Saturday, July 19, 2025
Date
शनि, साउन ४, २०८२
Sat, July 19, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

विदेशमा सिकेको सिपबाट स्वदेशमा उद्यम गर्न नबिलको ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’

Sambridinews by Sambridinews
बिहिबार, माघ ११, २०८०
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
विदेशमा सिकेको सिपबाट स्वदेशमा उद्यम गर्न नबिलको ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

शाओमी पावर बैंकःसुपर फास्ट, सधैं चार्ज

कबड्डी विश्वकपका लागि नेपाली टोली भारत जाँदै

केल्मी नेपाललाई इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड

काठमाडौं । माघ ११, नबिल बैंक लिमिटेडले विदेशबाट फर्किएका नेपाली युवा तथा विदेशमा रहेका नेपाली युवाहरूको परिवारलाई लक्षित गरेर नयाँ कर्जा योजना अघि सारेको छ । देशले युवा जनशक्तिको अपेक्षित लाभ उठाउन नसकेको, वैदेशिक रोजगारीमा जाने क्रम निरन्तर बढेको, विदेशबाट फर्केका युवाहरूले पर्याप्त पुँजीको अभावमा आफ्नो सिपको उपयोग गरी उद्यमशीलता विकास गर्न नसकेको जस्ता समस्या देखिएको सन्दर्भमा बैंकले ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’ योजना सुरु गरेको हो ।
आज (बिहीबार) श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय शरतसिंह भण्डारीद्वारा ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’ योजना सार्वजनिक गरिएको थियो । कार्यक्रममा श्रम मन्त्रालयका सचिव केवल प्रसाद भण्डारी, नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौड्याल लगायतका विभिन्न क्षेत्रबाट विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय शरतसिंह भण्डारीले बैंकको यस्तो योजनाले बिदेसिएको दक्ष र बौद्धिक जनशक्तिलाई नेपालमा फर्काउन ठुलो मद्दत पुग्ने विश्वास व्यक्त गरे । ‘सरकारले बिदेसिएका नेपालीलाई नेपाल फर्किएर व्यवसाय सुरु गर्न प्रोत्साहित गरिरहेको अवस्थामा नबिल बैंकले ल्याएको यो योजनाले थप टेवा पु¥याउने मेरो विश्वास छ’ मन्त्री भण्डारीले भने ।
उनले वैदेशिक रोजगारीमा रहेका र फर्किएका युवालाई स्वदेशमा नै उद्यमशीलता विकास गर्ने सरकारको अभियानलाई सहयोग पुग्ने गरी बैंकले कार्यक्रम अघि बढाएको भन्दै आभार प्रकट गरे । सहज र सरल ढंगबाट वित्तीय सेवा प्रवाह गरी यो कर्जालाई देशव्यापी बनाउन सके देशको विकासमा टेवा पुग्नेमा विश्वस्त रहेको मन्त्री भण्डारीले बताए ।
श्रम मन्त्रालयका सचिव केवल प्रसाद भण्डारीले मिडियामा बिदेसिएका नेपालीहरुको मात्र समाचार बन्ने र फर्केका नेपालीहरुको डाटामा कुरा नहुने बताउँदै नबिलले फर्केका नेपालीहरुको सिपको सम्मानमा उद्यम गर्ने वातावरण बनाउन ल्याएको यो कार्यक्रम साच्चै नै अहिलेको आवश्यकता रहेको बताए । नेपाल फर्केका नेपालीहरूको पुँजी र सिपको उपयोग गर्न सरकारले विभिन्न पहलहरू गर्दै आएको जानकारी दिँदै नबिलले पनि साथ दिएकोमा उनले आभार व्यक्त गरे ।
नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले वातावरणीय, सामाजिक र आर्थिक दिगोपनमा केन्द्रित गरेर बैंकले आफ्नो यात्रा अघि बढाएको बताए । ‘यो कर्जा योजना बैंकले व्यवसायिक रुपमा मात्र नभई स्थानीय अर्थतन्त्र र साना व्यवसायहरूलाई सहयोग तथा समर्थन गर्न डिजाइन गरिएको एक अभियानका रुपमा लिएका छौं,’ अध्यक्ष पौड्यालले भने ।
अध्यक्ष पौड्यालले प्रवासमा काम गरेर स्वदेश फर्केका नेपालीहरूकोआवश्यकतालाई सम्बोधन गर्न, उनीहरूले हासिल गरेको ज्ञान र विशेषज्ञताबाट उद्यमशीलता प्रवर्द्धन गर्न यो कार्यक्रम निकै उपयोगी हुने बताए । साथै विदेशबाट फर्किएका नेपालीलाई उनीहरूको सिपको उपयोग गर्नु, उनीहरूलाई उद्यमशील बनाउन तथा राष्ट्रिय अर्थतन्त्र विस्तार गर्नु यो कार्यक्रमको लक्ष्य भएको जानकारी उनले गराए । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले यस्ता योजनामार्फत बैंकले दिगो यात्रालाई जोड दिएको बताए ।
बैंकले सार्वजनिक गरेको यस्तो स्किम दिगो बैंकिङ विकासको लागि कोशेढुंगा साबित हुने उनले उनको भनाइ छ । अर्थतन्त्रमा साना तथा मझौला व्यवसायीहरूको ठुलो योगदान रहेको बताउँदै उनले भने, ‘नबिलले उद्यमशीलता विकासका लागि नबिल स्कुल अफ सोसल इन्टरप्रेनोरशीप कार्यक्रम मार्फत् उद्यम विकासमा आवश्यक ज्ञान प्रदान गरिरहेको छ भने नबिल बैंकको यस्तो कर्जा योजनाले देशकै उत्पादकत्व बढाउन मद्दत पु¥याउनेछ भन्ने हाम्रो विश्वास छ ।’
यस्ता छन् विशेषता बैंकका अनुसार यो कर्जा विदेशमा सिकेको सिपलाई प्रयोग गर्दै नेपालमै केही गरौँ भन्ने सोच बनाइरहेका नेपालीहरूलाई केन्द्रित गरिएको हो । यो कार्यक्रम अन्तर्गत उद्योग तथा व्यावसायिक योजनाको प्रकृतिका आधारमा अधिकतम १० करोडसम्म कर्जा उपलब्ध गराउने छ ।
बैंकका अनुसार यस्तो कर्जा न्यून ब्याजमा अधिकतम १० वर्ष अवधिसम्मको लागि उपलब्ध गराइने छ । यो कर्जामा बैंकले आधार दरमा जम्मा १.५ प्रतिशत प्रिमियम थप गरी उपलब्ध गराउने उल्लेख गरिएको छ।
बैंकको एसएमई, एमएफ तथा सस्टेनेवल बैंकिङ प्रमुख अमित श्रेष्ठले यस नयाँ योजनाको विषयमा आफ्नो प्रस्तुति दिँदै आवश्यक कागजपत्र पूरा भएको तीनदेखि पाँच दिन भित्रमा कर्जा प्रवाह भइसक्ने जानकारी गराए । ‘वैदेशिक रोजगारबाट फर्कनु भएका तथा हाल वैदेशिक रोजगारमा रहेका नेपालीहरुको परिवारलाई वित्तीय पहूंच पु¥याउन हामी प्रतिबद्धता व्यक्त गर्न चाहन्छौँ, उनले भने । सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराइ उद्यमशीलता विकास गर्ने नबिल बैंक उद्देश्य रहेको र साना तथा मझौला उद्यमले स्थानीय अर्थव्यवस्थालाई सुदृढीकरण गर्नुका साथै समाजमा रोजगारी सिर्जना गर्ने उनले बताए ।
यसले रेमिट्यान्सलाई सही ठाउँमा उपयोग गर्नसमेत प्रोत्साहन पुग्ने विश्वास बैंकले राखेको छ । यो कर्जा योजनाले वैदेशिक रोजगारमा रहेका नेपालीका परिवार तथा आफन्तलाई समेत सक्रिय बनाउने अपेक्षा राखिएको छ ।
बिहीबार यो कार्यक्रममा उद्योग, वाणिज्य र आपूर्ति मन्त्रालयका सह सचिव विमलप्रसाद बराल, नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट, कार्यकारी निर्देशक गुरु पौडेल लगायत विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको पनि उपस्थिति रहेको थियो।
नबिल बैंक नेपालकै अग्रणी वाणिज्य बैंक हो। बैंकले २६६ वटा शाखा सञ्जाल, २२ वटा एक्सटेन्सन काउन्टर, ३१३ वटा एटिएम मेसिनबाट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकको नेपालभर १८ लाख भन्दा धेरै ग्राहकहरू रहेका छन् ।

Related

Previous Post

स्थानीय तहमा खटिने प्रमुख प्रशासकीय अधिकृतका लागि आचारसंहिता तयार

Next Post

कराते टोली क्यानाडा जाने

Sambridinews

Sambridinews

Related Posts

शाओमी पावर बैंकःसुपर फास्ट, सधैं चार्ज
TOP STORIES

शाओमी पावर बैंकःसुपर फास्ट, सधैं चार्ज

by Sambridinews
शुक्रबार, साउन ३, २०८२
कबड्डी विश्वकपका लागि नेपाली टोली भारत जाँदै
TOP STORIES

कबड्डी विश्वकपका लागि नेपाली टोली भारत जाँदै

by Sambridinews
शुक्रबार, साउन ३, २०८२
केल्मी नेपाललाई इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड
TOP STORIES

केल्मी नेपाललाई इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड

by Sambridinews
शुक्रबार, साउन ३, २०८२
सरकारले बन्द गर्न लागेको टेलिग्राम के हो ?
TOP STORIES

सरकारले बन्द गर्न लागेको टेलिग्राम के हो ?

by Sambridinews
शुक्रबार, साउन ३, २०८२
राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा देवकुमार ढकाल
FEATURED

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा देवकुमार ढकाल

by Sambridinews
शुक्रबार, साउन ३, २०८२
Next Post
कराते टोली क्यानाडा जाने

कराते टोली क्यानाडा जाने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

काँग्रेस नेता गिरीको स्मृतिमा काठमाडौंदेखि काशीसम्म लोकतन्त्र सेतु गाथा हुने

काँग्रेस नेता गिरीको स्मृतिमा काठमाडौंदेखि काशीसम्म लोकतन्त्र सेतु गाथा हुने

बिहिबार, साउन ३२, २०८०
उपत्यकाव्यापी कराते भोलि

उपत्यकाव्यापी कराते भोलि

बुधबार, अशोज १६, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

शाओमी पावर बैंकःसुपर फास्ट, सधैं चार्ज
TOP STORIES

शाओमी पावर बैंकःसुपर फास्ट, सधैं चार्ज

शुक्रबार, साउन ३, २०८२
कबड्डी विश्वकपका लागि नेपाली टोली भारत जाँदै
TOP STORIES

कबड्डी विश्वकपका लागि नेपाली टोली भारत जाँदै

शुक्रबार, साउन ३, २०८२
केल्मी नेपाललाई इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड
TOP STORIES

केल्मी नेपाललाई इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड

शुक्रबार, साउन ३, २०८२
सरकारले बन्द गर्न लागेको टेलिग्राम के हो ?
TOP STORIES

सरकारले बन्द गर्न लागेको टेलिग्राम के हो ?

शुक्रबार, साउन ३, २०८२
राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा देवकुमार ढकाल
FEATURED

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा देवकुमार ढकाल

शुक्रबार, साउन ३, २०८२
राजस्व सङ्कलन गत बर्षभन्दा १ खर्ब २० अर्बले वृद्धि
FEATURED

राजस्व सङ्कलन गत बर्षभन्दा १ खर्ब २० अर्बले वृद्धि

शुक्रबार, साउन ३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.