सिन्धुली । सोमबार सिन्धुलीगढी युद्ध संग्रहालय बन्द रहने भएको छ । आन्तरिक व्यवस्थापनका लागि युद्ध संग्रहालय बन्द रहने कमलामाइ नगरपालिकाले जनाएको छ ।
आइतबार एक सूचना जारी गर्दै कार्यालयले माघ १४ गते सोमबार एक दिनका लागि बिहान आठ बजेदेखी दिउसो दुईबजेसम्म संग्रहालय बन्द रहने जनाएको छ ।
ऐतिहासिक सिन्धुलीगढी पुनर्निर्माण र युद्ध संग्रहालय निर्माण पछि आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यका रुपमा विकास हुँदै गएको छ ।
सिन्धुलीगढी रानीदरबार पुनर्निर्माणपछि सञ्चालको जिम्मेवारी नतोकिदा रानी दरबार भने त्यसै रहेको छ ।