काठमाडौँ, १० साउन , नेपाली काँग्रेस केन्द्रिय समिति बैठक बस्दैछ। सानेपा,ललितपुरस्थित केन्द्रिय कार्यालयमा उक्त बैठक बस्नेछ। बैठक दिउँसो ४ बजे बोलाइएको छ।
गत साउन २ गतेदेखी जारी बैठकमा केन्द्रिय सदस्यहरुले धारणा राखिसके पछि गत सोमबारदेखी भने पार्टी पदाधिकारीले आफ्नो धारणा राखेका थिए। जसअनुसार उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ,महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा,केन्द्रीय सदस्यहरु कृष्णप्रसाद सिटौला,सीता गुरुङ र राजीव कोइरालाले आ(आफ्नो धारणा राखेका थिए।
आजको बैठकमा केन्द्रिय सदस्यहरुले राखेका धारणा तथा छलफलका बिषयलाई निष्कर्ष दिने तथा सभापति शेरबहादुर देउवाले जवाफ दिने कार्यक्रम रहेको जनाइएको छ।