- भोजराज घिमिरे
फेब्रुअरी दुई रुसको फेब्रुअरी क्रान्ति सन १९१७ मा भएका दुई क्रान्तिमध्ये पहिलो क्रान्ति थियोे । उक्त क्रान्तिका समयमा रुसको शासकको रुपमा निरंकुश जारसाहीको सक्रिय शासन थियोे । जार निकोलस द्धितीयले जनतामाथि पुर्ण नियन्त्रणमा राखेर निरंकुश तानासाही शासन सञ्चालन गरेको थियो ।
जारसाहीको राजनीतिक, सामाजिक र आर्थिक संरचना युरोपका अन्य मुलुकको भन्दा निकै पछाडि परेको थियोे । बिसौँ शताब्दीको सुरुवातमा खाद्यान्न अभाव र सैन्य असफलताले रुसमा अराजकता निम्ताएको थियोे । जसलाई क्रुरताका साथ दबाउने काम जारसाहीबाट भयो । सेनामा थोरै खाना कुनै गोलाबारुद र उचित बर्दीको व्यवस्था नभएपछि हजारौं संख्यामा रहेका सैनिकहरुले विद्रोह गर्न थाले ।
रुसमा हडताल र विरोधले सरकारबाट कुनै सुधारका लक्ष्यणहरु देखापरेनन् । जारसाहीले ट्रेड युनियनहरुलाई प्रतिबन्ध लगायो । त्यहाँ विरोध गर्ने र समस्या उत्पन्न गर्नेहरुलाई निर्वासनमा पठाए । सन १९१७ को प्रारम्भमा अधिकांश रुसी जनताले जारसाही शासनको विश्वास गुमाईसकेका थिए । २२ फेब्रुअरी सन १९१७ मा पेट्रोग्रादमा धातुको काम गर्ने मजदुरहरुले हडताल गरे । खाद्यान्न अभावको विरोधमा महिला प्रदर्शनकारीहरुले प्रदर्शन गरे ।
जारसाही शासनको अन्त्यको माग गर्दे २ लाख मानिसहरूको भिड्ले सडक भरिएको थियोे । त्यसमा पेट्रोग्रादका उद्योगहरु पनि लगभग सबै बन्द भए ।
जारसाहीले दंगा दबाउन दिएको आदेश सेनाले अस्वीकार गर्याे । उनीहरू उल्टै विद्रोह गरेर आन्दोलनकारीसँग सामेल भए । आन्दोलनकारीले सेनाको समेत समर्थन पाएपछि आफ्ना सेना प्रमुख र मन्त्रीहरुको सल्लाहमा जारसाहीले आफू र आफ्नो छोराको लागि २ मार्च सन् १९१७ मा राजगद्दी त्याग गरे र उनका भाइले पनि जारसाही शासनको अन्त्य गर्दे सिंहासनमा बस्न अस्वीकार गरे । जारसाहीले शासन त्यागेको १ घण्टापछि एउटा पसलको अगाडिबाट च्यात्तिएको शाही प्रतिक १३ मार्च सन १९१७ मा पेट्रोग्रादको पोन्टान्का नहरमा ढाकेको अवस्थामा राखेको थियो ।
नेपालमा पनि तत्कालीन राजा ज्ञानेन्द्र शाहले फेब्रुअरी २ कै दिन राजाको महत्तवाकाङ्क्षामा वृद्धि भएर राजाबाट प्रधानमन्त्रीको निर्माता बन्न पुगे । त्यसपछि २०४७ सालको संविधानको धारा १२७ प्रयोग गरी २०५९ साल असोज २५ गते लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाए ।
२०६० साल जेठ २१ गते सुर्यबहादुर थापा र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाए । २०६१ साल माघ १९ गतेका दिन राजा ज्ञानेन्द्रले अपमानजनक तरिकाले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई अपदस्त गरेर सम्पूर्ण राजकीय अधिकार आफैमा लिने दुष्कर्म गरे । राजनीतिक दलका गतिविधिमा प्रतिबन्ध र सञ्चारमाध्यम अघोषित सेन्सरसिप लगाउने र पत्रकारलाई धरपकट गर्नेसम्मका हर्कत गरे ।
त्यसपछि राजा ज्ञानेन्द्रका महत्त्वकांक्षी कदमहरुले विक्रम सम्वत् २०६३ साल बैसाख ११ गतेसम्म आइपुग्दा उनको स्वेच्छाचारी निरंकुश शाही शासनको अन्त्य र ज्ञानेन्द्रवाद एवं राजसंस्था नै नेपालमा अफापसिद्ध छ भन्ने विश्वजगत सामु पुष्टि गरेको छ । सैनिकको बलमा जनताले नचाहदा नचाहदै पनि मुलुकभरी सवारी नाटक मञ्चनले पनि उनलाई साथ दिएन ।
सत्रौ शताब्दीको बर्बर तानाशाही शासक बन्ने सपना धुलोमा मिल्न पुग्यो । शासकहरु सर्वशक्तिमान बन्न जनताको आकाङ्क्षा विपरीत जाँदा नेपालको मात्रै होइन संसारका शासकहरुको पतन भएको छ । इतिहासलाई बुझ्न नसक्दा होस या बुझ्न नचाहादा शासकहरु इतिहासको पानामा सिमित भएका छन त्यसमा नेपालमा पुर्व राजा ज्ञानेन्द्र शाह पनि अपवाद हुनसकेनन्।