- खगेन्द्र फुयाल
हो मार्क्स फर्किए ! फराकिलो निधारमा परसम्म खुइलिएको तालु । त्यही तालुमाथि बचेका सेताम्मै फूलेका लामा कपाल र दारीले पुरिएका बुढा । सन् १८४८ मा कम्युनिष्ट घोषणापत्र जारी गर्ने तिनै कार्ल मार्क्स अचेल काठमाडौंमा छन् ।
सन् १८४२ मा ब्रुनो बुयरसँग मिलेर ‘रेन्चे जाइतुङ’ नामक पत्रिका निकाले । पत्रिकामा मजदुर किसानमाथि गरिएको विभेद र अन्यायका विरूद्ध लेखेपछि बुर्जुवा पर्सियन (जर्मन) सरकारले उक्त पत्रिकामाथि प्रतिबन्ध लगायो र कार्ल मार्क्सलाई देश निकाला गरिदियो ।
सन् १८१८ मा जन्मिएका माक्र्स बेलायती औद्योगिक क्रान्तिको प्रभाव र फ्रान्सेली क्रान्तिको दवावले आफ्नौ अस्तित्व रक्षाका लागि सारा यूरोप संघर्ष गरिरहेको सयम थियो । सामन्तहरु औपनिवेशका लागि तछाडमछाड गर्दै थिए ।
बुर्जुवाहरुको खेतबारीमा मजदुरी गरी जिविका धानिरहेका श्रमिक तथा कृषकहरुको जिवनमा उद्योग कलकारखानाले ल्याएको परिवर्तनबाट मक्र्स प्रभावित भए । जो श्रम गर्दथ्यो उसैले आफ्ना बालबच्चाको अन्न पानीको जोहो समेत गर्न सक्दैनथे ।
वर्ग विभाजित समाजमा हेर्दाहेर्दै मजदुर किसानहरु दिनदिनै आधारभुत आवश्यकत्ताबाट बञ्चित हुन थालेपछि कार्ल माक्र्सले समाजबाद र साम्यबादको मार्ग समाते । जसले गरिवका लागि बोले । किसान मजदुरलाई पेटभरी खान, बस्न र उनिहरुका बालबच्चाको शिक्षाको वकालत गरे । तर, बुर्जुवाहरुले उनलाई आफ्नै जन्मभूमीबाट निकालिदिए ।
कानुन अध्ययन गरेका कार्ल मार्क्सले पछि फ्रान्समा राजनीतिक अर्थशास्त्र अध्ययन गरे । १८४३ मा पेरिस पुगेका माक्र्सलाई जागिरको सिलसिलामा बेलायतमा रहेका फ्रेड्रिक एंगेल्स आफ्नो परिवार भेट्न जर्मन जानेक्रममा भेटे । उनिहरुले जर्मनमा जारी सामाजिक क्रान्तिलाई थप स्पष्ट र मार्गदर्शन गर्न चाहे । फलस्वरुप सन् १८४४ मा १० दिनको बसाईमा ‘द होली फेमेली’ नामक पुस्तक लेखे ।
संयुक्त रुपमा उक्त पुस्तक लेखेपछि हेगेलले भनेका छन् “जब मैले १८४४ को बसन्तमा पेरिसमा माक्र्सलाई भेटे, सैद्धान्तिक क्षेत्रमा हामीले गरेका बाचाहरुले पूर्णता पाए र हाम्रो सहकार्य निरन्तर चलिरयो ।” पछि उक्त पुस्तक फेब्रावरी १८४५ मा प्रकाशन भयो ।
पुस्तक बारेमा पत्रपत्रिकाहरुले विभिन्न ढंगले समिक्षा गरे । एउटा अखबारले लेख्यो ‘यसले समाजवादी विचारहरू व्यक्त गरेको छ, किनभने यसले हाम्रो समयका सामाजिक रोगहरूलाई हटाउने कुनै पनि आधार र उपायहरूको बिना नै आलोचना गरेको छ, त्यसैले घातक पूस्तक हो । ’
कतिपयले उक्त पुस्तकलाई खुल्ला साम्यबादको संज्ञा दिदै समाजका लागि खतरनाक रहेको व्याख्या गरे । जर्मन सरकारले पेरिस सरकारलाई पत्र लेखेर मार्क्सलाइ त्यहा शरण नदिन आग्रह गरे ।
उनि त्यहाबाट ब्रसेल्स पुगे । ब्रसेल्समा बस्दा मार्क्स र एंगेल्सले विभिन्न अनुसन्धानात्मक पुस्तक लेखे । त्यही विचमा उनले ब्रसेल्समा राजनितिक संगठनको विस्तार गरे । समाजबाद र मदजुरको न्यायका लागि विभिन्न पुस्तक प्रकाशन गरे । बेलायतमा राजनितिक र अर्थशास्त्रका विषयमा थप गम्भिर अध्ययन गरे ।
९ जुन १८४७ मा पहिलो सम्मेलन गरेर ‘वर्किङ म्यान आफ दी अल कन्ट्रिज युनाइट’ (संसारका श्रमीकहरु एक हौ) घोषणा गरियो । त्यही वर्ष गरिएको दोस्रो सम्मेलनले मार्क्स र एंगेल्सलाई राजनीतिक तथा सैद्धान्तिक कार्यक्रम तयार पार्ने जिम्मा दियो । सन् १८४८ मा कम्युनिस्ट पार्टीको घोषणापत्र ‘कम्युनिष्ट घोषणापत्र’ तयार पारे । जुन घोषणापत्रले विश्वका बुर्जुवा तथा साम्राज्यबादीहरुको निद्रा खाइदियो ।
उक्त घोषणापत्र आजसम्म पनि कम्युनिष्ट घोषणापत्रका रुपमा विश्वभर चर्चित छ । धेरै विश्वविद्यालयहरुमा घोषणापत्रलाई विभिन्न शिर्षकमा पढाइन्छ ।
घोषणापत्र सार्वजनिक भएपछि कार्ल मार्क्स फेरि पेरिस र जर्मन गए । त्यहा रहदा माक्र्सले फ्रान्स, जर्मन एवंम् यूरोप तथा ल्याटिन अमेरिकी विस्तारबाद र सामन्तबादी बुर्जुवा व्यवस्थाका बारेमा थुप्रै अनुसन्धामुलक लेख तथा पुस्तक लेखे ।
सन् १८४९ जर्मन र फ्रान्सको बुर्जुवा सरकारले कार्ल मार्क्सलाई दोस्रोपल्ट देश निकाला गर्यो । त्यसपछि भने उनि परिवार सहित बेलायत बसाई सरे । बेलायतमा रहदा उनले एंगेल्ससंको सहकार्य जारी राखे र जनावरी १८६७ मा ‘दास क्यापिटल’ पुस्तक प्रकाशनमा ल्याए ।
वैज्ञानिक अनुसन्धानमा आधारित ‘दास क्यापिटल’ पुजीबादी व्यवस्थाले कसरी समाजमा धनी र गरिव विच विभाजन ल्याइरहेको छ भन्ने विषयमा मिहिन ढंगले व्याख्या गरे । पुजीबाद धेरै समय नटिक्ने भन्दै पुजीबादले सृजना गर्ने विकृतिहरुबाट नै त्यसको अन्त्य हुने व्याख्या गरे ।
विश्वपुजीबादले सिमा नागेको बेला माक्र्स कठिनपूर्ण जिवन विताएको बेलायत पुन हेर्न र भोग्न चाहान्थे तर यसपट उनि काठमाडौं आएका छन् । निर्देशक सुनील पोख्रेल र प्रवीण खतिवडाले उनलाई नेपालमा दोस्रोपल्ट ल्याएका हुन । साम्राज्यबादी अर्थतन्त्रले ल्याएको अपभोक्ताबाद र कमिशनतन्त्रले विश्व समाजलाई विभाजन गरिरहदा कार्ल मार्क्स झन सार्दभीक लाग्छन ।
अमेरिकी इतिहासकार हवार्ड जीनद्वारा लिखित नाटक ‘माक्र्स इनसोहो’ को नेपाली अनुवाद हो ‘मार्क्स फर्किए’ । नाटकमा कार्ल माक्र्स बारेमा धेरैले सुनेको तर धेरैलाई थाहा नभएको उनको कठिनपूर्ण जिवन प्रस्तुत गरिएको छ ।
कम्युनिस्ट घोषणापत्रलाई अपव्याख्या गर्दै मजदुर किसानका मुद्दा लिएर सत्ताको तर मार्न कुद्नेहरुको कान समात्न मार्क्स काठमाडौं आएका हुन । जनबादी केन्द्रीयताको नाममा पाटि र जनता भन्दा व्यक्तिगत स्वार्थ हेर्ने, समितिहरुमा प्रश्न गर्दा कारबाहीको डण्डा चलाउनेहरुलई सचेत गर्न मार्क्स बैशाख २२ गतेसम्म काठमाडौंमा रहनेछन् ।