Friday, July 18, 2025
Date
शुक्र, साउन ३, २०८२
Fri, July 18, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

१४ बर्ष पछि आज स्ववियु निर्वाचन

Sambridinews by Sambridinews
आइतवार, चैत्र ५, २०७९
in FEATURED, राजनीति, शिक्षा, समाचार
0
१४ बर्ष पछि आज स्ववियु निर्वाचन
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

झण्डै १४ वर्षपछि आज त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । निर्वाचनका लागि मतदानको समय बिहान ८ देखि दिउँसो ४ बजेसम्म निर्धारण गरिएको छ ।

पटक पटक घोषणा भए पनि यसअघि स्ववियु निर्वाचन हुन सकेको थिएन । आज हुने स्ववियु निर्वाचनबाट राजनीतिक दलदेखि विद्यार्थी सङ्गठनसम्म उत्साही भएका छन् ।उम्मेदवारी दर्तादेखि नै उत्साहपूर्ण रुपमा लागेका विद्यार्थी सङ्गठन निर्वाचनका लागि झनै उत्साही भएका छन् । उनीहरू अहिले आफ्नो पक्षमा माहोल बनाउन लागिपरेका छन् ।

You might also like

शाओमी पावर बैंकःसुपर फास्ट, सधैं चार्ज

कबड्डी विश्वकपका लागि नेपाली टोली भारत जाँदै

केल्मी नेपाललाई इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड

देशभरिका त्रिविका ६२ आङ्गिक क्याम्पस र एक हजार ४० क्याम्पसमा एकैदिन हुने निर्वाचनले मुलुक स्ववियु निर्वाचनमय भएको छ । विश्वविद्यालयमा अध्ययरत विद्यार्थी र तिनले आन्दोलनमार्फत गरेका सहमति कार्यान्वयन गर्न, क्याम्पस तथा विश्वविद्यालयको नीति निर्माण र कार्यान्वयनमा विद्यार्थी प्रतिनिधित्व सुनिश्चित गर्न, क्याम्पसमा शैक्षिक वातावरण कायम गर्न र विद्यार्थीको चौतर्फी विकासका लागि स्ववियु निर्वाचन हुँदै आएको छ ।

स्ववियु निर्वाचन २०६५ सालदेखि यता नियमित हुन सकेको छैन । वि सं २०५४ मा भएको स्थानीय तहको निर्वाचन एकैपटक गणतन्त्र आइसकेपछि २०७४ सालमा भएको थियो । अहिले स्ववियु निर्वाचन पनि करिब १४ वर्षपछि हुन लागेको हो ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारी सरकार, राजनीतिक दल र विद्यार्थी सङ्गठनको सहयोगका कारणले अहिले निर्वाचन सम्भव भएको बताउँछन् । केही क्याम्पसमा विद्यार्थी सङ्गठनबीच सहमति हुन नसक्दा निर्वाचन प्रक्रिया अगाडि नबढेको उनको भनाइ छ। ती क्याम्पस यथाशीघ्र निर्वाचन प्रक्रिया थाल्न निर्देशन दिइसकेको समेत अधिकारीले बताए ।

अनेरास्ववियुका अध्यक्ष समिक बडालले प्रत्येक दुई \दुई वर्षमा हुने स्ववियु निर्वाचन नहुँदा विद्यार्थी आकर्षण घटेको बताए । उनले १४ वर्षपछि हुन थालेको स्ववियु निर्वाचनका कारण विद्यार्थी उत्साहित भएको बताए ।

अनेरास्ववियु क्रान्तिकारीका महासचिव दीपेश पुनले स्ववियु निर्वाचन नहुँदा विद्यार्थी आन्दोलन कमजोर भएको बताए । सबै विद्यार्थीको एक मात्र एजेन्डा यही भएकाले स्ववियु निर्वाचन सम्भव भएको उनको भनाइ छ । अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले स्ववियु निर्वाचनले विद्यार्थी आन्दोलनको उचाइ बढाउने बताए ।

नेपाल विद्यार्थी सङ्घका नेता दिनेश शाहीले विद्यार्थी सङ्गठन स्ववियु निर्वाचनका सन्दर्भमा एक भएकाले यो सम्भव भएको बताए । स्ववियु निर्वाचनमा अधिकांश क्याम्पसमा सत्तारूढ गठबन्धनका विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियुले तालमेल गरेका छन् ।

स्ववियु निर्वाचनमा उम्मेदवारका लागि उमेर हदबन्दी तोकिएको छ । वि सं २०५१ चैत २८ गतेपछि जन्मिएका विद्यार्थी मात्र उम्मेदवार हुन पाउने व्यवस्था गरिएको छ ।

पानीका बोतल, पेट्रोल, डिजेल, मादक पदार्थ, औषधिजन्य वस्तु, सिसाका बोतल, रङ्ग, मसी मतदानस्थलमा लैजान निषेध गरिएको छ । यस्तै, मोबाइल, क्यामेरा, झोला, लौरो, हेलमेट, चाबी, लाइटर, सलाई, नङकट, धारिलो हतियार, भाला, खुकुरी, चक्कु, छुरी जस्ता वस्तु मतदानस्थलमा लैजान प्रतिबन्ध गरिएको छ ।

Related

Previous Post

जनयुद्धका क्रममा सहादत प्राप्त गर्ने ८ हजार बढि शहिद घोषणा

Next Post

आन्तरिक विवादका कारण त्रिविका १३ वटा क्याम्पसमा आजकाे स्ववियू निर्वाचन स्थगित

Sambridinews

Sambridinews

Related Posts

शाओमी पावर बैंकःसुपर फास्ट, सधैं चार्ज
TOP STORIES

शाओमी पावर बैंकःसुपर फास्ट, सधैं चार्ज

by Sambridinews
शुक्रबार, साउन ३, २०८२
कबड्डी विश्वकपका लागि नेपाली टोली भारत जाँदै
TOP STORIES

कबड्डी विश्वकपका लागि नेपाली टोली भारत जाँदै

by Sambridinews
शुक्रबार, साउन ३, २०८२
केल्मी नेपाललाई इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड
TOP STORIES

केल्मी नेपाललाई इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड

by Sambridinews
शुक्रबार, साउन ३, २०८२
राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा देवकुमार ढकाल
FEATURED

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा देवकुमार ढकाल

by Sambridinews
शुक्रबार, साउन ३, २०८२
राजस्व सङ्कलन गत बर्षभन्दा १ खर्ब २० अर्बले वृद्धि
FEATURED

राजस्व सङ्कलन गत बर्षभन्दा १ खर्ब २० अर्बले वृद्धि

by Sambridinews
शुक्रबार, साउन ३, २०८२
Next Post
१४ बर्ष पछि स्ववियू चुनाव हुदै

आन्तरिक विवादका कारण त्रिविका १३ वटा क्याम्पसमा आजकाे स्ववियू निर्वाचन स्थगित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

इन्टरनेट सेवा जुनसुकै समयमा रोकिन सक्ने चेतावनी

इन्टरनेट सेवा जुनसुकै समयमा रोकिन सक्ने चेतावनी

सोमवार, पुस १८, २०७९
सरकारी निकायका वेबसाइटमा रहेका पुराना लिंक हटाउन निर्देशन

सरकार र लघुवित्तपीडित संघर्ष समितिबिच ६ बुँदे सहमति

शुक्रबार, चैत्र २, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

शाओमी पावर बैंकःसुपर फास्ट, सधैं चार्ज
TOP STORIES

शाओमी पावर बैंकःसुपर फास्ट, सधैं चार्ज

शुक्रबार, साउन ३, २०८२
कबड्डी विश्वकपका लागि नेपाली टोली भारत जाँदै
TOP STORIES

कबड्डी विश्वकपका लागि नेपाली टोली भारत जाँदै

शुक्रबार, साउन ३, २०८२
केल्मी नेपाललाई इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड
TOP STORIES

केल्मी नेपाललाई इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड

शुक्रबार, साउन ३, २०८२
सरकारले बन्द गर्न लागेको टेलिग्राम के हो ?
TOP STORIES

सरकारले बन्द गर्न लागेको टेलिग्राम के हो ?

शुक्रबार, साउन ३, २०८२
राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा देवकुमार ढकाल
FEATURED

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा देवकुमार ढकाल

शुक्रबार, साउन ३, २०८२
राजस्व सङ्कलन गत बर्षभन्दा १ खर्ब २० अर्बले वृद्धि
FEATURED

राजस्व सङ्कलन गत बर्षभन्दा १ खर्ब २० अर्बले वृद्धि

शुक्रबार, साउन ३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.