Sunday, July 27, 2025
Date
आइत, साउन १२, २०८२
Sun, July 27, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home अर्थ

२२ अर्बमा बनेको सिस्नेखाेला –नागढुंगा सुरुङमार्गकाे यथार्थ

Sambridinews by Sambridinews
मङ्लबार, बैशाख ४, २०८१
in अर्थ
0
२२ अर्बमा बनेको सिस्नेखाेला –नागढुंगा सुरुङमार्गकाे यथार्थ
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

बैशाख ४, काठमाडौं । सिस्नेखोला–नागढुंगा सुरुङमार्ग बैशाख ३ गते छिचोलिएको छ । २०७६ कात्तिकबाट निर्माण थालिएको सुरुङमार्गको लम्बाइ २ हजार ६ सय ८८ मिटर छ । ‘ब्रेक थ्रु’ का लागि दुई मिटर बाँकी राखिएको थियो । सोमबार प्रधानमन्त्री दाहालले स्विच थिचेर सुरुङ ‘ब्रेक थ्रु’ गरे ।

नागढुंगा–सिस्नेखोला सुरुङको कुल लम्बाइ २ हजार ६ सय ८८ मिटर छ । यो आयोजनाको रेस्क्यु टनेलको भने एक वर्ष अगाडि नै ब्रेक थ्रु भएको हो । यहाँ २ हजार ५ सय ५७ मिटर लामो रेस्क्यू टनेल छ ।

You might also like

बुद्ध एयरले काठमाण्डौ र कलकत्ताबीचको सीधा उडान सेवा ५ वर्षपछि पुनः सुरु गर्ने

पार्वती कार्कीले जितिन् एनसेलको ‘सधैं अन करोडपति’ योजनाको एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार

जनकपुर क्षेत्र विकास परिषद्को समस्याको समाधानबारे छलफल

यो आयोजना अध्ययन सन् २०१४ मा भएको थियो । २०१६ मा स्रोत सुनिश्चित भएपछि २०१७ मा डिजाइनको काम सुरु भएको थियो । जापानी ठेकेदार कम्पनी हाजमा–आन्दो जेभीले यस आयोजनामा काम गरिरहेको छ । यो कम्पनी बीपी राजमार्ग निर्माणमा सफल कम्पनी रहेको मानिन्छ ।

यो सुरुङमा मोटरसाइकल र अतिप्रज्वलनशील पदार्थ बोक्ने सवारीसाधनका लागि प्रवेश अनुमति पाउने छैनन् । अन्य सवारीसाधन भने धादिङ नौबिसेबाट सुरुङमार्ग हुँदै काठमाडौं प्रवेश गर्न सक्नेछन् । सडक सुरक्षाका दृष्टिले यी सवारीसाधन यहाँ निषेध हुने भएका छन् ।

२०७३ सालमा जापानका परराष्ट्रमन्त्री नोबुओ किशोको नेपाल भ्रमणका बेला सुरुङमार्गका लागि नेपाललाई सहुलियतपूर्ण ऋण दिने घोषणा जापानले गरेको थियो । त्यो भ्रमण नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औं वर्षगाँठका अवसरमा भएको हो ।

१६ डिसेम्बर २०१६ मा अर्थ मन्त्रालयमा नेपाल र जापानका अधिकारीबीच ऋण सम्झौतामा हस्ताक्षर भएको थियो । सम्झौता अनुसार १६ अर्ब ३६ करोड ६० लाख येन जापानले नेपाललाई उपलब्ध गराउने र बाँकी लागत नेपालले बेहोर्ने सहमति भएको थियो । सुरुङमार्ग र पहुँचमार्ग समेत गर्दा यो आयोजनाको कुल लागत २२ अर्ब रुपैयाँ आसपास रहेको बताइन्छ । जापानी निर्माण कम्पनी हाजमा आन्दो कर्पोरेसनसँग २३ सेप्टेम्बर २०१९ मा खरिद सम्झौता भएको थियो ।

नेपालमा सुरुङमार्ग निर्माण

मकवानपुर जिल्लामा चुरियामाई सुरुङमार्ग निर्माण सन् १९१७ मा चन्द्र शमशेरले बनाएका हुन् । यो सुरुङ मार्ग वारपार गर्न मिल्ने नेपालको पहिलो सुरुङमार्ग हो ।
माथिल्लो मर्स्याङ्दी जलविद्युत् आयोजनाले आफ्नो प्रयोजनका लागि लमजुङमा बनाएको ३ सय ४० मिटर लामो सुरुङमा यातायात चल्छन् । तर, यो व्यावसायिक सडक प्रयोजनमा बनेको होइन ।

माथिल्लो तामाकोसी आयोजनाले बनाएको ३ सय ३७ मिटर लामो सुरुङमा पनि यातायात चल्छन् । तर, राजमार्गमा पर्दैन । संख्यात्मक हिसाबले नागढुंगा टनेल नेपालको चौथो तर लामो सुरुङमार्ग हो । नेपालमा सुरुङको विकास जलविद्युत् आयोजनाहरुमा व्यापक भएको छ ।

Related

Previous Post

ग्लोबल आइएमई बैंक र आइएमई ट्राभल्सबिच सहकार्य ; ६ हजारमा विदेश भ्रमण सुविधा

Next Post

गीतकार प्रकट पगेनीको निधन

Sambridinews

Sambridinews

Related Posts

बुद्ध एयरले काठमाण्डौ र कलकत्ताबीचको सीधा उडान सेवा ५ वर्षपछि पुनः सुरु गर्ने
FEATURED

बुद्ध एयरले काठमाण्डौ र कलकत्ताबीचको सीधा उडान सेवा ५ वर्षपछि पुनः सुरु गर्ने

by Sambridinews
आइतवार, साउन १२, २०८२
पार्वती कार्कीले जितिन् एनसेलको ‘सधैं अन करोडपति’ योजनाको एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार
FEATURED

पार्वती कार्कीले जितिन् एनसेलको ‘सधैं अन करोडपति’ योजनाको एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार

by Sambridinews
शुक्रबार, साउन १०, २०८२
जनकपुर क्षेत्र विकास परिषद्को समस्याको समाधानबारे छलफल
TOP STORIES

जनकपुर क्षेत्र विकास परिषद्को समस्याको समाधानबारे छलफल

by Sambridinews
शुक्रबार, साउन १०, २०८२
पर्यटन पूर्वाधारमा लगानी गर्न निजी क्षेत्रलाई रातो कार्पेट राखेर स्वागत गर्नुपर्छ : मन्त्री पाण्डे
FEATURED

पर्यटन पूर्वाधारमा लगानी गर्न निजी क्षेत्रलाई रातो कार्पेट राखेर स्वागत गर्नुपर्छ : मन्त्री पाण्डे

by Sambridinews
शुक्रबार, साउन १०, २०८२
NAIMA अटोशो२०२५मा YADEA कोगेमचेन्जिङ्ग VELAX सिरिजसार्वजनिकहुँदै —नेपालीइलेक्ट्रिकस्कुटरबजारमानयाँयुगसुरु
TOP STORIES

NAIMA अटोशो२०२५मा YADEA कोगेमचेन्जिङ्ग VELAX सिरिजसार्वजनिकहुँदै —नेपालीइलेक्ट्रिकस्कुटरबजारमानयाँयुगसुरु

by Sambridinews
बिहिबार, साउन ९, २०८२
Next Post
गीतकार प्रकट पगेनीको निधन

गीतकार प्रकट पगेनीको निधन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

नेपाली सेनाको तल्लो तहका विभिन्न पदमा भर्ना खुल्यो

नेपाली सेनाको तल्लो तहका विभिन्न पदमा भर्ना खुल्यो

शुक्रबार, फाल्गुन १९, २०७९
फलाम खानी उत्खननका लागि पुन अध्ययन गरिँदै

फलाम खानी उत्खननका लागि पुन अध्ययन गरिँदै

सोमवार, मंसिर २५, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बुद्ध एयरले काठमाण्डौ र कलकत्ताबीचको सीधा उडान सेवा ५ वर्षपछि पुनः सुरु गर्ने
FEATURED

बुद्ध एयरले काठमाण्डौ र कलकत्ताबीचको सीधा उडान सेवा ५ वर्षपछि पुनः सुरु गर्ने

आइतवार, साउन १२, २०८२
इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता
FEATURED

इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता

शनिबार, साउन ११, २०८२
एसियाली पारा तेक्वान्दो टोलीको बिदाइ
TOP STORIES

एसियाली पारा तेक्वान्दो टोलीको बिदाइ

शनिबार, साउन ११, २०८२
कोशी प्रदेशमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा
FEATURED

कोशी प्रदेशमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा

शनिबार, साउन ११, २०८२
ति पुष्पलाल, यी ओली प्रचण्ड
TOP STORIES

ति पुष्पलाल, यी ओली प्रचण्ड

शनिबार, साउन ११, २०८२
न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य
TOP STORIES

न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य

शुक्रबार, साउन १०, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.