काठमाडौँ- देशभरका विभिन्न स्थानबाट १ सय ९४ सुरक्षाकर्मी फिर्ता भएका छन्।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले ४८ घन्टामा विभिन्न व्यक्तिका सुरक्षार्थ खटिएका ९१ सशस्त्र प्रहरी र नेपाल प्रहरीका १०३ जना सुरक्षाकर्मी फिर्ता भएको जानकारी दिएका छन्।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नियमविपरीत राखिएका सुरक्षाकर्मी र सहयोगी फिर्ता गर्न निर्देशन दिएका थिए।
केन्द्रबाट १ सय ९४ सुरक्षाकर्मी फिर्ता भएको तथा जिल्लाबाट फिर्ता हुने क्रम जारी रहेको पोखरेलले जानकारी दिए।