Wednesday, July 23, 2025
Date
बुध, साउन ८, २०८२
Wed, July 23, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

नेपाल–चीनबीच अन्तरदेशीय विद्युत प्रसारण लाइन निर्माण गर्न समझदार

Sambridinews by Sambridinews
मङ्लबार, अशोज ९, २०८०
in FEATURED
0
नेपाल–चीनबीच अन्तरदेशीय विद्युत प्रसारण लाइन निर्माण गर्न समझदार
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल–चीनबीच अन्तरदेशीय विद्युत् प्रसारण लाइन निर्माण अघि बढाउन समझदारी भएको छ । नेपाली ऊर्जा निर्यातको ढोका उत्तरतर्फ पनि खोल्न प्रस्ताव गरिएको चिलिमे–केरुङ प्रसारण लाइन बनाउन पाँच वर्षअघि नै अध्ययन सुरु भए पनि आयोजना अलपत्र परेको थियो । प्रसारण लाइनको निर्माण अघि बढाउन फेरि समझदारी भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ समकक्षी ली छ्याङ नेतृत्वको प्रतिनिधिमण्डलबीच सोमबार बेइजिङस्थित ‘ग्रेट हल अफ दि पिपुल’ मा भएको वार्तामा ऊर्जा र कृषिसहितका १२ विषयमा सम्झौता र समझदारी भएका छन ।

You might also like

एमाले केन्द्रीय कमिटीको निष्कर्ष : पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा सक्रिय हुन नमिल्ने

ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट

एनआईसी एशिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटलबिच स्वास्थ्य उपचारमा सहकार्य, ग्राहकहरूलाई विशेष छुट

तर, प्रसारण लाइन बनाउने विषयमा समझदारी भए पनि निर्माण र लगानीको विषय टुंगो नलागेको जनाइएको छ । नेपाली पक्षकै अलमलले ठोस समझदारी गर्न गाह्रो भएको बताइएको छ । लामो समयदेखि चर्चामा रहेको रसुवागढी–केरुङ प्रसारण लाइनलाई पनि भ्रमणको एजेन्डाका रूपमा राख्ने भनेर प्रचार गरिएको थियो । तर बेइजिङ पुगेका नेपाली अधिकारीहरू भने यो विषय एजेन्डामै नपरेको बताइन्छ ।

चीनसँग पनि विद्युत् व्यापार गर्ने भन्दै सन् २०१८ देखि थालिएको यो प्रसारण लाइनको काम बीचमा अलपत्र परेको थियो । दुई वर्षमा सक्ने भनेर सुरु गरिए पनि सम्भाव्यता अध्ययनमै पाँच वर्ष लागेको छ । ४०० केभी क्षमताको बनाउने भनेर सुरु गरिए पनि त्रिशूली करिडोरको अधिकतम बिजुली रातमाटे हुँदै एमसीसी लाइनमा जोड्ने भएपछि उत्तरतर्फको क्षमता घटाएर २२० केभीमा झारिएको हो ।

नेपालतर्फको भने दुवै क्षमताका लागि सम्भाव्यता अध्ययन भइसकेको छ । नेपालतर्फ जम्मा १६ किलोमिटर प्रसारण लाइन बनाउन अध्ययन सम्पन्न भइसकेको छ । चीनतर्फ भने अहिलेसम्म अध्ययन भएको छैन ।

आयोजनाको डीपीआर बनाउने जिम्मा यसअघि नै चिनियाँ सरकारी स्वामित्वको कम्पनी स्टेट ग्रिड कर्पोरेसन अफ चाइना (एसजीसीसी) र प्राधिकरणले पाएका छन् भने वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) को काम प्राधिकरणको एनईए इन्जिनियरिङ कम्पनीले गरिरहेको छ । स्टेट ग्रिड र प्राधिकरणबीच २०१८ जुनमा आयोजना विकाससम्बन्धी साझेदारी सम्झौता (पीडीए) भएको थियो ।

सम्झौता सन् २०२२ मा नवीकरण भएको छ । हाल नेपालले भारतमा १० आयोजनाबाट ६३२ मेगावाट बिजुली बिक्रीको अनुमति पाएको छ । ‘भारतसँग चिनियाँ लगानीको बिजुली किन्ने सहमति नभएपछि कतातिर बेच्ने भन्ने समस्या थियो । अब चीनसँगको समझदारीपछि त्यो बाटो खुल्ने देखिएको जनाइएको छ ।

Related

Previous Post

कोशी प्रदेशका मुख्यमन्त्री द्वारा मन्त्रिपरिषद् विस्तार

Next Post

पोखराको मणिपाल अस्पतालमा विरामीको मृत्यु पछि चिकित्सकमाथि हातपात

Sambridinews

Sambridinews

Related Posts

एमाले केन्द्रीय कमिटीको निष्कर्ष : पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा सक्रिय हुन नमिल्ने
FEATURED

एमाले केन्द्रीय कमिटीको निष्कर्ष : पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा सक्रिय हुन नमिल्ने

by Sambridinews
बुधबार, साउन ८, २०८२
ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट
FEATURED

ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट

by Sambridinews
मङ्लबार, साउन ७, २०८२
एनआईसी एशिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटलबिच स्वास्थ्य उपचारमा सहकार्य, ग्राहकहरूलाई विशेष छुट
FEATURED

एनआईसी एशिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटलबिच स्वास्थ्य उपचारमा सहकार्य, ग्राहकहरूलाई विशेष छुट

by Sambridinews
मङ्लबार, साउन ७, २०८२
एनआईसी एशिया बैंक २८ औं वर्षमा प्रवेश
FEATURED

एनआईसी एशिया बैंक २८ औं वर्षमा प्रवेश

by Sambridinews
सोमवार, साउन ६, २०८२
कृषि विकास बैंकलाई सिल्भर अवार्ड
FEATURED

कृषि विकास बैंकलाई सिल्भर अवार्ड

by Sambridinews
सोमवार, साउन ६, २०८२
Next Post
पोखराको मणिपाल अस्पतालमा विरामीको मृत्यु पछि चिकित्सकमाथि हातपात

पोखराको मणिपाल अस्पतालमा विरामीको मृत्यु पछि चिकित्सकमाथि हातपात

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

अविरल बर्षाले काठमाडौं र बनेपाका केही क्षेत्र डुबान :  काभ्रेमा पहिराे खस्दा ६ जना वेपत्ता

अविरल बर्षाले काठमाडौं र बनेपाका केही क्षेत्र डुबान : काभ्रेमा पहिराे खस्दा ६ जना वेपत्ता

मङ्लबार, साउन २३, २०८०
एक बर्षमा ७६६ जनाविरुद्ध अख्तियारकाे मुद्दा ; २०९ जना जनप्रतिनिधि, अधिकृतस्तरका २१४ जना

एक बर्षमा ७६६ जनाविरुद्ध अख्तियारकाे मुद्दा ; २०९ जना जनप्रतिनिधि, अधिकृतस्तरका २१४ जना

सोमवार, अशोज १५, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एमाले केन्द्रीय कमिटीको निष्कर्ष : पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा सक्रिय हुन नमिल्ने
FEATURED

एमाले केन्द्रीय कमिटीको निष्कर्ष : पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा सक्रिय हुन नमिल्ने

बुधबार, साउन ८, २०८२
एचआइभी परियोजनाको ८ करोड गायब, चञ्चलाले खोजिन् पारदर्शिता
TOP STORIES

एचआइभी परियोजनाको ८ करोड गायब, चञ्चलाले खोजिन् पारदर्शिता

बुधबार, साउन ८, २०८२
बिमा प्राधिकरणको सञ्चालकबाट राधा पोखरेलकाे राजीनामा
अर्थ

बिमा प्राधिकरणको सञ्चालकबाट राधा पोखरेलकाे राजीनामा

बुधबार, साउन ८, २०८२
ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट
FEATURED

ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट

मङ्लबार, साउन ७, २०८२
एनआईसी एशिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटलबिच स्वास्थ्य उपचारमा सहकार्य, ग्राहकहरूलाई विशेष छुट
FEATURED

एनआईसी एशिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटलबिच स्वास्थ्य उपचारमा सहकार्य, ग्राहकहरूलाई विशेष छुट

मङ्लबार, साउन ७, २०८२
भ्रमपूर्ण अभिव्यक्तिहरू
विचार

भ्रमपूर्ण अभिव्यक्तिहरू

मङ्लबार, साउन ७, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.