काठमाडौं । काठमाडौंबाट पोखरा जान लागेको माइक्रो नुवाकोटमा दुर्घटना भएको छ।
माइक्रो छहरे–टोखा सडक खण्डअन्तर्गत नुवाकोटको शिवपुरी गाउँपालिकाको अदुवाबारी मोडमा दुर्घटनाग्रस्त भएको जिल्लाम प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीका अुनसार दुर्घटनामा तीन जना घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि काठमाडौं ल्याइँदै छ।
माइक्रोबसमा १६ जना यायु सवार रहेको डिएसपी भारतीले बताए। माइक्रोको नम्बर भने खुल्न सकेको छैन।
नागढुङ्गाको बाटो बन्द भएपछि अधिकांश सवारी साधन यतिबेला नुवाकोटको छहरे भएर चलिरहेका छन्।