काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको संयोजकत्वमा सर्च कमिटी गठन भएको छ ।
त्रिविको कुलपति एवं प्रधानमन्त्री केपी ओलीले समिति गठन गरेका हुन् ।
समितिमा शिक्षा सचिव दीपक काफ्ले र राष्ट्रिय योजना आयोगकी सदस्य गीता अधिकारी पौडेल रहेका छन् ।
उपकुलपतिबाट केसरजङ्ग बरालले राजीनामा दिएपछि त्रिविमा उपकुलपति रिक्त भएको थियो ।