काठमाडौं, साउन १९, सरकारले आज निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ । सत्ता गठबन्धनका शीर्ष नेताबीच भएको सहमतिअनुसार आज दिउँसो १ बजे बस्ने मन्त्रीपरिषद् बैठकबाट सम्भवतःचुनावको मिति घोषणा हुनेछ ।
यसअघि बुधबार बसेको गठबन्धनको बैठकले चुनावको मिति घोषणाका लागि सरकारलाई सुझाव दिने निर्णय गरेको थियो । बुधबार बसेको सत्ता गठबन्धनको बैठकले मंसिर ४ गते निर्वाचन गर्ने सहमति गरेको थियो ।