Thursday, May 22, 2025
Date
बिहि, जेष्ठ ९, २०८२
Thu, May 22, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समितिले राहुल महरालाई बयानका लागि बोलायाे

Sambridinews by Sambridinews
मङ्लबार, मंसिर १९, २०८०
in FEATURED, TOP STORIES
0
माओबादी नेता कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । सुन तस्करी प्रकरणको छानबिनका लागि सरकारले गठन गरेको उच्चस्तरीय समितिले पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुललाई बयानका लागि बोलाएको छ ।

विद्युतीय चुरोट (भेप) मा लुकाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा मुछिएका राहुल महरा अहिले पुर्पक्षका लागि थुनामा छन् ।

You might also like

द्वन्द्वपीडितलाई विश्वासमा लिएर कार्य गर्न आयोगको आग्रह

रोल्पाको विद्यालय भित्र बेवारिस अवस्थामा २ वटा सकेट बम फेला

जुडो टोली बंगलादेश प्रस्थान

उनलाई बयानका लागि मंगलबार उपस्थित गराइदिन भन्दै छानबिन समितिले केन्द्रीय कारागार, सुन्धारालाई पत्राचार गरेको छ ।

कारागार स्रोतका अनुसार, उनलाई केहीबेरमा सिंहदरबारस्थित उच्चस्तरीय छानबिन समितिको कार्यालयमा उपस्थित गराइँदैछ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले १३ भदौमा उनलाई पक्राउ गरेको थियो ।

भेप प्रकरणमा ब्यूरोले २७ असार २०८० मा जिल्ला अदालतमा आपराधिक विश्वासघात र संगठित अपराधको कसूरमा मुद्दा दर्ता गराएको थियो । त्यतिन्जेलसम्म यसमा महराको नाम मुछिएको थिएन ।

तर, अदालतमा दायर अभियोग पत्रमा पूर्वसभामुख महरा र उनका पुत्र राहुलको नाम समावेश भएको विवरण सार्वजनिक भएपछि अनुसन्धानका लागि सरकार समक्ष दबाब बढेको थियो । यसअघि छानबिनका लागि पर्याप्त आधार नभएको भन्दै सीआईबीले महरा बाबु–छोरालाई छानबिनको दायरामा ल्याएको थिएन ।

दोस्रो पटक भएको अनुसन्धानपछि महरा पुत्र राहुलले सुनसहितको भेप छुटाउन विमानस्थल भन्सार कार्यालय पुगेर अधिकारीहरुलाई पटक–पटक दबाब दिएको खुलेको थियो । २६ असोजमा उनलाई जिल्ला अदालत, काठमाडौंका न्यायाधीश डण्डपाणि शर्माको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

राहुल र तस्करी समूहमा संलग्न चिनियाँ नागरिकहरुको फोन सम्पर्कको विश्लेषण (कल डिटेल रेकर्ड),  भन्सार कर्मचारीहरुको बयान लगायतलाई आधार मान्दै अदालतले राहुललाई तत्काल निर्दोष भन्न नमिल्ने देखिएको भन्दै थुनामा पठाउने आदेश गरेको थियो ।

उच्चस्तरीय समिति स्रोतका अनुसार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर बरामद ६० किलो सुन प्रकरणका नेपाली आरोपीहरुको बयान समेत यसअघि भइसकेको छ । चिनियाँ नागरिकहरुको भने बयान बाँकी छ ।

सरकारले १४ असोजमा सुन प्रकरणको छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको थियो । समितिले ६० किलो सुन प्रकरण,  भेपमार्फत भएको तस्करीसहित अरु सुन तस्करी प्रकरणबारे समेत छानबिन गरिरहेको समितिका एक सदस्यले बताए ।

Related

Previous Post

प्रधानमन्त्री ‘प्रचण्ड’ले जाजरकोट भूकम्पबाट घर भत्किएका परिवारलाई अस्थायी आवास निर्माणका ५० हजार उपलब्ध गराइने घोषणा

Next Post

सदस्य–सचिव घिसिङ र चीनियाँ राजदूवासका प्रतिनिधिबीच भेटवार्ता

Sambridinews

Sambridinews

Related Posts

स्वत्रन्त्र प्रेस लोकतन्त्रको मेरुदण्ड हो : मानव अधिकार आयोग
TOP STORIES

द्वन्द्वपीडितलाई विश्वासमा लिएर कार्य गर्न आयोगको आग्रह

by Sambridinews
बिहिबार, जेष्ठ ९, २०८२
रोल्पाको विद्यालय भित्र बेवारिस अवस्थामा २ वटा सकेट बम फेला
TOP STORIES

रोल्पाको विद्यालय भित्र बेवारिस अवस्थामा २ वटा सकेट बम फेला

by Sambridinews
बिहिबार, जेष्ठ ९, २०८२
जुडो टोली बंगलादेश प्रस्थान
TOP STORIES

जुडो टोली बंगलादेश प्रस्थान

by Sambridinews
बिहिबार, जेष्ठ ९, २०८२
अन्तरविद्यालय फुटबल हुने
TOP STORIES

अन्तरविद्यालय फुटबल हुने

by Sambridinews
बिहिबार, जेष्ठ ९, २०८२
सिन्धुलीमा दुई सवारी आपसमा ठोकिदा केही यात्रु घाइते
TOP STORIES

सिन्धुलीमा दुई सवारी आपसमा ठोकिदा केही यात्रु घाइते

by Sambridinews
बिहिबार, जेष्ठ ९, २०८२
Next Post
सदस्य–सचिव घिसिङ र चीनियाँ राजदूवासका प्रतिनिधिबीच भेटवार्ता

सदस्य–सचिव घिसिङ र चीनियाँ राजदूवासका प्रतिनिधिबीच भेटवार्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा

नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा

बिहिबार, मंसिर २८, २०८०
सिन्धुपाल्चोक र चीन सीमाना नजिकै ५ दशमलव ९ म्याग्नेच्युटको भूकम्प

बागलुङमा २ घण्टबिचमा तीन भूकम्प

बुधबार, पुस १३, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

स्वत्रन्त्र प्रेस लोकतन्त्रको मेरुदण्ड हो : मानव अधिकार आयोग
TOP STORIES

द्वन्द्वपीडितलाई विश्वासमा लिएर कार्य गर्न आयोगको आग्रह

बिहिबार, जेष्ठ ९, २०८२
रोल्पाको विद्यालय भित्र बेवारिस अवस्थामा २ वटा सकेट बम फेला
TOP STORIES

रोल्पाको विद्यालय भित्र बेवारिस अवस्थामा २ वटा सकेट बम फेला

बिहिबार, जेष्ठ ९, २०८२
जुडो टोली बंगलादेश प्रस्थान
TOP STORIES

जुडो टोली बंगलादेश प्रस्थान

बिहिबार, जेष्ठ ९, २०८२
अन्तरविद्यालय फुटबल हुने
TOP STORIES

अन्तरविद्यालय फुटबल हुने

बिहिबार, जेष्ठ ९, २०८२
सिन्धुलीमा दुई सवारी आपसमा ठोकिदा केही यात्रु घाइते
TOP STORIES

सिन्धुलीमा दुई सवारी आपसमा ठोकिदा केही यात्रु घाइते

बिहिबार, जेष्ठ ९, २०८२
टोस्टमास्टर इन्टरनेसनल डिस्ट्रिक्ट ४१ को वार्षिक कन्फरेन्स् ORATION २०२५सम्पन्न
TOP STORIES

टोस्टमास्टर इन्टरनेसनल डिस्ट्रिक्ट ४१ को वार्षिक कन्फरेन्स् ORATION २०२५सम्पन्न

बुधबार, जेष्ठ ८, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.