काठमाडौं । मंसिर २७ , हिमालयन रि-इन्स्योरेन्स कम्पनीले प्रिमियममा आईपीओ जारी गर्न पाउने भएको छ । उच्च अदालत पाटनद्वारा कम्पनीले प्रिमियम रकममा आईपीओ जारी गर्ने विषय विरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
योसँगै कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ जारी गर्न बाटो खुलेको छ । न्यायाधीशद्वय जनक पाण्डे र पुरुषोत्तम प्रसाद ढकालको संयुक्त इजलासले यस मुद्दामा अन्तरिम आदेश दिन अस्विकार गरेको हो।
यसअघि मंसिर २२ गते हरिबहादुर केसीले हिमालयन रि-इन्स्योरेन्सलाई प्रिमियम मूल्यमा आईपीओ जारी गर्न रोक्नुपर्ने भन्दै उच्च अदालतमा रिट दर्ता गरेका थिए । रिटमा नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड र हिमालय रि(इन्स्योरेन्सलाई विपक्षी बनाइएको थियो ।
कम्पनीले बुधबारदेखि अंकित मूल्य १०० रूपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गर्दै प्रतिकित्ता २०६ रुपैयाँका दरले आईपीओ जारी गर्न लागेको छ ।