Sunday, June 8, 2025
Date
शनि, जेष्ठ २५, २०८२
Sat, June 7, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

मृगौला प्रत्यारोपणका लागि नेपाल मेडिसिटी

Sambridinews by Sambridinews
मङ्लबार, फाल्गुन २९, २०८०
in FEATURED, TOP STORIES, समाचार, स्वास्थ्य
0
मृगौला प्रत्यारोपणका लागि नेपाल मेडिसिटी
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

२९ फागुन, काठमाडौं । पछिल्लो समय नेपालमा मृगौला रोगको समस्या जटिल बन्दै गइरहेको छ । नेपालमा कूल जनसंख्याको १० प्रतिशत अर्थात करीब ३० लाख मानिसमा कुनै न कुनै रुपमा मृगौलाको समस्या रहेको विभिन्न अध्ययन अनुसन्धानहरुले देखाएको छ । यीमध्ये तीन लाख मानिसको मृगौलाका दीर्घरोग रहेको छ । हरेक वर्ष नेपालमा मृगौलाका ३ हजार नयाँ बिरामीहरु डायलासिसका लागि थपिने गरेका छन् ।

दुबै मृगौला खराब भइसकेपछि गरिने डायलासिस पनि जिन्दगीभर गनुपर्ने हुन्छ र यसको उपयुक्त उपचार भनेकै मृगौला प्रत्यारोपणलाई मानिन्छ । तर प्रत्यारोपण गर्न बिरामीको घर जमिन बिक्री त हुन्छ नै तर समयमै प्रत्यारोपण गर्न अस्पतालमा लामो समय कुर्नुपर्ने अवस्था रहन्छ ।

You might also like

आगलागीको निरीक्षण गर्न गृहजिल्ला बाजुरा पुगे मन्त्री पाण्डे

भक्तपुरमा पनि मेलम्चिको पानी

पत्रकारकाे आवरणमा अनुचित लाभ लिने रामेछापका भट्ट विरूद्ध अख्तियारकाे मुद्धा

यही समस्यालाई मध्यनजर गर्दै नेपाल मेडिसिटी अस्पतालमा २०७९ माघबाट मृगौला प्रत्यारोपण सेवा सुरु गरिएको छ । हालसम्म अस्पतालमा २३ जना बिरामीको मृगौला प्रत्यारोपण गरिसकेको छ । अस्पतालमा १७ वर्षको युवा देखि ६५ वर्षका बृद्धको सफल रुपमा प्रत्यारोपण गरिएको छ ।
बुटवल, पोखरा, काठमाडौं, रामेछाप, इलाम, दाङ, अर्घाखाँची, हेटौडा जस्ता ठाउँहरुबाट प्रत्यारोपणका लागि अस्पतालमा आउने गरेका छन् ।

प्रत्यारोपण भइसकेका बिरामीहरुमा आफ्नै आमाले छोरालाई, श्रीमान्ले श्रीमतीलाई र श्रीमतीले श्रीमान्लाई, भिनाजुले सालीलाई, सासूले ज्वाईंलाई र सानोबुबाले छोरीलाई मृगौला दिएका छन् । मृगौला दान गर्नेहरुमा १८ वर्षको दाता देखि ६५ वर्ष सम्मका दाताहरु रहेका छन् ।
त्यस्तै, मृगौला दान गर्नेमा महिला बढि रहेका छन् । दान गर्नेमा १६ जना महिला र ७ जना पुरुष रहेका छन् भने मृगौला ग्रहण गर्नेमा १६ जना पुरुष र ७ जना महिला रहेका छन् ।
अस्पतालमा प्रत्यारोपण गर्न आएका अधिकाशं बिरामीहरुको मृगौला बिग्रनुको प्रमुख कारण उच्च रक्तचाप र मधुमेह रहेको नेफ्रोलोजी तथा मृगौला प्रत्यारोपण विभागका प्रमुख डा. प्रकाश पौडेलले बताए ।

“२३ जनामा अधिकाशं उच्च रक्तचाप र मधुमेहकै कारण मृगौला बिग्रेर उपचारका लागि आएका थिए । अर्को कारण भनेको ग्लोमेरुलो नेफ्राइटीस्, शरीरमा प्रोटिनको मात्रा बढि भएर लिकेज हुन थालेपछि मृगौला बिग्रेर जान्छ,” डा पौडेलले भने । यति मात्र नभई प्रत्यारोपणका लागि विदेशबाट काम गरेर फर्केका व्यक्तिहरुको संख्या पनि बढेको छ ।

विशेषगरी खाडी मुलुकमा काम गर्न गएका व्यक्तिहरुमा यो समस्या देखिएको छ । ५ जना मृगौला प्रत्यारोपण भएका व्यक्तिहरु कतार, दुवईबाट फर्केर उपचारका लागि आएका छन् ।
निकै गर्मीमा काम गर्ने तथा पानीको कमीका कारण खाडी मुलुकमा काम गर्न गएका व्यक्तिहरुमा मृगौलाको समस्या बढि देखिएको डा पौडेलले बताए ।
प्रत्यारोपण गर्न सरकारले पाँच लाखसम्मको उपचार खर्च प्रदान गर्ने गरेको छ । विभिन्न उपचार खर्च जोड्दा बिरामीकोे कूल खर्च ७ देखि ८ लाख पर्दछ । तर निकै लामो समयसम्म कुर्नुपर्ने अवस्था रहिआएको छ ।

नेपाल मडिसिटी अस्पतालमा प्रत्यारोपण देखि सम्पूर्ण उपचार खर्च १५ लाखसम्ममा हुने मृगौला रोग विशेषज्ञ डा. ऋषि काफ्लेले बताए ।
“यहाँ ल्याप्रोस्कोपी विधिबाट उपचार गरिन्छ, जसका कारण मृगौला दाता तथा ग्रहणकर्तालाई दुखाई पनि कम हुन्छ भने बिरामी चाँडै निको भएर घर जान पाउँछन्,” डा. काफ्लेले भने । मृगौला दाता ३ देखि ४ दिनमा र ग्रहणकर्ता ६ देखि ७ दिनमा डिस्चार्ज हुने गरेका छन् ।

मृगौला प्रत्यारोपण गर्नु अगाडी धेरै थरीका टेस्ट गर्नुपर्ने हुन्छ । एउटै परिवारमा पनि मृगौला दिन नमिल्ने हुन सक्छ । त्यसैले अस्पतालमा पिएर किड्नी एक्सचेन्जको पनि सुविधा रहेको छ । हालसम्म १५० भन्दा बढि बिरामीहरु प्रत्यारोपणका लागि अस्पताल आएका मध्ये मात्र २३ जनाको सफल प्रत्यारोपण गरिएको हो भने ९ जना प्रत्यारोपणका लागि कुरिरहेका छन् ।

उपचारका लागि अस्पतालमा भास्कुलर सर्जन, युरोलोजी, नेफ्रोलोजी , एनेस्थेसिया, ट्रान्सप्लान्स सर्जनको समूह मिलेर काउन्सिलिङ देखि अप्रेसन गर्ने गरिएको छ ।
विश्व मृगौला दिवसको अवसरमा मृगौला रोगको निदान तथा उपचारमा सम्पूर्ण नागरिकको सम्मान पहुँच रहेकोमा यस अस्पतालबाट पनि सकेसम्म धैरै भन्दा धेरै मृगौला रोगीहरुको पहिचान गर्न सर्वसुलभ तथा साधारण नागरिकको पनि पहुँचमा पुग्नेगरी उपचार विधिहरु अपनाइएको छ ।

Related

Previous Post

सेयर बजारमा एकाएक उछाल , लगानीकर्ताको मनोवल उच्च

Next Post

साफका एतिहासिक स्वर्ण विजेता खेलाडी सम्मानित

Sambridinews

Sambridinews

Related Posts

आगलागीको निरीक्षण गर्न  गृहजिल्ला बाजुरा पुगे मन्त्री पाण्डे
FEATURED

आगलागीको निरीक्षण गर्न गृहजिल्ला बाजुरा पुगे मन्त्री पाण्डे

by Sambridinews
शनिबार, जेष्ठ २५, २०८२
जेठ ३१ गतेदेखि मेलम्चीको पानी बन्द हुने
TOP STORIES

भक्तपुरमा पनि मेलम्चिको पानी

by Sambridinews
शनिबार, जेष्ठ २५, २०८२
न्यायिक स्वतन्त्रताप्रति प्रतिवद्ध छाै : अख्तियार
TOP STORIES

पत्रकारकाे आवरणमा अनुचित लाभ लिने रामेछापका भट्ट विरूद्ध अख्तियारकाे मुद्धा

by Sambridinews
शुक्रबार, जेष्ठ २४, २०८२
राइड सेयरिङको दुनियामा याङ्गोको प्रवेश
FEATURED

राइड सेयरिङको दुनियामा याङ्गोको प्रवेश

by Sambridinews
शुक्रबार, जेष्ठ २४, २०८२
न्यायिक स्वतन्त्रताप्रति प्रतिवद्ध छाै : अख्तियार
TOP STORIES

तत्कालीन सचिव डा. नम्रता सिंह भ्रष्टाचार मुद्दामा दोषी ठहर

by Sambridinews
बिहिबार, जेष्ठ २३, २०८२
Next Post
साफका एतिहासिक स्वर्ण विजेता खेलाडी सम्मानित

साफका एतिहासिक स्वर्ण विजेता खेलाडी सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

त्रिविमा प्रश्नपत्र परिक्षा अगावै बाहिरिएको भन्दै अख्तियारमा उजुरी

त्रिवि सेवा आयोगले विभिन्न पदमा कर्मचारी माग

शनिबार, फाल्गुन १०, २०८१
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन

मनाङ एयरको हेलिकप्टर दुर्घटना, पाइलट घाइते

शनिबार, अशोज २७, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आगलागीको निरीक्षण गर्न  गृहजिल्ला बाजुरा पुगे मन्त्री पाण्डे
FEATURED

आगलागीको निरीक्षण गर्न गृहजिल्ला बाजुरा पुगे मन्त्री पाण्डे

शनिबार, जेष्ठ २५, २०८२
विकास बजेट सधै बाडिचुडी लुड्याउने
विचार

विकास बजेट सधै बाडिचुडी लुड्याउने

शनिबार, जेष्ठ २५, २०८२
निजी विद्यालयलाई छात्रवृत्ति उपलब्ध गराउन महानगरको आग्रह
स्थानीय तह

सूर्यविनायक नगरपालिकाले विद्यालयलाई छात्रवृत्ति वितरण गर्न आग्रह

शनिबार, जेष्ठ २५, २०८२
जेठ ३१ गतेदेखि मेलम्चीको पानी बन्द हुने
TOP STORIES

भक्तपुरमा पनि मेलम्चिको पानी

शनिबार, जेष्ठ २५, २०८२
न्यायिक स्वतन्त्रताप्रति प्रतिवद्ध छाै : अख्तियार
TOP STORIES

पत्रकारकाे आवरणमा अनुचित लाभ लिने रामेछापका भट्ट विरूद्ध अख्तियारकाे मुद्धा

शुक्रबार, जेष्ठ २४, २०८२
राइड सेयरिङको दुनियामा याङ्गोको प्रवेश
FEATURED

राइड सेयरिङको दुनियामा याङ्गोको प्रवेश

शुक्रबार, जेष्ठ २४, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.