- विनोद दाहाल
कुलमान एमडि भएको बेलामा अठार घण्टा लोडसेडिङ थियो । त्यसलाई तल झार्ने योजनामा कोही थिएनन् किनकि विद्युत चोरल दुइसय पचास मेघावाट चोरिराखेका थिए ।
कुलमानले जति बितरण भएको छ त्यतिलाई चाहिने विद्युतबाट केही थपघट गर्दा लोडसेडिङ हट्नसक्छ भन्दा भ्रष्टाचारि बाका खलकहरू र कांग्रेस दलालले त लोडसेडिङको अन्त्य असम्भव छ र सोच्न पनि सकिँदैन भन्थे । भारत र पाकिस्थानमा समेत लोडसेडिङ रहेको बताउँने गर्थे । उनले लोडसेडिङ हटाउने कुरा गर्दा खिल्ली उडाउँथे ।
अहिले केपिले हटाएको भन्न किन्चित लाज नमान्ने नकचराहरू माडेका देश दोहन गर्ने खेतीका खेताला हैनन् किन नभन्ने ? त्यतिबेला अरू कसैले पनि सम्भव छ भन्दैनथे । असम्भव लाग्ने जस्तो कार्यलाई पुष्पकमलको सरकारले कुलमानमार्फत उज्यालो नेपाल बनाउने कार्य गरे । यसमा सरकार र विद्युत प्राधिकरणका एमडिले जुन मिहिनेत गरे र इमानदारिता देखाए त्यो माडेका खेतालाहरू र दलालहरूले बुझ्नसक्ने कुरै हैन ! अहिले विद्युतचोरका खलकहरू जसलिन यस्ता कुतर्क गरिराखेका छन् ।
यी बस्तुगत तथ्यहरू हुन् कि हैनन् ?
पाचसय मेघावाट जति विद्युत उत्पादन हुने र केही इन्डियाबाट ल्याइने व्यवस्था गर्नुपर्थ्यो । त्यो वेला दुइसय पचास मेघावाट चोरि गरेर बेचिखानेहरू पत्ता लाग्यो । यस्तालाई पालेर राखुञ्जेल कसरी हट्थ्यो र ? कुलमानले बाइस प्रतिशत जति चुहावट घटाउने जुन कार्य बोर्ड बैठकबाट अनुमति लिएर गरे । त्यो कसरी त्यही पुरानै बोर्ड राखेर सम्भव हुन्थ्यो ? कुलमानका कुरा सुनेर बाका खलक र बोर्डबाट हटाइएकाहरूले “कुनै हालतमा लोडसेडिङ हट्दैन, हटेछ भने कान काटिदिन्छु“ भन्ने गर्दथे ।
चोरका खलक र दलालहरू बोर्डबाट हटाईएहरूका कुरामा तालि ठोक्ने गर्दथे । उनीहरूले “आफै लोडसेडिङ हट्थ्यो“ भन्ने तर्क कुतर्क हैन र ? कुलेखानीको विद्युत सिध्याएर केहीन नाटक देखाउन खोजेको तर्क गर्थे । कुलमानअघिका सरकार र प्राधिकरले दश बर्षमा लोडसेडिङ आठ देखी दश घण्टामा झार्ने योजना देखाएका थिए । यसरी चटक्कै बिर्सने रोगीहरूले अरु चाहिँ के सहि कुरा बुझेका होलान् भनेर बुझ्नु पर्दैन र ?
कुतर्कको पनि एउटा सीमा त हुनुपर्छ नि ! माडेसँग लगेर पैसा खाईसकेका छन् र त्यो पचाउन निक्कै छटपटि गरिराखेका छन् । हाम्रो देशमा आएका माडे साँडेहरू यति अनमत्ता छन् कि भारत हुहारेर यहाँका नेताहरू र दलहरूलाई अधिनस्त बनाउने सामर्थ्य राख्छन् । यहाँका दलनल भतुवाहरू चाहिँ आफ्नो जीवनभरिको यश माडे, बहुराष्ट्रिय कम्पनिहरू, भ्रष्ट, तस्करहरूलाई चढाउन तयार भैदिन्छन् । यहाँका संसदवादी नेतृत्व र दलहरू यति घृणित व्यक्तिवादी र स्वार्थी छन् कि पैसाका लागि बिक्रि नहुने कुनै चीज नै छैन ।
अहिले सरकार चलाउन पुगेकाहरू संसद, सरकार र सत्ता नै कब्जा गर्न पुगेका घृणित व्यक्तिवादी र स्वार्थी दलालहरू हुन् । यी माडेका खेतालाहरू कम्तिमा लेखा समिति छोड, त्यो प्रतिपक्षीले पाउनुपर्छ । सबै गतिबिधिहरूले प्रष्ट पारेका छन् कि यी खेतालाले राजनीति गरेका हैनन् अपराध गरेका हुन् । यी अपराधि खेतालाहरूलाई जहाँ भेट्यो त्यही भाटा हान्नुपर्ने भएको छ !