सिन्धुली । बागमती प्रदेश मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम अन्तरगत सिन्धुली जिल्ला अस्पतालले नसर्ने विभिन्न रोगको उपचारमा आर्थिक सहायता दिने व्यवस्था गरेको छ ।
अस्पतालले बुधबार सूचना प्रकाशन गरेर आज बुधबारबाट नसर्ने रोगहरु ह्दयघात, मधुमेह,मस्तिष्कघात,अब्सेट्रिक, फिस्टुला जस्ता रोगको उपचार, नियन्त्रण र पहिचानका क्रममा लाग्ने शुल्कमा सहायता र सहुलियत उपलब्ध गराउने जनाएको छ ।
साथै, अस्पतालले तीसबर्ष उमेर माथिका व्यक्तिको फोक्सो, मुटु, रगत तथा पिसाव, कलेजो, कोलेस्टोरल, मधुमेह र छातीको एक्सरे जस्ता परिक्षण निशुल्क गर्ने व्यवस्था मिलाएको जनाएको छ ।
