काठमाडौं, नेपाल खेल, कथा र डिजिटल भाइरल प्रभावको ऐतिहासिक संयोजनसहित, वात्सल्य एभरेस्ट महिला भलिबल लिग (EWV) ले आफ्नो दोस्रो संस्करणको लागि टिकटकलाई आधिकारिक एंटरटेनमेन्ट पार्टनरको रूपमा घोषणा गरेको छ।यो लिग सेप्टेम्बर ५ देखि सेप्टेम्बर १३ (भदौ २० गतेदेखि २८ गते ) सम्म आयोजना हुनेछ।
यो साझेदारी नेपालको राष्ट्रिय खेलका लागि एक परिवर्तनकारी अध्याय हो, जहाँ विश्वकै चर्चित छोटो भिडियो प्लेटफर्म टिकटक अब वात्सल्य EWV लिगको अन्तर्राष्ट्रियकरण, राष्ट्रिय भावना, महिला खेलाडीहरूको सशक्तिकरण र सांस्कृतिक महत्त्वलाई अझ फैलाउने उद्देश्यका साथ सँग भलिबल कोर्टमा प्रवेश गर्दैछ।
यो लिग नेपालको पहिचानलाई बलियो बनाउँदै एक समग्र रूपमा सुन्दर र गर्विलो खेल अभियान बन्ने दिशामा अगाडि बढेको छयो सहकार्यले नेपालको महिला खेलाडीहरूको प्रेरणादायी कथा, दर्शकहरूको जोश, र लिगको रोचक माहोललाई हिमालयको मुटुबाट डिजिटल दुनियाँसम्म पुर्याउने लक्ष्य लिएको छ। टिकटक साउथ एसियाका कन्टेन्ट अपरेसन लिड उमैस नविद भन्छन् :” वात्सल्य EWV सँग सहकार्य गर्नपाउँदा टिकटक निकै उत्साहित छ। हामी यसलाई नेपाली राष्ट्रिय खेललाई उत्सवको रूपमा मनाउन,महिला सशक्तिकरणमा टेवा पुर्याउन र नेपाली भलिबललाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउने ऐतिहासिक अवसरको रूपमा हेरीरहेका छौं।वात्सल्य एभरेस्ट महिला भलिबल लिग एक साहसी आयोजन हो, जसले अन्तर्राष्ट्रिय पहिचानको हकदार छ। हामी यसलाई सफल बनाउन सहयोग गर्न आएका हौं।”
वात्सल्य एभरेस्ट महिला भलिबल लिगकी CEO स्नेभी चापागाईं भन्छिन् : “यो एक Game-Changer
साझेदारी हो।टिकटकसँगको सहकार्यले हाम्रो प्रभाव अझ फैलिनेछ।हामी नेपाली महिला खेलको कथा
यस्तो रूपमा संसारलाई सुनाउँदैछौं, जुन अहिलेसम्म कहिल्यै देखिएको थिएन।हामी विश्वास गर्छौं कि यो
सहकार्यले वात्सल्य EWV का सशक्त कथाहरूलाई गाउँ-सहरका घर-घरमा र विश्वभर पुर्याउनेछ।यो
लिगलाई अन्तर्राष्ट्रिय बनाउने दिशामा एक महत्वपूर्ण कदम हो।”
१०० भन्दा बढी खेलाडी, प्रशिक्षक, खेलकर्मी, मिडिया र सेलिब्रेटीहरूको सहभागितासहित वात्सल्य EWV
एक लिग मात्रै होइन, एक अभियान बनेको छ।
नेपालभित्र र बाहिर दुवै ठाउँमा यसको Fanbase दिनप्रतिदिन बढ्दो छ। र अहिले टिकटकको साथमा,
यसको सफलता अझ सुनिश्चित देखिएको छ।
यो सहकार्य अन्तर्गत वात्सल्य EWV र TikTok मिलेर यी गतिविधिहरू तयार पार्नेछन् :
●टिम र खेलाडीहरूको पर्दा पछाडिको भिडियो सामग्री (Behind-the-scenes content)
●इन्ष्ट्राग्राम–टिकटक च्यालेन्ज (#EWVOnTikTok र #AbaPaloMahilako प्रयोग गरेर)
●भलिबल स्टारहरूसँग कन्टेन्ट क्रिएटर सहकार्य
●डिजिटल दर्शकहरूका लागि हाइलाइट भिडियो र लाइभ अपडेटहरू
●स्टेडियममा टिकटक जोनहरू, जहाँ दर्शकहरूले आफैं भिडियो बनाउन सक्ने
वात्सल्य एभरेस्ट महिला भलिबल लिग एशियाकै पहिलो पेशेवर महिला भलिबल फ्रेन्चाइज लिग हो।
टिकटकसँगको यो सहकार्यले लिगको उद्देश्य ,महिला सशक्तीकरण, अवसरको विकेन्द्रीकरण र आधुनिक
खेलकुद कथा वाचनलाई अझ बलियो बनाउनेछ।
EWV बारेमा:
वात्सल्य एभरेस्ट महिला भलिबल लिग एशियाकै पहिलो महिला भलिबल फ्रेन्चाइज लिग हो।यो लिग नेपाल
भलिबल संघ द्वारा Infinity Dreams Private Limited लाई प्रदान गरिएको अनुमतिमा आधारित छ।लिगले
प्रतिस्पर्धा, सशक्तीकरण र मनोरञ्जनलाई संयोजन गर्दै राष्ट्रिय खेलको उन्नति र महिला नेतृत्वलाई पुनः
परिभाषित गर्दै आएको छ।
TikTok बारेमा:
TikTok छोटो मोबाइल भिडियोको अग्रणी प्लेटफर्म हो।यसको मिशन भनेको रचनात्मकता (Creativity)
उत्प्रेरित गर्नु र खुसी बाँड्नु हो। TikTok का ग्लोबल कार्यालयहरू निम्न शहरहरूमा छन्: Los Angeles,
New York, London, Paris, Berlin, Dubai, Singapore, Jakarta, Johannesburg, Seoul,
Tokyo.www.tiktok.com
सङ्गम जोशी
+९७७ ९८०७७४२८०१