- खगेन्द्र फुयाल
सिन्धुलीगढी । सिन्धुलीस्थित कमलामाई नगरपालिका वडा नं २ मा रहेको विपि राजमार्गमा पर्ने सेल्फीडाँडा (साउनेपानी) लाई गढी डाँडा नामाकरण पछि स्थानीयले विरोध जनाएका छन ।
सेल्फिडाँडामा ऐतिहासिक सिन्धुलीगढी युद्ध झल्किने कला निर्माण पछि हस्तान्तरणका क्रममा निर्माणको जिम्मा लिएर नेपाली सेनाले उक्त स्थानको नाम बाझिनेगरी साउनेपानी हाल सेल्फिडाँडालाई गढी डाँडा नामाकरण गरेको छ ।
कमलामाई नगरपालिकाको आर्थिक सहयोगमा नेपाली सेनाको भवानी बक्स गणद्वारा निर्माण कलाकृति तथा लेखनमा उक्त स्थानलाई गढी डाँडा नामाकरण गरिदिएपछि स्थानीयहरु असन्तुष्ट भएका छन ।
प्रकृति संरक्षण अभियन्ता सौरभ ढकालले यस विषयमा आपत्ति जनाउदै भने “नाम सेनाले राख्ने हो र ? गत वर्ष किनलक मार्गको जस्तो । यो त इतिहास हेरेर स्थानीय नागरिकहरु करदाता संग छलफल गरेर राख्ने पर्ने । पालिकाको बल मिचाइ छ । शुरुदेखि सिलालेखमा नाम लेखाउन हतारो छ ।”
स्थानीय शिक्षक प्रेम आचार्य फेसकमा लेख्छन् “अब कुलोबाध हिरापानीभन्दा केही अगाडिलाई सिन्धुली गढी भनियोस, जसरी गढी दरवारलाई रानी दरवार भनियो । मन गढन्ते नाम
राखियोस, किनकि यो देशमा भगवान शिवजी त चाम्लिङ भैसके ,अरु के भो र? सुन्दरी हायु जो गीतको तुक्कामा सुन्दरी भन्न असजिलो भएका कारण सुन्तली मै भनी गीत गाउने
कलाकारको सालिक बन्दा गीतको भाव बोकेको जीवन जिउनेको सालिक बन्नु नपर्ने समाजमा खनियाखर्कलाई गढीडाँडा लेखे के भद्रकाली लेखर्कलाई नालापानी लेखे के? ”
यस्तै भिम विक्रम गोदार थापा लेख्छन् “इतिहासलाई तोडमोड हुने गरी नाम राख्न हतारिनु हुँदैन । स्थानीय बुद्धिजीवी समेतको रोहवरमा एतिहासिक सम्पदा झल्काउने नाम राखिनु पर्दछ अन्यथा कप्तान किनलक मार्ग नामाकरण गरेजस्तो होला ।
यसअघि पनि नेपाली सेनाले चियाबारीदेखि सिन्धुलीगढीसम्म निमार्ण गरेको पदमार्गलाई ‘किनलक मार्ग’ नामाकरण गर्द स्थानीयले विरोध गरेका थिए ।
हाल सेल्फिडाडामा ऐतिहासिक सिन्धुलगढी युद्ध झल्किने युद्धकला पनि उक्त स्थानलाई गढीडाँडा नामाकरण गर्द स्थानीयले विरोध गरेका हुन । स्थानको वास्तविक परिचय र ऐतिहासिक महत्व नबाझिनेगरी सार्वजनिक सुनुवाईमार्फत सार्वजनिम चासोका विषयमा निर्णय हुनुपर्ने स्थानीयको बिचार रहेको छ ।
नेपाली सेनाको भवानी बक्स गणले निर्माण गरेको युद्धसँग सम्बन्धित शालिक र सिन्धुलीगढीको ऐतिहासिक झल्कोदिने भित्ते लेखनको साउन ३ नगरका मेयर उपेन्द्र कुमार पोख्रेललको उपस्थितिमा अनावरण गरेको छ ।

