमा ३ जना विरुद्ध अख्तियारको मुद्दा

Sambridinews by Sambridinews
आइतवार, अशोज १४, २०८०
in FEATURED, TOP STORIES
0
पशुपतिनाथ मन्दिरमा सुनको जलहरी प्रकरणमा ३ जना विरुद्ध अख्तियारको मुद्दा
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सुनको जलहरी प्रकरणमा अख्तियार दुरुपयोग आयोगले तीनजना विरुद्ध अख्तियारमा मुद्दा दायर गरेको छ ।

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव मिलनकुमार थापा, तत्कालीन सदस्यसचिव प्रदीप ढकाल र स्टोरकिपर अरुणकुमार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

You might also like

कोशी प्रदेशमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा

ति पुष्पलाल, यी ओली प्रचण्ड

न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य

अख्तियारले तत्कालीन कोषाध्यक्ष समेत रहेका हालका सदस्यसचिव थापासहित ३ जनाविरुद्ध जनही एक करोड १७ लाख १ हजार ७ सय ८१ रुपैयाँ बिगो मागदाबी गरेको छ ।

पशुपतिको शिवलिंग (ज्योर्तिलिंङ)को गर्भगृहलाई पूर्ण रुपले ढाक्ने गरी राखिने सुनको जलहरी निर्माण कार्यको लागि नेपाल राष्ट्र बैंकबाट १०३ केजी ७७३ ग्राम सुन ८० करोड ११ हजारमा खरिद गरिएको थियो । उक्त सुनमा २ केजी ८ सय ९० ग्राम, चादी १ केजी २४९ ग्राम, जिंक १२.७५ ग्रामसमेत गरी १ सय ७ केजी ९२४.७५ ग्राम सुन कायम गरिने उल्लेख गरियो । तर, तोकिएको शर्त र निर्णय बमोजिम सुनको जलहरी बनाइएन । निर्मित जलहरी, जलधारा, नाग, नागमूर्ति, सुनको किलालगायतमा प्रयोग गरिएको सुनको परिमाण ९६ केजी ८२२ ग्राम मात्रै उल्लेख गरियो ।

त्यस बेलाको मुल्य अनुसार ७ करोड ८६ लाख ४६ हजार रुपैयाँ बराबरको बाकी १० केजी ९ सय ७६ ग्राम सुन सुन रिङ बनाई चढाइएको जिकिर कोषले ग¥यो । त्यसपछि खोजविन गर्दा रिङ राखिएको भेटिएन ।

जलहरीको मुचुल्का नै शंकास्पद !


जलहरी बनाएर बाकी रहेको सुन केही पदाधिकारी र कर्मचारीको मिलेमतोमा गायव पारिएको भन्दै कोषकै केही सदस्यले खोजविन थाले । तर, कोषले त्यसको विवरण नदिएपनि केही सदस्य र त्यसबारे चासो राख्ने व्यक्तिका तर्फबाट अख्तियारमा उजुरी प¥यो । यो विषयमा अख्तियारले अनुसन्धान अघि बढाइसकेको थियो ।

महालेखा परीक्षकको कार्यालयले पनि लेखा परीक्षणका क्रममा जलहरी निर्माणमा अनियमितता भएका विषय समेटेर प्रतिवेदन ल्यायो । ‘जलहरी बनाएर बाकी रहेको सो सुनको सम्पूर्ण परिमाण रिङ बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विवरण पेश गरेको छैन ।’ महालेखाको प्रतिवेदनमा भनिएको छ । यस्तै जलहरी बनाउने भाडामा पनि अनियमितता भएको पाइयो । पशुपति क्षेत्र बिकास कोष आर्थिक प्रशासन नियमावली २०४५ (नियम ३.४.१.१) अनुसार दाताहरुबाट प्राप्त चन्दा, अनुदान, भेटीलगायतको सम्पूर्ण रकम कोषको केन्द्रीय खातामा जम्मा गर्नुपर्ने व्यवस्था छ ।

Related

Previous Post

दोलखाबाट थप ४ किलो सुन बरामद

Next Post

सिरहामा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

Sambridinews

Sambridinews

Related Posts

कोशी प्रदेशमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा
FEATURED

कोशी प्रदेशमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा

by Sambridinews
शनिबार, साउन ११, २०८२
ति पुष्पलाल, यी ओली प्रचण्ड
TOP STORIES

ति पुष्पलाल, यी ओली प्रचण्ड

by Sambridinews
शनिबार, साउन ११, २०८२
न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य
TOP STORIES

न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य

by Sambridinews
शुक्रबार, साउन १०, २०८२
पार्वती कार्कीले जितिन् एनसेलको ‘सधैं अन करोडपति’ योजनाको एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार
FEATURED

पार्वती कार्कीले जितिन् एनसेलको ‘सधैं अन करोडपति’ योजनाको एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार

by Sambridinews
शुक्रबार, साउन १०, २०८२
२२ औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता पोखरामा
FEATURED

२२ औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता पोखरामा

by Sambridinews
शुक्रबार, साउन १०, २०८२
Next Post
पाल्पामा आइतबार बेलुकी जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

सिरहामा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

एसइइ परिक्षामा सिन्धुलीकाे सिद्ध मावि निल

एसइइ परिक्षामा सिन्धुलीकाे सिद्ध मावि निल

बुधबार, असार १९, २०८१
मेयर वालेन्द्र साहले गरे चीन भ्रमण रद्द

मेयर वालेन्द्र साहले गरे चीन भ्रमण रद्द

शुक्रबार, भदौ १५, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कोशी प्रदेशमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा
FEATURED

कोशी प्रदेशमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा

शनिबार, साउन ११, २०८२
ति पुष्पलाल, यी ओली प्रचण्ड
TOP STORIES

ति पुष्पलाल, यी ओली प्रचण्ड

शनिबार, साउन ११, २०८२
न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य
TOP STORIES

न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य

शुक्रबार, साउन १०, २०८२
पार्वती कार्कीले जितिन् एनसेलको ‘सधैं अन करोडपति’ योजनाको एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार
FEATURED

पार्वती कार्कीले जितिन् एनसेलको ‘सधैं अन करोडपति’ योजनाको एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार

शुक्रबार, साउन १०, २०८२
२२ औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता पोखरामा
FEATURED

२२ औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता पोखरामा

शुक्रबार, साउन १०, २०८२
विश्व एक्वेटिक्समा ४ पौडी खेलाडी
TOP STORIES

विश्व एक्वेटिक्समा ४ पौडी खेलाडी

शुक्रबार, साउन १०, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.