काठमाडौं । दिवंगत पत्रकार सुरेश रजकप्रति नेपाल पत्रकार महासंघले माइतीघर मण्डलामा श्रद्धाञ्जली सभा गर्नुका साथै दीप प्रज्वलन गरेको छ ।
संकास्पद मृत्युवरण गरेका पत्रकार रजकको न्यायका लागि सरकारलाई दवाव महासंघले सांकेतिक रुपमा दवावमूलक विरोध प्रदर्शन गर्दै आएको छ ।
चैत १५ गते काठमाडौंको तीनकुनेमा भएका राजावादीको कार्यक्रममा आगजनीमा पत्रकार रजकको मृत्युभएको थियो ।
महासंघले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसंग माग गरेको छ ।