- विनाेद दाहाल
एकजना सांसद आठ दशजान व्यक्तिका साथ खुर्कोटस्थित साँघुको मुखैमा रहेको होटेलमा चीया पिउदै थिए । हामी उक्त स्थानमा पुग्यौं र देखेपछि सम्मानका हात अघि बढायौं । सांसादले उहाँको टोलीलाई हाम्रो परिचय दिंदा चन्द्रशेखर उपाध्याय खलक भनेर ईङ्कित गर्न खोजे ।
उनले दाहाल गद्दार हुन् भन्ने भाष्य प्रयोग गरे । त्यसपछि जनयुद्धका नायक पनि दाहाल“ भन्दै प्रचण्डप्रति पनि औल्याउन भ्याए । त्यसपछि वंशावली हेर्नैपर्ने बनेपछि सर्सर्ती हेरेंको थिए । विशालपुरे राजा (दैलेखका)को विश्वास जीतेर रोपेको खेत पाएका र अर्का बुढा दाहालको केही वानीव्यहोरामा फरकपन आएको देखियो ।
मल्लकालमा मुलकोटमा जग्गा किनेर बसोवास गरेको ईतिहासमा भेटिन्छ । सेन राजखलकसँग सम्बन्ध भएपछि मुलकोट प्रशासनिक अड्डासमेत भएको थियो । झाँगाझोलीदेखि मझुवासम्मका पुराना कागजपत्रहरूमा “मुलकोट मध्यमा … (फलानो स्थान) भनेर उल्लेख हुने गरेका थिए । त्यतिवेला दाहालहरू यहाँ वसोवास गरिरहेका थिए । यहींबाट देश–विदेशमा फैलिएका भेटिए ।
सेनराजाका पुरोहित बनेका हरि उपाध्याय दाहाल र उनका छोराहरू धर्मानन्द र सत्यधरले गोर्खा राज्य विस्तारका लागि पृथ्वीनारायणलाई सहयोग गर्ने बचनबद्धता देखाए । धर्मानन्दका छोरा रघुनाथले गरेको योगदान केकसो होला तर सत्यधरका छोरा दिनानाथले कुटनीतिक क्षमता देखाएर सेन राज्यको पर्सादेखी महोत्तरीको मधेश भूभाग गोरखा राज्यमा गाभ्न सफल भए ।
रघुनाथका छोरा चन्द्रशेखरले कलकत्तामा बसेर वकालत र कुटनीतिक काम गरेका थिए । यही शिलशिलामा अंग्रेजसँग नजिकको सम्बन्ध कायम राखेका थिए । यही कारण अंग्रेजले संझौताका लागि पठाएको सर्त र प्रस्तावमा नेपाल सरकारको जवाफ नगएकाले सहयोगका लागि सुगौलीमा चन्द्रशेखरलाई पनि साथमा लिएर आएका थिए ।
नेपाल सरकारको प्रतिनिधि सुगौलीमा उपस्थित नभएपछि अंग्रेजले आफैले कुटनीतिक सहयोगका लागि ल्याएका व्यक्तिहरूलाई नै सहि गराएको थियो । र, पछि उपस्थित भएका प्रतिनीधिलाई सो जानकारि गराएको थियो । भन्नू पो हुँदैन त, खासमा नेपाल सरकारसँग उक्त सन्धिको हस्ताक्षर वा औपचारिक पत्र नै छैन । अंग्रेजले छोडेको भए भारत सरकारसँग होला, नत्र उक्त कपि ब्रिटिस लाईब्रेरिमा मात्र छ भन्न सकिन्छ ।
पृथ्वीनारायण शाह हुँदा हरि उपाध्यायका छोरा सत्यधरपटिका नाति दिनानाथले योगदान गरे पनि पृथ्वीनारायण पछिका राजाले सम्पत्ति खोसेर कुनै खलक देश निकाला झैं गरे । कोही चाहिँ परेवाडाँडामै बिर्ता लिएको ठाउँमै रहे ।
चन्द्रशेखरका खलकले बिर्ता लिएका जग्गाहरू कुनै गुठिलाई दिएका थिए । चन्द्रशेखरले आफ्नो जेठो अंशको सम्पत्तिबाट मुलबाटो रहेको साईटारमा सितलपाटी बनाएका थिए । गुठि चाहिँ नापि हुँदा करिब ८ रोपनी खेत विद्यालयको नाममा बनाईएको छ ।
अहिले पनि सत्यधरका छोरा दिनानाथका खलक पुर्व सांसद तथा प्राध्यापक होमराज दाहाल (२० पुस्ते) खलक परेवाडाँडा निवासी नै हुन् भने धर्मानन्दका नाति जीम्मल खलक र शीवकुमार तथा ईश्वर खलक यहीं छन् ।
अहिले पनि दिनानाथले नेपाल एकीकरणमा गरेको योगदान विशिष्ट खालको छ भने चन्द्रशेखरको भूमिकामा प्रश्न उठाइने गरेको छ । हुन त केहीले एउटा युग नै बदलेको पुष्पकमल दाहाल नेतृत्वको आन्दोलनले लोकतान्त्रिक गणतन्त्रका लागि गरेको योगदानसमेत सहेका छैनन् ।
दरवारमा झगडा भैराख्ने र युद्ध मोर्चाहरूमा कुनै निर्देशन हुननसकेको त्यो स्थितिमा चन्द्रशेखरले हस्ताक्षर नगरेको भए के जान्थ्यो ? र, चन्द्रशेखर तथा गजराज मिश्रले हस्ताक्षर गरेको भनेर अंग्रेजले खबर दिंदा नेपालले नस्वीकारेको भए के हुने थियो भनेर पनि एकपट गहन ढङ्गले सोच्नुपर्ने हुन्छ कि !
(दाहालको प्रकासउन्मुख संस्मरणको एक अंश)