सिन्धुली । सिन्धुली जिल्ला अस्पतालले विरामीका लागि शैया निशुल्क उपलब्ध गराउने भएको छ ।
स्वास्थ्य मन्त्रालयको साउन २२ गतेकाे निर्णय अनुसार क्याविन, एनआइसीयू र आइसीयू बाहेकका शैया विरामीका लागि निशुल्क उपलब्ध गराउने निर्णय गरेको हो ।
अस्पतालले सूचना प्रकाशन गरी २०८० भदौ १ गतेबाट उक्त सेवा दिने जनाएको छ ।